अस्ट्रेलियामा अर्को महिना कोरोना खोप

93

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना भाइरसको खोप अर्को महिनाको मध्यतिरबाट प्रयोगमा ल्याइने घोषणा गरेका छन्।

अस्ट्रेलियाले आवश्यक प्रकृया पुरा गरी जनवरी महिनाको १५ सम्ममा खोप कम्पनी फाइजरसँगको व्यवस्थापनपछि  मध्य फेब्रुअरीपछि खोपलाई अनुमति प्रदान गरिने मोरिसनले जानकारी दिए।

‘अरू सामान्य भ्याक्सिन अनुमति प्रक्रियाभन्दा यो छिटो र द्रूत प्रकृयामा अगाडि बढिरहेको छ र चाडैनै टुंगोमा पुग्ने छ’, प्रधानमन्त्री मोरिसनले पत्रकारसँग भने।

फाइजर कम्पनीको खोप माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भएर, त्यस सन्दर्भमा वितरणको क्रममा केही समस्या आउनसक्ने प्रधान मन्त्री मोरिसनले अनुमान गरेका छन्।

प्रधानमन्त्री मोरिसनले अर्को खोप एस्ट्राजेनेकालाई अनुमति दिने प्रक्रिया आउँदो फेब्रुअरीसम्ममा सकिने बताए। फाइजर कम्पनीको नियम अनुसार खोपका लागि स्वीकृति दिएपछि वितरण सुरू गर्न दुई हप्ता लाग्ने उनले जानकारी दिए।

भ्याक्सिन अस्ट्रेलिया ल्याएपछि त्यसको डोजहरूको ब्याच परीक्षण गर्न एक हप्ता जति लाग्ने उनको भनाइ छ।

फाइजर भ्याक्सिन एक पटक लगाएपछि त्यसको केही हप्तामा या एक महिना भित्र दोस्रो डोज लगाउनुपर्ने हुन्छ।

सबैभन्दा पहिले, तोकिएका अस्पतालमार्फत यी वर्गहरूलाई खोप दिइने छ।

  • -क्वारेन्टिन क्षेत्र र सीमा क्षेत्रका कर्मचारीहरू
  • -अग्र मोर्चामा कार्यरत स्वास्थ्य अधिकारीहरू
  • -वृद्ध हेरचाह केन्द्र तथा अशक्त केन्द्रका कर्मचारीहरू
  • -वृद्ध हेरचाह केन्द्रका निवासीहरू

एक हप्ताको अवधिमा ८० हजारलाई फाइजरको खोप दिइने योजना रहेको मोरिसनले बताए।  यहीँ प्रक्रियालाई ४ देखि ६ हप्ताको समयभर अघि सार्दै, मार्च महिनाको अन्त्य सम्म ४० लाखलाई भ्याक्सिन दिईसक्ने योजना रहेको पनि प्रधानमन्त्री मोरिसनले बताएका छन्।

Leave A Reply

Your email address will not be published.