ओली सरकारले वैशाखमा चुनाव गर्न चमत्कार हुनुपर्छ: सिटौला (भिडिओ)

51

नेपाली कांग्रेसमा २०७२ सालमा १३ औं महाधिवेशन हुँदा कृष्णप्रसाद सिटौला सभापति उठे।  पहिलो चरणको मतदानबाटै उनी बाहिरिए। दोस्रो चरणमा चुनावमा उनले शेरबहादुर देउवालाई साथ  दिए। रामचन्द्र पौडेललाई हराएर देउवा सभापति बने।

चुनावमा देउवालाई साथ दिए पनि सिटौलाले पार्टीभित्र भिन्न समूह भने अहिलेसम्म क्रियाशील राखेका छन्। कांग्रेसभित्र सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री सिटौला पक्ष देखिन्छ।

सिटौलासँग सेतोपाटीले समसामयिक राजनीतिक घटनाक्रम र कांग्रेसको १४ औं महाधिवेशनबारे केन्द्रीत रहेर गरेको अन्तर्वार्ता:

प्रधानमन्त्रीले प्रतिनिधि सभा भंग गरेपछि आन्दोलनमा जान सभापति देउवालाई तपाईंले मनाउनु भएको हो?

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको अवस्थामा म कोरोनासँगको लडाइँमा थिए। अस्पतालमा उपचार गराइरहेको थिएँ।

Leave A Reply

Your email address will not be published.