कोरोना खोप छिट्टै ल्याइन्छ: मन्त्री त्रिपाठी

56

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले कोरोना विरूद्धको खोप प्राप्तिका लागि सरकारले पहल गरिराखेको बताएका छन्।

रूस, भारत र युएईका राजदूतसँग खोप आपूर्ति लगायतबारे कुराकानी गरिएको उल्लेख गर्दै मन्त्री त्रिपाठीले छिट्टै खोप ल्याइने जानकारी दिए।

‘खोप अभियानका रूपमा सञ्चालन गर्ने तयारी छ। प्राप्तिदेखि लगाउनेसम्म अभियान सञ्चालन गर्ने हो,’ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘छिमेकी देशहरूमा खोप आइसक्यो हामीले कहिले पाउने भन्ने चिन्ता देखिएको छ। समाचारहरू पनि आएका छन्। हामी छिट्टै खोप ल्याउँछौं।’

Leave A Reply

Your email address will not be published.