गत वर्ष विश्वमा चीन मात्रै आर्थिक बृद्धि हुने मुलुक

220


अमेरिकी वाणिज्य मन्त्रालयकाले जनवरी २८ तारिख सार्वजनिक गरेको प्रक्षेपण अनुसार, सन् २०२० को चौथो त्रैमासिक अवधिमा अमेरिकाको वास्तविक कूल गार्हस्थ उत्पादनको बृद्धिदर ४ प्रतिशत भएतापनि सम्पूर्ण वर्षबाट हेर्दा आर्थिक खुम्चिएर दर माइनस् ३.५ प्रतिशत भएको छ। सन् २००८ मा अन्तर्राष्ट्रिय मौद्रिक संकटभएयता अमेरिकी अर्थतन्त्रमा यति ठूलो र्‍हास आएको पहिलो पटक हो र सन् १९४६ यता सबभन्दा नराम्रो अवस्था पनि सिर्जना भएको हो।

महामारीयता, विश्वको अर्थतन्त्र गम्भीर रूपमा प्रभावित भइरहेको छ। विश्वको सबभन्दा ठूलो आर्थिक एकाइ अमेरिका लगायतका धेरै मुलुकहरु दबावमा परिरहेका छन्। विश्वव्यापी आर्थिक मन्दी मुख्य अवस्था भएको हाराहारीमा चीनको अर्थतन्त्र फेरि बृद्धिमा फर्केको छ र गत वर्ष सकारात्मक आर्थिक वृद्धि हुने मुलुकमा विश्वमा एउटा मात्रै आर्थिक इकाइ भएको छ।

Leave A Reply

Your email address will not be published.