ड्यूटीमा खटिएको प्रहरीलाई हातपात गर्ने दुई जना पक्राउ

85

झापामा ड्यूटीमा खटिएको प्रहरीलाई हातपात गर्ने दुई जना पक्राउ परेका छन् । कचनकवल गाउँपालिका-६ बनियानी चोकमा ड्यूटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा २ जनालाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ वर्षीय रतन राजवंशी र ३३ वर्षीय डिल्ली राजवंशी रहेका छन् । मोटरसाइकलमा बिना हेलमेट सवार भइरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले हेलमेट लगाउनु भनी रोक्दा प्रहरीलाई गालीगलौज तथा हातपात समेत गरेपश्चात् उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Leave A Reply

Your email address will not be published.