१७ वर्षपछि हिउँदमा बग्यो लिच्छविकालीन राजकुलो

59

२६ पुस, काठमाडौं । ललितपुर महानगरपालिभित्रका ६७ वटा ढुंगेधारामध्ये अहिले मुस्किलले १५ वटा जतिमा पानी आउँछ । पानी आउने धारामा पनि मुस्किलले ६ महिनामात्रै पानी खस्छन् ।

अधिकांश पोखरी पनि सुकेका छन् । ढुंगेधारा र पोखरीहरु सुकेसँगै अतिक्रमणको चपेटामा परेका छन् । पानी सोस्ने खुला जमिनको अभावमा इनारहरू सुक्ने अवस्थामा पुगेका छन् । यसको समाधान के होला ?