The news is by your side.

गायक दिनेश गौतमको ‘जुनकिरी’ बजारमा हेर्नुहोस् भिडियो

65

- Advertisement -

गायक दिनेश गौतमको स्वरमा ‘जुनकिरी’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार दिनेश गौतमको अफिसियल युटुब च्यानलमा उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतमा राम कुमार इलानको शब्द र जोसेफ शाही ठकुरीको संगीत भरेका छन् । एस के बच्चनले गीतको एरेन्ज गरेका छ्न । गीतमा छोरा–बुहारी धन कमाउँन लागेपछि बृद्ध बुवाको मनमा आउँने भावलाई प्रस्तुत गरिएको छ । मनको बह मेटाउँन लिएको रक्सीको साहारा राम्रोसंग प्रष्ट्याइएको छ । भिडियोका निर्देशक प्रिन्स डेइनिल हुन् ।

- Advertisement -

सार्वजनिक भिडियोमा सुरेन्द्र केसी (मुलाको साग), सारदा गिरी, बिष्णु सापकोटा, राम चन्द्र अधिकारी, निशा खातुन, अमित ठाकुर र कृष्ण कान्त ठाकुरको अभिनय रहेको छ । कलाकारको अभिनय जिवन्त रहेको छ। गीतको अडियो र भिडियो दुबै बलियो रहेको छ ।रबिन्द्र बरालको छायांकन।

- Advertisement -

रहेको भिडियोलाई टेक बहादुर शाहीले सम्पादन गरेका हुन् । सार्वजनिक भिडियो ‘जुनकिरी’ लाई राम चन्द्र गौतमले निर्माण गरेका छ्न। भिडियोका निर्माता राम चन्द्र भन्छन् ‘गीतले मन छोएकोले पनि म गीत निर्माण गर्न तयार भएको हुँ ।

गायक दिनेश गौतमले गीतको भाव अनुसार भिडियो बनेकोमा खुशी व्यक्त गरे । गीतको शब्द सुन्दा नै आफू उत्साहित भएको बताउँदै उनले दर्शकलार्ई पनि गीत मन पर्नेमा विश्वस्त रहेको बताए ।

हेर्नुहोस् उक्त गीतको भिडियो :

- Advertisement -

- Advertisement -

Leave A Reply

Your email address will not be published.