The news is by your side.

तस्विर, कान्छि, चुपचाप, सालिमा नदि जस्ता लोकप्रिय गीत पछि गायक कुशल श्रेष्ठले बजारमा ल्याए ‘बिधुवा’ (भिडियोसहित)

54

- Advertisement -

तस्विर, कान्छि, चुपचाप, सालिमा नदि जस्ता लोकप्रिय गीत बजारमा सार्वजनिक गरिसकेका गायक कुशल श्रेष्ठको सँगीत र आवाजमा ‘बिधुवा’ गीत सार्वजनिक भएको छ। गीतको शव्द चर्चित गीतकार हिमाँशु रायमाझी ‘गोधुली’ ले कोरेकि हुन् भने दिक्षित पौड्यलको सँगीत सँयोजन रहेको छ। गीतको मिक्स मास्टरिङ्ग प्रकाश मिस्राले गरेका हुन् ।

रायमाझीका दुई दर्जन भन्दा बढि गीत बजारमा सार्बजनिक भई सकेका छन् जसमा नेपालका स्थापित सँगीतकार तथा गायक गायकिकाले आवाज भरेका छन् र थुप्रै दर्शक स्रोताको मन जितेको छ। रायमाझीले गायक कुशल स्रेष्ठको जन्मदिनको अवसर पारेर यो गीत सार्वजनिक गरेको बताएकी छिन् भने भिडियोको तयारी भई रहेको जानकारी गराएकी छिन्।

गीत केहि फरक गर्ने उदेश्यले शव्द कोरेको गीतकार रायमाझी बताउँछिन्। गायक कुशल श्रेष्ठले नेपालको बिभिन्न रियालिटि सो नेपाल आईडल, भोईस अफ नेपाल जस्ता ठाउँमा पनि आफ्नो कुशल गायकि क्षमता प्रस्तुत गरेका कलाकार हुन् जो बिभिन्न ठाउँमा थुप्रै कार्यक्रमहरु मा पनि गर्दछन्।

- Advertisement -

- Advertisement -

हेर्नुहोस् उक्त गीतको भिडियोः

- Advertisement -

- Advertisement -

Leave A Reply

Your email address will not be published.