The news is by your side.

छोरीभन्दा छोरा कमजोर!

76

- Advertisement -

धेरै परिवारमा आज पनि छोरीको तुलनामा छोरा जन्मियोस् भन्ने भाव राखिन्छ । छोराले भविष्यमा आफ्नो व्यापार व्यवसाय सम्हाल्छ, आफूलाई पाल्छ भन्ने मान्यता रहँदै आएको पाइन्छ ।

तर के तपाईंलाई छोरी छोराभन्दा धेरै कुरामा सक्षम हुन्छन् भन्ने थाहा छ? स्वास्थ्यको दृष्टिकोणबाट हेर्दा पनि छोरी नै सक्षम हुने गर्दछन् ।

१. सिक्ने र बुझ्ने मामलामा छोराको तुलनामा छोरीको अनुपात १ः३ हुन्छ ।

- Advertisement -

२. हक्लाउने मामलामा छोराको तुलनामा छोरीको अनुपात १ः४ हुन्छ ।

३. हीमोफीलिया (एक खालको रक्तदोष) रोग छोरालाई मात्रै लाग्ने सम्भावना हुन्छ ।

- Advertisement -

४. डटोनुज मस्क्युलर डिस्ट्राफी (मांशपेशीको एउटा गम्भीर रोग) पनि छोरामा मात्रै देखिन्छ ।

५. मानसिक विकासको सुस्त रफ्तार (मेन्टल रिटार्डेशन) सँग जोडिएको एउटा समस्या (फ्रेजाइल–एक्स सिन्ड्रोम) छोराको तुलनामा छोरीमा कम देखिन्छ ।

६. छोरीको मृत्युदर पनि छोराको तुलनामा २० प्रतिशत कम भएको पाइएको छ । यो अनुपात उमेर बढ्दै जाँदा पनि जारी रहन्छ ।

७. अन्य कुरामा पनि छोरीले छोराझैँ अगाडि बढ्न सक्छन् ।

त्यसैले तपाईंले छोरा जन्माउनु भएको छ या छोरी दुवैलाई ईश्वरको उपहार मानेर स्वीकार गर्नुहोस् ।

साभारः ‘स्वास्थ्य विज्ञान’ पुस्तकबाट

- Advertisement -

- Advertisement -

Leave A Reply

Your email address will not be published.