The news is by your side.

धादिङको गजुरीमा बसको ठक्करबाट विद्यार्थीको मृत्युपछि स्थानीयले जलाए बस

139

- Advertisement -

धादिङको गजुरीमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएपछि स्थानीयबासिन्दा र विद्यार्थीले प्रदर्शन गरेका छन् । आज विहान आदर्श माध्यमिक विद्यालय जाँदै गरेका ६ वर्षीय विजय परियारको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

- Advertisement -

गोरखाबाट काठमाडौं आउँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले जेब्राक्रसमा सडक पार गर्दै गरेका बालकलाई ठक्कर दिएको थियो । मृतक परियार बाटो काट्ने क्रममा जेब्राक्रसमै बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने बसमा तोडफोड गर्दै आगो लगाएका छन् ।

उनीहरूले शव सडकमै राखेर प्रदर्शन गरिरहेकाले अहिले पृथ्वी राजमार्गको गजुरी खण्डमा गाडी चल्न सकेका छैनन् ।

- Advertisement -

- Advertisement -

Leave A Reply

Your email address will not be published.