The news is by your side.

बागमतीका मेयर थापाका भाइले दुई पत्रकारमाथि निर्घात कुटपिट गरेपछ…

85

- Advertisement -

सर्लाहीमा दुई पत्रकारमाथि निर्घात कुटपिट भएको छ । बागमती नगरपालिकामा भएका गतिविधिबारे समाचार बनाएका अनलाइन पानाका दुई पत्रकारमाथि आक्रमण भएको हो ।

नगरपालिकाको गतिविधिबारे समाचार लेखेका पत्रकारद्वय नारायणप्रसाद अधिकारी र शालिक भट्टलाई नगरपालिकामा बोलाएर मेयर भरतकुमार थापाका सहोदर भाइ रामकुमार थापासहितको टिमले निर्घात रुपमा कुटपिट गरेका हुन् । मेयरका भाइ थापासहितले पत्रकारद्वय अधिकारी र भट्टमाथि हेलमेटले आक्रमण समेत गरेका थिए ।

- Advertisement -

यसअघि अनलाइनपानाले नगरपालिकाले कानुनविपरित बनाएको भरत तालका कारण त्यहाँका नागरिक सुकुम्बासी बनेका विषयमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएको थियो । मेयरले अन्तर्वार्तामार्फत थप कुरा प्रष्ट पार्ने भनेर मेयर थापाकै भाइ रामकुमार थापाले बोलाएपछि आफूहरू नगरपालिकामा पुगेका बेला आक्रमण भएको पीडित पत्रकार अधिकारीले बताए । तर, मेयर थापाकै संलग्नतामा आफूहरूमाथि आक्रमण भएको पीडित पत्रकारको आशंका छ ।

- Advertisement -

अनलाइनपानाले यसअघि भरत तालका कारण सुकुम्वासीको घरमा बाढी, सर्लाहीको बागमतीमा बनेको भरतताल कानुनविपरीत, बागमतीका मेयर थापासहित १५ जनाविरुद्ध हत्या आरोप, कहाँ पुग्यो अनुसन्धान? र बागमती नगरको अवैध धन्दाः सागरनाथ वनको जग्गामा मेयरको रजाइँ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।

यसअघि पनि मेयर थापाका भाइ रामकुमारले पत्रकारद्वयलाई पटक(पटक ज्यानमा मार्ने धम्की दिएका थिए। यसै विषयको समाचार लेखेको हिमाल पोस्टका सम्पादक मोती खानाललाई समेत ज्यान मार्ने धम्की दिएका थिए । रण्मेयर थापामाथि विप्लव नेकपाका कुमार पौडेल हत्यामा सुराकी गरेको आरोप लागेको छ ।

- Advertisement -

- Advertisement -

Leave A Reply

Your email address will not be published.