The news is by your side.

सन्दीप क्यानको सम्पर्क बाहिर

99

- Advertisement -

१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) सँग सम्पर्क बाहिर रहेका छन् ।

क्यानका सचिव प्रशान्तविक्रम मल्लले सुरुमा सन्दीपले क्यानलाई कानुनी उपचारका लागि सहयोग गर्न र राम्रो वकिल खोज्‍न आग्रह गरे पनि पछिल्लो समय सम्पर्क बाहिर रहेको बताए ।

- Advertisement -

‘‘सन्दीप कहाँ छन् ? के गरिरहेका छन्? हामीलाई थाहा छैन । पछिल्लो समय फोन पनि लागेको छैन । नेपाल आएर अनुसन्धानमा सहयोग गरे राम्रो हुन्थ्यो भन्ने हाम्रो सोच हो । त्यसले उनलाई पनि फाइदा पुग्छ । आफ्नै परिवारमार्फत् वकिल खोजेर कानुनी सल्लाह गरिरहेको छ भन्ने पनि सुनेका छौं । तर, के भइरहेको छ, क्यानलाई थाहा छैन,’’ मल्लले भने ।

- Advertisement -

व्यक्तिवादी मुद्दा भएकोले क्यान यस घटनाबाट बाहिर रहेको पनि मल्लले बताए । ‘‘हामीले कुनै इन्टरफेयर गर्ने कुरो भएन । नेपाल आएर कानुनी लडाइँ लडोस् भन्ने शुभेक्षा मात्र हो । उसलाई नेपाल ल्याउने र खोजी नीति गर्ने निकाय प्रहरी प्रशासन नै हो,’’ मल्लले भने ।

वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेलिरहेकै अवस्थामा आरोप लागेपछि सन्दीप एकाएक सम्पर्कबिहीन भएका हुन् । सन्दीपविरुद्ध भदौ २१ गते एक किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो ।

- Advertisement -

- Advertisement -

Leave A Reply

Your email address will not be published.