The news is by your side.

‘आत्महत्या मेसिन’ले पायो कानुनी मान्यता, अब एकैमिनेटमा पीडारहित मृत्यु

13,918

- Advertisement -

स्विजरल्याण्ड सरकारले ‘आत्महत्या मेसिन’लाई कानुनी मान्यता दिएको छ। इच्छामृत्यु भएका व्यक्तिलाई पीडारहित तरिकाले एक मिनेटमै मार्ने मेसिनलाई सरकारले हालै कानुनी मान्यता दिएको हो।

कोफिन आकारको साक्रो नामक सो मेसिनलाई निर्माताहरुले आत्महत्या अर्थात् सुसाइड मेसिन नाम दिएका छन्। इच्छामृत्यु भएका व्यक्तिहरुलाई सो मसिनमा राखेर मार्न सरकारले अनुमति दिएको निर्माताहरुले जानकारी दिएका छन्।

- Advertisement -

हाइपोक्सिया र हाइपोकाप्नियाबाट पीडित इच्छामृत्यु भएका व्यक्तिलाई एक मिनेटमै शान्तिपूर्वक एवं पीडारहित तरिकाले मर्न सो मेसिनले सघाउने बताइएको छ। मेसिनभित्र बस्नेवित्तिकै शरीरमा अक्सिजनको मात्रा कम गराइ आँखा चिम्लेको एक मिनेटमै मृत्यु हुने मेसिन निर्माताहरुले बताएका छन्।

- Advertisement -

स्विजरल्याण्डमा इच्छामृत्युलाई कानुनी मान्यता दिइएको छ। रिपोर्टका अनुसार गत वर्षमात्र सो मेसिनमार्फत करिब १३ सय मानिसले इच्छामृत्युको सेवा लिएका थिए। एजेन्सी ।

- Advertisement -

- Advertisement -

Leave A Reply

Your email address will not be published.