The news is by your side.

नागरिकको सेवा गर्छु भन्थिन्, नागरिकबाटै मारिइन्

4,326

- Advertisement -

झापा, चैत ७ । खोटाङ वहरापोखरी गाउँपालिकामा जन्मिएकी २६ वर्षिया उर्मिला श्रेष्ठ नागरिकलाई सेवा दिने उद्देश्यले प्रहरी सेवामा प्रवेश गरिन् । २०७६ साउन १ गते उनी प्रहरीमा प्रवेश गरेकी हुन् । श्रेष्ठ प्रहरीको तालिमपछि प्रदेश शसस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा कार्यरत थिइन् ।

प्रहरी सहायक निरीक्षक रहेका आफ्ना दाइ भुवन श्रेष्ठको प्रेरणाबाटै उर्मिला प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । श्रेष्ठले गत वर्षको फागुनमा उदयपुरको त्रियुगा नगरपालिकाका प्रहरी जवान नविन श्रेष्ठसँग विवाह गरेकी थिइन् ।

तर, नागरिकको सेवा गर्छु, शान्ति सुरक्षा दिन्छु भनेर प्रहरी बनेकी उनै श्रेष्ठ आइतबार नागरिकको आवेगबाट मारिइन् पुगिन् । होली खेल्ने क्रममा गत शुक्रबार एक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई प्रहरीमा बुझाउने तयारी थियो ।

- Advertisement -

लेटाङमा यौन दुर्व्यवहारका आरोपीलाई समात्न गएको प्रहरी टोलीमाथि आक्रमण

 

- Advertisement -

विद्यालयमा शिक्षक र गाउँलेबिचको छलफलपछि आरोपितलाई त्यत्तिकै बाहिर निकाल्दा भीडले आक्रमण गर्ने डर थियो । प्रहरीमा बुझाएपछि पौडेललाई कुनै कारबाही नहुने भन्दै एउटा समूह आफैंले कारबाही गर्ने भन्दै ‘अराजक’ बनेको थियो । अर्को पक्ष पौडेललाई जोगाउन लागि परेको थियो । दुई पक्षका कारण लेटाङमा तनाव बढ्दो थियो ।

त्यही तनाव नियन्त्रण गर्न मोरङ प्रहरीले १ नम्बर प्रदेश शसस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट ५० जनाको टोली झिकाएको थियो । त्यही प्रहरी टोलीमा थिइन् जवान श्रेष्ठ । त्यो भीडमा कसैले उनीमाथि चक्कु हान्यो, त्यो पनि घाँटीमा ।
घटनास्थलमा नै रक्ताम्मे बनेकी उनलाई आइतबार राति नै कोशी अस्पताल पु¥याइएको थियो ।

तर चिकित्सकले उनलाई बचाउन सकेनन् । इलाममा कार्यरत नवीन श्रीमतीको मृत्युको खबरपछि राति नै विराटनगर पुगेका छन् । प्रहरीले परम्पराअनुसार सलामी दिएर उर्मिलाको अन्त्यष्टिको तयारी गरेको छ । उर्मिलाका बुवाआमा छोरीको अन्तिम संस्कारका लागि विराटनगर पुगेका छन् ।

- Advertisement -

- Advertisement -

Leave A Reply

Your email address will not be published.