भागरथी भट्टको बलात्कार तथा हत्यामा दोषी पक्राउ गर्न सफल प्रहरी टोलीलाई फूलमाला लगाएर बिदाई

230

भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले १३ दिन लामो अनुसन्धानपछि दोषी पक्राउ गर्न सफल भएको भन्दै स्थानीयवासी र गाउँपालिकाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी सहितका प्रहरीलाई फूलमाला लगाएर बिदाई गरेका छन्।

भागरथी हत्याको अनुसन्धानमा डीआईजी उत्तमराज सुवेदी, एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, अनुसन्धान ब्यूरोका पञ्चकुमार बाखु, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी लगायत थिए।घटनाको अनुसन्धान गर्न डीआईजी सुवेदी सहितका प्रहरी रातदिन निरन्तर अनुसन्धानमा खटिएर दोषी पत्ता लगाएकोमा गाउँपालिका र स्थानीयवासीले फूलमाला पहिर्‍याएर प्रहरी टोलीलाई बिदाई गरेको दोगडाकेदार गाउँपालिका–३ का वडाध्यक्ष चन्द्रदेव जोशीले बताए।

भागरथी हत्या आरोपमा प्रहरीले मङ्गलबार राति गाउँकै दिनेश भट्टलाई पक्राउ गरेको छ। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–७, चडेपानी लमकट्टे बस्ने किशोर दिनेश भट्ट भागरथीसँगै सनातनधर्म माविमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन्।मङ्गलबार राति १० बजे घरबाटै पक्राउ परेका किशोरलाई जिल्ला प्रहरी कार्यालय बैतडीले सार्वजनिक गरिसकेको छ।

Leave A Reply

Your email address will not be published.