निर्मला पन्त प्रकरण बारे नयाँ सूचना छ – डीआईजी उत्तमराज सुवेदी

642

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले नर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण बारे नयाँ सूचना आउन थालेको दावी गर्नु भएको छ ।

शुक्रबार कञ्चनपुरमा आयोजना गरिएको सुरक्षित चेली अभियान २०७७ मा डीआईजी सुवेदीले समाजबाट पाएको सूचनाको सहयोगले भागरथी हत्यारा पत्ता लागेपछि अब निर्मला प्रकरण बारे पनि थप सूचना आउन थालेको दावी गर्नुभयो ।डीआईजी सुवेदीले घटनाको पश्चात निर्मला प्रकरणमा सामुदायबाट र स्थानीयबाट सहयोग नपुग्दा यो मुद्दा टुंगिन नसकेको पनि भनाइ थियो ।

प्रदेश प्रहरी प्रमुख सुवेदीले यस बारे समुदायबाट नै सूचना आउन थालेपछि छिट्टै नै निर्मला प्रकरणको अनुसन्धान निष्कर्षमा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.