भागरथी भट्टको हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीद्वारा पक्राउ गरी सार्वजनिक

449

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले आज सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरी भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा पत्रकार सम्मेलन गरी प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको जानकारी दिए । उनले यो अनुसन्धान प्रहरीको व्यावसायिक छबी र निष्ठासँग पनि जोडिएको भन्दै सफलता मिलेकोमा खुसी व्यक्त गरे ।

घटना भएको केही दिनमा नै भट्टमाथि निगरानी गरिरहेको र अभियुक्तको साबिती बयान, प्राप्त सबुत, अन्य प्रमाण, प्रत्यक्षदर्शीको भनाइलगायतलाई आधार मानेर यो अपराध उनैले गरेको पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यसैबीच भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टविरुद्ध भागरथीका दाइ शङ्कर भट्टले किटानी जाहेरी दिनुभएको छ । शङ्कर भट्टले जिल्ला प्रहरी कार्यालय बैतडीमा दिनेशविरुद्ध किटानी जाहेरी दिएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्ला अदालत बैतडीबाट म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान गर्न लागेको छ । भट्टविरुद्ध करणी र ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.