चन्द्रागिरी र ललितपुरका ईटा उद्योगका श्रमिकहरुलाई खाधान्न तथा स्वास्थ्य सामग्री वितरण

274

बाल विकास समाज तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा चन्द्रागिरी नगरपालिका र ललितपुर महानगरपालिकामा ईटा उद्योगमा कार्यरत श्रमिकहरुलाई खाधान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । 

चन्द्रागिरी नगरपालिकासँगको समन्वयमा नगरपालिकाको वडा नंं. १४ नैकापमा रहेको बालकुमारी ईटा उद्योग, वडा नं. १५ तिनथानामा रहेको उमा महेश्वर ईटा उद्योगमा रहेका तिनवटा र ललितपुर महानगरपालिका वडा न. २२ बुङ्गमतीमा रहेको ५ वटा ईटा उद्योगहरु (जय भैरव ईटा उद्योग, यूके ईटा उद्योग, हिरा ईटा उद्योग, ओम श्री ईटा उद्योग र नेवा ईटा उद्योग)मा कार्यरत श्रमिकहरुलाई सहयोग गरिएको हो । कार्यरत श्रमिकहरुलाई कोभिड १९ को दोश्रो लहर भेरीयन्टले भएको लकडाउनले श्रमिकहरुको दैनिक आर्यआर्जनमा नकारात्मक असर परी जनजीवनमा प्रभाव परेकोले त्यस्ता श्रमिकहरुको आधारभूत आवश्यकताहरुलाई केही हद सम्म पुर्ती गर्न खाद्यान्न तथा सरसफाईका सामानहरु सहयोग गरिएको थियो ।

 खाद्यान्न तथा सरसफाईको सामग्रीहरु वितरणको लागि सम्बन्धित वडाको जनप्रतिनीधिहरुको स्तरबाट जनप्रतिनिधिहरु, बमल अधिकार समितिका सदस्यहरु, प्रहरी कार्यालयका प्रतिनिधिहरु तथा ईटा उद्योग व्यवसायीहरुको उपस्थिती रहेको थियो । कोभिड-१९ को दोश्रो भेरीयन्टको कारणले लामो समयदेखि भइरहेको लकडाउनले श्रमिकहरुको जीवनमा भएको अभावलाई सहयोग पुर्‍याउने उद्देश्यले खाद्यान्न तथा सरसफाईको सामानहरु वितरण गरिएको हो ।

खाद्यान्न वितरण ईटा उद्योगमा बस्ने प्रत्येक परिवारको परिवार संख्याको आधारमा दिईएको थियो । विशेष गरी दैनिक उपभोग गर्ने सामानहरु दाल, चामल, चिनी, तेल, नुन उपलब्ध गराईएको थियो भने सरसफाईका सामाग्रीहरुमा साबुन, रुमाल, सेनेटरी प्याड, बाल्टीन, मग, ब्रस, मंजन, नेल कटर, डोरी लगायत सरसफाईको लागि अति आवश्यक सामाग्रीहरु प्रत्येक परिवारलाई एक एक सेट वितरण गरिएको थियो । चन्द्रागिरि नगरपालिकामा रहेको ३ वटा ईटा उद्योगमा ११८ घरधुरीलाई सामान उपलब्ध गराईएको थियो भने बुङ्गमतीमा ५ वटा ईटा उद्योगमा २१४ घरधुरी गरी जम्मा ३३२ घरधुरीलाई लक्षित गरी खाद्यान्नमा जम्मा १४७३३ के.जी. चामल, १९७९ के.जी. दाल, १३०४ के.जी. चिनी, ७२८ के.जी. नुन र १३०४ लिटर तेल तथा घरधुरी अनसुार सरसफाइका सामाग्रीहरु उपलब्ध गराईएको थियो ।

प्राप्त सामानले आफुहरुलाई ठुलो सहयोग पुगेको कार्यक्रमको समयमा श्रमिकहरुले बताउनुभयो । उक्त सामाग्री वितरणको समयमा प्राप्त सामानले आफुहरुलाई ठुलो सहयोग पुगेको श्रमिकहरुले बताएका छन् । खाद्यान्न वितरण कार्यक्रममा ईटा उद्योगहरुमा भएको सुरक्षा तथा स्वास्थ्य समितिको सदस्यहरु, वल्र्ड भिजन ईनटरनेशनल नेपालको तर्फबाट भरत तामाङ्ग र गरिमा चौलागाइ, बाल विकास समाजको तर्फबाट कार्यकारी निर्देशक कृष्ण प्रसाद सुवेदी, कार्यक्रम व्यवस्थापक प्रदीप कुमार श्रेष्ठ, अनुगम मुल्याङ्कन जवाफदेहिता तथा सिकाइ अधिकृत पुनम गिरी, सप्लाई चेन तथा लजिष्टिक अफिसर पोषक रोक्का, संरक्षण अधिकृत प्रकाश सुनुवार, फिल्ड अधिकृत समिर श्रेष्ठ, रबिना नकर्मी, सुमित्रा तामाङ्ग र सहजकर्ता तथा सहयोगी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.