संघीय संसदका दुवै सदनको अधिवेशन सुरु, प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने

63

सर्वोच्च अदालतको आदेशअनुसार संघीय संसदका दुवै सदनको अधिवेशन सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सुरु भएको हो।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाइनेछ।

अपराह्न ४ बजे बस्ने कार्यक्रम तय भएपनि करिब ४५ मिनेट ढिला गरी बैठक शुरू भएको हो । संसदको आठौँ अधिवेशनमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । यस्तै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ ।

सम्भावित कार्यसूचीअनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।आजै दोस्रो पटक बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनेछन्।

Leave A Reply

Your email address will not be published.