हलिउड नायिका पामेल एण्डरसनले आफ्नै बडीगार्ड डल ह्यैहस्टसंग गरिन् छैटौ विवाह

48

हलिउड नायिका पामेल एण्डरसनले आफ्नै बडीगार्ड डल ह्यैहस्टसंग विवाह गरेकी छिन् । ५३ वर्षिय यी नायिका प्लेब्वाई म्यागजिनमा छापिएपछि चर्चित भएकी थिइन् । उनी ‘बेवाच’की नायिका हुन् ।

डेलीमेल डटकमका अनुसार लकडाउनको समयमा यी नायिका हयैहस्टसंग नजिक भएकी थिइन् । क्रिशमस इभको अवसरमा क्यानडा स्थित आफ्नै घरमा विवाह गरेकी थिइन् । यो उनको कतिऔं विवाह हो भन्नेमा मिडियामा फरक फरक रिपोर्ट आएको छ ।

‘द रोड रेयान’ले यो उनको छैटौ विवाह भएको दावी गरेको छ । सन १९९५ मा पहिलो पटक उनले टमीसंग विवाह गरेकी थिइन् । तीन वर्षमै उनीहरुको सम्बन्ध विच्छेद भएको थियो । सन २००६ मा किड रकसंग विवाह गरिन् । एक वर्षमै उनीहरु छुट्टिए । सन २००७ मै रिक सलोमोनसंग विवाह गरेकी पामेलाले सन २०१५ मा दोस्रो विवाह गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.