थप समाचार मेनु

मिथिलामा तीन दिन होली

- / मंगलबार, फागुन २३, २०७९ ०८:५९

महोत्तरी । मध्यपूर्वी तराईमा तीन दिन ‘होरी’ (होली, फागु) पर्व मनाइँदै छ । मिथिला क्षेत्रमा फागुन पूर्णिमाका दिन मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर होलिका दहनको धुरा उडाएपछि (राक्षसी प्रवृतिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि) भोलिपल्ट होरी मनाइने परम्पराअनुसार आज पर्व मनाइँदै गरिएको हो । 

होरी अर्थात फागु पर्व बारको आधारमा नभई तिथि र अन्तरगृह परिक्रमालाई आधार मानेर मनाइने भएको हुँदा यो पर्व आजै चैत कृष्ण प्रतिपदाका दिन मनाइन पर्ने साधु परम्पराका अनुयायीहरुको मत छ । “मध्यमा परिक्रमा जनकपुरको रङभूमि मैदानमा जम्मा भएकै दिन राती होलिका दहन गर्ने, भोलिपल्ट पूर्णिमाका दिन अन्तरगृह परिक्रमासँगै धुरा उडाउने र चैत कृष्ण प्रतिपदाका दिन पर्व मनाउने परम्परा छ”, महोत्तरीको  भङ्गाहा–५ सीतापुरस्थित रामजानकी मठका साधु रामदास बैष्णबले भने, “यसमा बारको भूमिका हुँदैन, त्यसैले मिथिला परम्पराको होरी आज नै हो ।” 

चैत कृष्ण प्रतिपदाकै दिन होरी मनाउने परम्परा भए पनि आज खरो मानिने भएकाले भोलि होरी मनाउने तयारीमा रहेका यहाँ धेरै छन् । यसपालि पूर्णिमा तिथिको भोग पनि दुई दिन देखिएको छ ।  सोमबार दिउँसो पूर्णिमा लागेर आज अबेर दिउँसोसम्म यो तिथिको भोग रहने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का महेशकुमार झाले बताए । “हिजो करिब २२ घडि र आज करिब ३० घडि पूर्णिमाको भोग छ”, उनले भने ।

“बारको प्रभाव हुन्न, मानिन्न भन्ने कुरा हाम्रो परम्पराअनुकूल छैन, हामीकहाँ घरबाट निस्कदा, अन्य कुनै काम प्रारम्भ गरिदा यो बार, यो तिथि ठीक हुन्छ भनिन्छ”, भोलिको होरी तयारीमा रहेका बर्दिबास–९ पशुपतिनगरका बच्चुलाल महतो भन्छन्, “मङ्गलबार खरो दिन मानिन्छ, अनि एकापसमा अङ्कमाल गर्ने खुसीको पर्व यस्तो दिन किन पार्ने ? त्यसैले भोलि मनाइनु ठिक हो ।” महोत्तरीको जलेश्वर, रामगोपालपुर, बलवासहितका नगरक्षेत्रमा भोलि बुधबार होरीको तयारी देखिन्छ ।

आआफ्ना सुविधा र मान्यताअनुसार तीन दिन होरी मनाइँदै गरिए पनि यसपाली होरी शान्त नै देखिएको छ । बस्तीका घरघर र सडक गल्लीसम्म एकअर्कोलाई लघार्दै लोला हान्ने, भीड जम्मा हुने र रङ प्रयोगमा कमी देखिएपछि होरी शान्त देखिएको हो । मधेस प्रदेशभित्रका आठै जिल्लामा स्थानीय (जिल्ला) प्रशासनले भीडभाड नगर्न, भीडभाडमा नजान, रङ र लोला नहान्न सार्वजनिक सूचना नै जारी गरेर अपिल गरेको छ ।

सम्बन्धित समाचार

धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

- / सोमबार, चैत १३, २०७९

जनकपुरधाम । धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका-३ का २९ वर्षीय विष्णुबहादुर फुयाल रहेका छन् ।

मृतक फुयाल सोही ट्याक्टरका चालक हुन् । फुयालले ज१च ३४३७ ट्याक्टर लिएर क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरबाट बटेश्वर गाउँपालिका-५ शान्तिपुर जाँदै गर्दा एभरेष्ट पेपर मिल नजिक दुर्घटना भएको हो ।

फुयालको घटनास्थल

जनकपुरधाम । धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका-३ का २९ वर्षीय विष्णुबहादुर फुयाल रहेका छन् ।

मृतक फुयाल सोही ट्याक्टरका चालक हुन् । फुयालले ज१च ३४३७ ट्याक्टर लिएर क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरबाट बटेश्वर गाउँपालिका-५ शान्तिपुर जाँदै गर्दा एभरेष्ट पेपर मिल नजिक दुर्घटना भएको हो ।

फुयालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

घटना स्थलमा मुचुल्का गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनुषामा दुईवटा ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु

- / शनिबार, चैत ११, २०७९

धनुषा । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ ।

    पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौध

धनुषा । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ ।

    पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

    सो दुर्घटनामा  सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन् । घाइतेको  ढल्केवर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More
ads-image
ads-image
ads-image
ads-image