थप समाचार मेनु

पर्वतका होम–स्टेमा पर्यटकको चहलपहल

- / शुक्रबार, फागुन १९, २०७९ ११:१४

पर्वत । पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होम–स्टे ९घरबास० मा पर्यटकको चहलपहल बढ्दै गएको छ । जिल्लाका गाउँगाउँमा होम–स्टे सञ्चालनमा छन् । 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को समयमा ठप्प बनेका अधिकांश होम–स्टेमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको सञ्चालकले बताएका छन् । गण्डकी प्रदेशकै अग्रणी होम–स्टे सेवा दिँदै आएको मोदी गाउँपालिका–८ चित्रेस्थित सामुदायिक होम–स्टेमा आउने पाहुनाको सङ्ख्या दैनिकजसो बढ्दै गएको छ । ‘चित्रे ग्रामीण पर्यटन होमस्टे’मा विभिन्न जिल्लाबाट पाहुना आउने क्रम बढेको होम–स्टे व्यवस्थापन समितिका अध्यक्ष सुशीलादेवी गुरुङले बताइन् । 

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेको काखमा रहेको चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होम–स्टेमा आउनेहरु आकर्षित हुने गरेका छन् । अहिले आन्तरिक पर्यटक आउने क्रम कोभिड–१९ भन्दा अघिकै जस्तै हुन थालेको उनले बताइन् । पोखरा र काठमाडाँैबाट समेत  विभिन्न समूहमा आन्तरिक पर्यटक आउन थालेको गुरुङ  बताउँछिन् ।

यहाँ वार्षिक तीन हजारभन्दा बढी पर्यटक होम–स्टेमा पुग्ने गरेको तथ्याङ्क छ । “कोभिड–१९ का बीचमा पनि हामीले होम–स्टे खुला गरेका थियौँ, अब आन्तरिक मात्र नभएर बाह्य पर्यटक आउने क्रम सुरु भएको छ”, उनले भनिन्, “विस्तारै पुरानै लयमा फर्किएको अनुभूति भएको छ ।”

चित्रेको होम–स्टेलाई व्यावसायिकरुपमा भन्दा पनि सेवामुखी बनाइएको छ । कतिपय ठाउँमा होम–स्टे चलाएरनै दैनिक गुजारा चलाउनेको दैनिकी रहने गरेको भए पनि चित्रेमा होम–स्टे चलाइरहेका सात घरका लागि त्यो बाध्यता छैन । जति बचत हुन्छ, त्यसको करिब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्या पर्यटनमा लगानी गर्ने गरेको र पाँच प्रतिशत होम–स्टेको कोषमा राख्ने गरिएको सञ्चालक समितिले जनाएको छ । समितिका अनुसार चित्रेको होम–स्टेमा एक पटकमा ७० जनासम्म राख्न सक्ने क्षमता छ ।  

चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको सङ्गमस्थल पञ्चासेमा पदयात्रा गर्दै जाने ‘रुट’ रहेका कारण पदयात्रामा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । होम–स्टे पुग्नासाथ गुरुङ पोसाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ । खानाको रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेँडाबाट बनाएको चटनी अनि लेकको चिसो पानीले मथेर बनाएको मोहीले धेरैलाई लोभ्याउँछ । चित्रेको होमस्टेका आकर्षणमा अर्गानिक र स्थानीय खानाका स्वादसँगै पञ्चेबाजाको ताल र भजनको टुक्का पनि रहेको होम–स्टे विकास समितिका सल्लाहकार मधुसोदन अधिकारीले बताउनुभयो ।  

मौलिक कलाको प्रचार र प्रवद्र्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चेबाजा र भजन टोलीको फरक फरक प्रस्तुतिले धेरैलाई रमाइलो लाग्ने गरेको होमस्टेमा पुगेका पत्रकार अगन्धर तिवारीले बताउनुभयो । गुरुङ समुदायको बाहुल्यता रहेको चित्रेमा गुरुङ सङ्ग्रहालय बनाउने तयारी समेत गरिएको स्थानीय वडाध्यक्ष सुकबहादुर गुरुङले बताए । 

उता जिल्लाको कुश्मा नगरपालिका–३ मा दुर्लुङ, वडा नं १४ आर्थर, फलेवास नगरपालिका–२ थापाठाना, जलजला गाउँपालिकाको बाँखसर्क, लेखफाँट, शालिजा, महाशीला गाउँपालिकाको भोक्सिङ, पाखापानी, बालाकोट, लुंखु, विहादी गाउँपालिकाको गेप्ताङ र बाँच्छा सामुदायिक होमस्टे र पैँयु गाउँपालिकाको चिन्नेखर्कलगायतका स्थानमा पनि आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । 

सम्बन्धित समाचार

पर्यटकका रोजाइमा खुमै डाँडा

- / सोमबार, चैत १३, २०७९

कास्की । खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । पर्यटकको सङ्ख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ छ । समुद्री सतहबाट तीन हजार दुई सय ४५ मिटरको उचाइमा रहेको खुमैडाँडाबाट दुई घण्टा हिँडेर कोर्चां पुगिन्छ । कोर्चाङ तीन हजार छ सय ८२ मिटरको उचाइमा छ । 

स्थानीयले ग्रेट माछापुच्छ्रे« ट्रेल नाम दिएको सरीपाखा–खुमैडाँडा&n

कास्की । खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । पर्यटकको सङ्ख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ छ । समुद्री सतहबाट तीन हजार दुई सय ४५ मिटरको उचाइमा रहेको खुमैडाँडाबाट दुई घण्टा हिँडेर कोर्चां पुगिन्छ । कोर्चाङ तीन हजार छ सय ८२ मिटरको उचाइमा छ । 

स्थानीयले ग्रेट माछापुच्छ्रे« ट्रेल नाम दिएको सरीपाखा–खुमैडाँडा–कोर्चां पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ । पोखराको हेम्जादेखि सरिपाखासम्म १३ दशमलव तीन किलोमिटर मोटर यात्रामा पुगिन्छ । यसपछि पाँचदेखि सात घण्टाको हिँडाइपछि खुमै पुग्न सकिने माछापुच्छ्रे गाउँपालिका–१ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिए । 

खुमैभन्दा माथि बासको व्यवस्था नभएकाले पहिलो दिनको रात त्यही कटाएर भोलिपल्ट बिहान दुई घण्टाको हिँडाइपछि कोर्चां डाँडासम्म पुगेर पोखरा फर्कन सकिने उनले बताए । यसैबीच कास्कीको माछापुछ्रे गाउँपालिकाको १६ औँ कार्यपालिका बैठक हालै खुमैडाँडामा सम्पन्न भएको छ ।

पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय डाँडा खुमैमा बैठक राखिएको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए। पछिल्लो समय खुमै जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका कारण त्यस क्षेत्रको पूर्वाधार विकासका निर्माणमा बैठक केन्द्रित भएको उनले बताए ।

“केही महिनायता हाम्रो पालिकामा पर्ने खुमैडाँडामा पर्यटकको आगमन धेरै भएको छ”, उनले भने, “पाहुना त आउनुभएको छ । तर, उहाँहरुका लागि के आवश्यक छ भनेर बुझ्नका लागि अवलोकनसहित पालिकाको बैठक नै यहाँ राखिएको हो ।”

बैठकले सरीपाखा–खुमै–कोर्चांसम्मको रुटलाई पर्यटकीय पदमार्ग घोषणा व्यवस्थापनको काम अघि बढाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए । योसँगै हिमाली क्षेत्रको जलवायु परिवर्तनको असर न्यूनीकरण, सरसफाइ, कार्बन व्यापारको बजेटमा गाउँपालिकाको अधिकारका लागि पहल गर्ने लगायत निर्णय गरिएको उनले बताए ।

“खुमैडाँडामा बसेको कार्यपालिका बैठकले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सरसफाइमा ध्यान दिने अनि कार्बन व्यापारको बजेटमा गाउँपालिकालाई अधिकारी हुनुपर्‍यो भन्ने निर्णय भएको छ”, उनले भने । 

Read More

मकैबारी बन्यो पर्यटकीय गन्तव्य, एक अर्ब लगानीमा रिसोर्ट

- / आइतबार, चैत १२, २०७९

कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्कंन सकेको छैन । नेपाल आउने पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा २०२२ मा करिब ६० प्रतिशत मात्रै रिकभर भएको छ ।
    
विदेशी पर्यटक नआउँदा होटल तथा रिसोर्ट अझै पनि २५ प्रतिशत अकुपेन्सीबाट माथि जान नसकेको होटल सङ्घ नेपाल (हान)को भनाइ छ । हानले कोरोना महामारीअघिको अवस्थामा आइपुग्न अझै एकदेखि दुई वर्

कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्कंन सकेको छैन । नेपाल आउने पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा २०२२ मा करिब ६० प्रतिशत मात्रै रिकभर भएको छ ।
    
विदेशी पर्यटक नआउँदा होटल तथा रिसोर्ट अझै पनि २५ प्रतिशत अकुपेन्सीबाट माथि जान नसकेको होटल सङ्घ नेपाल (हान)को भनाइ छ । हानले कोरोना महामारीअघिको अवस्थामा आइपुग्न अझै एकदेखि दुई वर्ष लाग्ने अनुमान गरेको छ । पर्यटन क्षेत्रको अन्योलपूर्ण अवस्थामा पनि वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको समूहले भने काठमाडौँ उपत्यका नजिकै लतिलपुरको लाकुरी भञ्ज्याङमा ‘द टेरेसेस रिसोर्ट एण्ड स्पा’ रिसोर्ट सञ्चालनमा ल्याएको छ । रिसोर्टमा शेर्पाको एस्ट्रेक समूह र अर्जुन शर्माको अग्नी समूहको रू एक अर्ब लगानी भएको छ । 
    
तत्कालीन समयमा मकैबारी खरिद गर्दा यहाँ कसैले पनि यति राम्रो रिसोर्ट बन्छ भन्ने नसोचेको उनले सुनाए । “नगरकोट र धुलिखेल छाडेर यहाँको उराठलाग्दो डाँडा खरिद गर्ने भन्दै त्यो समयमा धेरैले खिसिट्यूरी पनि गरे”, उनले विगत सम्झँदै भने, “करिब चार दशकपछि भने त्यो सपनाले मूर्तरुप पाएको छ ।” रिसोर्ट सञ्चालन आएसँगै पर्यटकीय गन्तव्य बढ्ने अपेक्षा उनको छ ।
    
रिसोर्ट गुणस्तरीय पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको शेर्पाको भनाइ छ । “हाम्रो लक्ष्य गुणस्तरीय पर्यटक ल्याउनु हो”, उनले भने, “सहर नजिकै शान्त वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्नु उद्देश्य हो ।”
    
अहिले पर्यटकको सङ्ख्या बढाउनेभन्दा पनि गुणस्तरीय पर्यटक आवश्यक भएको भन्दै उनले सोहीअनुसार सेवा र सुविधामा ध्यान दिइएको उनको भनाइ छ । ललितपुरको ग्वार्कोबाट करिब १८ किलोमिटरको दुरीमा रहेको रिसोर्टबाट विभिन्न हिमशृङ्खला हेर्न सकिन्छ । जहाँ बस्नका लागि १० वटा भिल्ला छन् । करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टले अतिथिलाई अग्र्यानिक खाना खुवाउने उद्देश्यले आफैले तरकारी र केही फलफूल खेती पनि गरेको छ । 
    
रिसोर्टमा दुई वटा स्वीट रुम छन् भने १६ वटा डिलक्स र २८ वटा स्यान्डर्ड गरी कूल ४६ रुम छन् । जसमा स्वीटरुमको प्रतिदिन रु ५९ हजार, डिलक्सको प्रतिदिन रु ३० हजार र स्टयान्डर्ड रुमको प्रतिदिनज रु २५ हजार पर्छ । 
    
अतिथिलाई प्रकृतिको अवलोकनका साथै मनोरम दृश्यावलोकन गराउने उद्देश्यले रिसोर्टलाई फरक ढङ्गले निर्माण गरिएको रिसोर्टका प्रबन्ध निर्देशक तेञ्जिङ शेर्पाले बताए ।  “हाम्रो मुख्य उद्देश्य पाहुनालाई कोठामा सीमित नराखी प्रकृतिको अवलोकन गराउनु पनि हो”, उनले भने । होटल सङ्घ नेपालसँग रिसोर्टलाई लक्जरी स्तरको मान्यता दिलाउन आफूहरु प्रयास गरिरहेको उनको भनाइ छ । रिसोर्टमा लुक्ला जान चाहने पर्यटकलाई लक्षित गरेर हेलिप्याड निर्माण गरिएको छ । 

Read More
ads-image
ads-image
ads-image
ads-image