थप समाचार मेनु

संसद्लाई जनताको समस्या समाधान गर्ने थलो बनाउनुपर्छ : नेता पाण्डे

- / मंगलबार, माघ १०, २०७९ १6:४७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले जनप्रतिनिधिमूलक संस्था संसद्लाई जनताको समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिदै उनले भने, “सदनको नेतृत्वले निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरेर संसद्लाई रसपूर्ण बनाउनुपर्छ, त्यसतर्फ सभामुखको ध्यान जानुपर्छ ।”

बैठकमा बोल्दै जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले सभामुखले जनताको आवाज मुखरित गर्ने संसद्मा दलहरुलाई विभेद गर्ने गरिएको पाइएको जनाउँदै दलहरुलाई उपयुक्त अवसर उपलब्ध गराउन माग गरे ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका रामप्रकाश चौधरी, नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले सभामुख उपसभामुखलाई बधाई तथा शुभकामना दिदै संसद्लाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही माघ १८ गते बुधबार अपराह्न १ बजे बस्नेछ ।

सम्बन्धित समाचार

रवि लामिछानेविरुद्धको उजुरी प्रहरीले लिन मानेन

- फरक दृष्टि / मंगलबार, माघ १७, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानीविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।

रविको नागरिकता विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले यो जाहेरी दर्ता नगरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै युवराज पौडेल (सफल) मंगलबार दिउँसो जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानीविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।

रविको नागरिकता विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले यो जाहेरी दर्ता नगरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै युवराज पौडेल (सफल) मंगलबार दिउँसो जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए ।

उनले नेपाल नागरिकता ऐन २०६३ को दफा १०(१)अन्तर्गत कायम नरहेको नागरिकता प्रयोग गरेर रविले अमेरिकी नागरिक भएको समयमा नेपाली राहदानी लिई अध्यागमन ऐन, २०४९ को दफा ५ बिपरितको दण्डनीय कार्य गरेको भन्दै अध्यागमन ऐन, २०४९ को दफा १० बमोजिम कारबाहीको माग गरेका थिए ।

Read More

सर्वोच्चको पूर्ण पाठपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुने

- / मंगलबार, माघ १७, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतबाट पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्न आफूलाई सबैतिरबाट सुझाव आएको बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले पूर्वगृहमन्त्री रवि लामिछानेका हकमा सर्वोच्च अदालतले शुक्रबार दिएको निर्णयको पूर्णपाठ नआ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतबाट पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्न आफूलाई सबैतिरबाट सुझाव आएको बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले पूर्वगृहमन्त्री रवि लामिछानेका हकमा सर्वोच्च अदालतले शुक्रबार दिएको निर्णयको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्ने सङ्केत गरेका हुन् । सञ्चारकर्मीले सोधको एक प्रश्नको जिज्ञासामा प्रधानमन्त्रीले आफूहरु संवादमा नै रहेको बताए ।

उनले भने, “हामी सल्लाह गर्दैर्छौ । सकेसम्म सत्ता साझेदार दल इन्गेज भइराख्ने गरी अघि बढ्छौँ ।” लामिछानेको नागरिकताका विषयमा सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको पदबाट लामिछाने हट्नु भएको थियो । आइतबार पुनः लामिछानेले काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए । नागरिकता लिएपछि आफूलाई पूर्ववत् पदमा फर्काउन लामिछानेले आग्रह गर्दै आएका छन् ।

यस्तै, नेकपा(माओवादी केन्द्र)को आज बसेको पदाधिकारी बैठकमा साङ्गठनिक विषयमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा पार्टीको आन्तरिक विषयमा मात्रै छलफल भएको उल्लेख गर्दै प्रवक्ता महराले पार्टीको स्थायी समितिको बैठक बुधबार पुनः बस्नेछ भने । प्रवक्ता महराले अदालतको पूर्ण पाठ नआउँदासम्म गृहमन्त्रीको विषयमा निर्णय नगर्न पदाधिकारी बैठकमासमेत कुरा उठेको जानकारी दिए । राष्ट्रपतिको निर्वाचनका बारेमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता महराले भने ,“राष्ट्रिय सहमतिका आधारमा नै राष्ट्रपति चयन होओस् भन्नेमा पार्टीभित्र अधिकांशको समान धारणा छ ।” उनले राष्ट्रपतिको निर्वाचन हुन अझै समय बाँकी भएकाले सहमति जुट्ने विश्वास व्यक्त गरे । 

Read More