थप समाचार मेनु

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकिकृत कारोबार फागुन २९ गतेबाट हुँदै

- / शुक्रबार, फागुन २६, २०७९ १२:०८

काठमाडाै‌ । सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकिकृत कारोबार फागुन २९ गतेबाट हुँदै

सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको एकिकृत कारोबार फागुन २९ गते, साेमबारबाट सुरू हुने भएकाे छ । यी २ कम्पनी १००ः८० काे अनुपातमा मर्ज हुन लागेका हुन् ।

यी दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्राधिकरणले फागुन १६ गते, कम्पनी रजिष्ट्रार कार्यालयले फागुन १९ गते र धितोपत्र बोर्डले फागुन २३ गते अन्तिम स्वीकृति दिइसकेको छ । त्यस्तै, दुवै कम्पनीकाे फागुन ११ गते सम्पन्न भएकाे साधारण सभाले मर्जरकाे प्रस्ताव पारित गरिसकेका छन् ।

मर्जरपछि अब सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ । कम्पनीकाे केन्द्रीय कार्यालय का.म.पा वडा–१ नक्सालमा रहनेछ ।

सम्बन्धित समाचार

गुराँस लाइफ इन्सुरेन्सको बोनस सेयर घोषणा

- / आइतबार, चैत १२, २०७९

गुराँस लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले बोनस सेयर घोषणा गरेको छ । 

कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले १३.२७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सो बोनस सेयर वितरण गरिनेछ। कम्पनीका अनुसार बोनस सेयरमा लाग्ने करको रकम सेयरधनी आफैले तिर्नु पर्ने हुन्छ । 

नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधार

गुराँस लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले बोनस सेयर घोषणा गरेको छ । 

कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले १३.२७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सो बोनस सेयर वितरण गरिनेछ। कम्पनीका अनुसार बोनस सेयरमा लाग्ने करको रकम सेयरधनी आफैले तिर्नु पर्ने हुन्छ । 

नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण हुनेछ ।

Read More

प्रभु लाइफ इन्स्योरेन्सद्वारा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न

- फरक दृष्टि / आइतबार, चैत १२, २०७९

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सम्पन्न  भएको उक्त कार्यक्रममा कम्पनीका बाग्मती प्रदेश अन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरुको सहभागी रहेको थियो ।

उक्त कार्यक्रमको सुरुवात कम्पनीका नायब महाप्रबन्धक सोन आले मगरले गरेका थिए । उक्त अवसरमा नायब महाप्रबन्धक आले मगरले लिडरसिप कार्

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सम्पन्न  भएको उक्त कार्यक्रममा कम्पनीका बाग्मती प्रदेश अन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरुको सहभागी रहेको थियो ।

उक्त कार्यक्रमको सुरुवात कम्पनीका नायब महाप्रबन्धक सोन आले मगरले गरेका थिए । उक्त अवसरमा नायब महाप्रबन्धक आले मगरले लिडरसिप कार्यक्रमले बीमा मध्यस्थकर्ता एवं कर्मचारीहरुको कार्यक्षमता वृद्धि एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  त्यस्तै, प्रभु लाइफका जोनल हेड प्रयास श्रेष्ठ, एजेन्सी प्रमुख प्रभात शिवाकोटी, ब्राण्डिङ प्रमुख विनोद घिमिरे, सूचना प्रविधि प्रमुख राजु घिमिरेले उपस्थिती जनाएका थिए ।

अन्तराष्ट्रिय नेपाली ट्रेनर मिनबहादुर घल डरसिप सेसन कार्यक्रमको मुख्य आकर्षणको रुपमा थिए । उनले व्यवहारीक तरिकाले व्यवसायीक वृद्धिका सुत्रहरु दिएका थिए । अभिकर्ताहरुको व्यवसायीक जीवनका आयामहरु र सफलताका यात्राहरुका विषयमा कार्यक्रममा चर्चा गरिएको थियो ।

Read More
ads-image
ads-image
ads-image
ads-image