थप समाचार मेनु

माछापुच्छ्रे बैंक र स्माटच्वाईस टेक्नोलोजिजबीच सम्झौता सम्पन्न, एससीटी युपीआई डेबिट कार्ड सेवा सञ्चालन गर्ने

- फरक दृष्टि / सोमबार, माघ ९, २०७९ १२:५८

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा ‘क’ वर्गको माछापुच्छ्रे बैंकबीच एससीटी युपीआई (एससीटी–यूपीआई) डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत माधब सुवेदीले हस्ताक्षर गरेका हुन् । 

बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सम्झौता पश्चात माछापुच्छ्रे बैंकका ग्राहक महानुभावहरुले एससीटी युपीआई (एससीटी यूपीआई) डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी युपीआई (एससीटी यूपीआई) सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पोस, इकमर्श (एटीएम, पीओएस, ई–कमर्स) जस्ता सेवा सजिलै लिन सक्ने छन् । 

सम्बन्धित समाचार

एनएमबि बैंकको नयाँ एटिएम ठमेलको गार्डेन अफ ड्रीम्समा

- फरक दृष्टि / मंगलबार, माघ १७, २०७९

एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रीम्सको छेउमा आफ्नो नयाँ एटिएम खोलेको घोषणा गरेको छ । सो एटिएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टेवा पुर्याउनेछ ।


बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ । 
 

एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रीम्सको छेउमा आफ्नो नयाँ एटिएम खोलेको घोषणा गरेको छ । सो एटिएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टेवा पुर्याउनेछ ।


बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ । 
 

Read More

माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा विशेष छुट

- फरक दृष्टि / मंगलबार, माघ १७, २०७९

माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना संचालनमा ल्याएको छ ।

जस अन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् । यो सुविधा बैंकका ग्राहकलाई २०७९ फागुन १५ गते सम्म मात्र कायम रहनेछ। बैंकले आफ्ना डेबिटरक्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई मध्

माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना संचालनमा ल्याएको छ ।

जस अन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् । यो सुविधा बैंकका ग्राहकलाई २०७९ फागुन १५ गते सम्म मात्र कायम रहनेछ। बैंकले आफ्ना डेबिटरक्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै उक्त सुविधा संचालनमा ल्याएको हो ।

डिजिटल कारोबारलाई बढावा दिन बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक सुविधा प्रदान गर्दै आएको छ । साथै माछापुच्छ्रे बैंकलि.काक्रेडिट कार्ड प्रयोगकर्ताले ०%EMI भुक्तानीबाट पनि सीजी डिजिटलका इलेक्ट्रोनिक सामाग्री खरिद गर्न सक्नेछन् । 

Read More