थप समाचार मेनु

सनराईज बैंकको २ लाख ६३ हजार कित्ता सेयर बिक्रिमा

- / शुक्रबार, चैत ३, २०७९ ०९:२७

काठमाडाैं । सनराईज बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्न लागेको छ । बैंकको संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २ लाख ६३ हजार ४९६ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयर बिक्री गर्न लागेको हो । 

बैंककले उक्त सेयरको न्यूनतम मूल्य १२५ रुपैयाँ प्रतिकित्ता तोकेको छ । इच्छुक आवेदकले १२५ वा सो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर, बैंकको बैंकको केन्द्रिय कार्यलय गैरीधारा काठमांडौमा आईपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो । 

सो समयभित्र कुनैपनि निवेदन नआएमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३, को निर्देशन र अन्य प्रचलित कानून बमोजिम संस्थापक शेयरधनीहरुको दावी नभएको सम्झी अन्य व्यक्तिहरुलाई बिक्री गरिने पनि बैंकले जनाएको छ । 

सम्बन्धित समाचार

आज नेप्सेमा हरियाली, १७.७० अंकले बढ्याे नेप्से 

- / सोमबार, चैत १३, २०७९

काठमाडाै‌ । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से १७.७० अंकले बढेर १ हजार ९ सय ६ दशमलव ०० विन्दु कायम भएको हो । 

आइतबार भने नेप्से दोहोरो अंकले घटेको थियो । हिजो नेप्से २६.८७ अंकले घटेर १ हजार ८ सय ८८ दशमलव २७ विन्दु कायम भएको थियो। 

आज नेप्सेमा १ अर्ब ३८ कारेड २७ लाख ६७ हजार बराबरको कारोबार

काठमाडाै‌ । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से १७.७० अंकले बढेर १ हजार ९ सय ६ दशमलव ०० विन्दु कायम भएको हो । 

आइतबार भने नेप्से दोहोरो अंकले घटेको थियो । हिजो नेप्से २६.८७ अंकले घटेर १ हजार ८ सय ८८ दशमलव २७ विन्दु कायम भएको थियो। 

आज नेप्सेमा १ अर्ब ३८ कारेड २७ लाख ६७ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १६७ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ४४ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। आज हिमालयन डिस्टीलेरीको कारोबार अब्बल रह्यो ।

Read More

एनएलजी इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन

- / सोमबार, चैत १३, २०७९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएलजी इन्सुरेन्सको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । 

नेप्सेका अनुसार आइतबारको अन्तिमा कारोबार मूल्य ६५१ रुपैयाँलाई आधार मानरे भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यस इन्सुरेन्सको भाउ ५९१ रुपैयाँ ८२ पैसा कायम भएको छ । 

यही मूल्यलाई आधार मानेर अब आज यसको पहिलो कारोबार खुल्नेछ ।

ads-image
ads-image
ads-image
ads-image