टेलिकमको पोस्टपेड अफर: ६३६ रुपैयाँमा अनलिमिटेड कल, हरेक दिन ३ सय एमबी डाटा
- फरक दृष्टि / शुक्रबार, चैत ३, २०७९ १४:३८
- फरक दृष्टि / शुक्रबार, चैत ३, २०७९ १४:३८
नेपाल टेलिकमले आज (शुक्रबार) देखि लागु हुने गरी नयाँ अफर ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ प्याकेज ल्याएको छ ।
यो अफर अन्तर्गत पोस्टपेड ग्राहकले ६३६ रुपैयाँमा एक महिना अथवा ३० दिनसम्मका लागि नेपाल टेलिकमको नेटर्वकमा हरेक दिन अनलिमिटेड कल गर्न पाउने छन् । यस्तै प्रयोगकर्ताले अन्य नेटवर्ककका लागि एक सय मिनेटको कल अवधि पाउने छन् । यस अफरमा अन नेट एक सय पचासवटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यस्तै यस प्याक अन्तर्गत प्रयोगकर्ताले हरेक दिन तीन सय एमबी डाटा समेत प्रयोग गर्न सक्नेछन्, यो डाटा सकिएमा ६४ केवीपीएस गतिको इन्टरनेट चलाउन पाइने नेपाल टेलिकमले जनाएको छ ।