थप समाचार मेनु

पोखराको नयाँ पर्यटकीय गन्तव्य बन्दै पचभैया प्राणी उद्यान केन्द्र

- / शनिबार, फागुन २०, २०७९ ०९:१४

गण्डकी । सात तालको बगैँचा सहर लेखनाथको पचभैयामा निर्मित पचभैया प्राणी उद्यान केन्द्र सर्वसाधारणका लागि खुला भएको छ । बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर प्राणी उद्यान केन्द्र निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय कास्कीले हेर्ने गरी स्थानीयवासी, वन उपभोक्ता समितिका प्रतिनिधि र युनाइटेड क्लबका प्रतिनिधिसहितको सहभागितामा व्यवस्थापन समितिसमेत गठन गर्दै केन्द्र सञ्चालनमा ल्याइएको हो । खुला चिडियाखानाको अवधारणासहित सञ्चालनमा आएको केन्द्र सर्वसाधारणका लागि खुला गरिएको पचभैया प्राणी उद्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीनानाथ ढकालले जानकारी दिए । उनका अनुसार केन्द्रको अवलोकन गर्न विद्यार्थीका लागि रु १५ र अन्य सर्वसाधारणका लागि रु २५ टिकट दस्तुर तोकिएको छ ।

पछिल्लो समयमा विभिन्न विद्यालयबाट विद्यार्थी केन्द्रको अवलोकनका लागि आउने गरेको बताउँदै उहाँले आगामी दिनमा यो पोखराको अर्को नयाँ पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गरे । केन्द्रमा पुग्ने सर्वसाधारणले त्यहाँ चितुवा, निलगाई, रतुवा मृग, चित्तल, चरीबाग, वन बिरालो, स्याल, अजिङ्गर, सेता गिद्ध, लाटोकोसेरो, मयुर, कछुवा आदि गरी विभिन्न २२–२३ प्रजातिका वन्यजन्तु तथा पक्षी अवलोकन गर्न पाउने उनले बताने ।

वन्यजन्तुको अवलोकनसँगै यस क्षेत्रमा रहेका विभिन्न धार्मिक एवं सांस्कृतिकस्थलको संरक्षण र प्रवद्र्धनमा पनि जोड दिइएको ढकालले बताए । “खुला चिडिायाखनासँगै यस क्षेत्रका ऐतिहासिक एवं धार्मिक महत्वका सीता गुफा, बज्रमुष्ठी मन्दिर, नागाबाबाको तपस्थलको पनि संरक्षण र विकास गर्ने हाम्रो लक्ष्य छ”, उनले भने, “यी स्थललाई पनि यहाँको पर्यटनसँग जोड्ने धेरै सम्भावना छन् ।”

सीता गुफा राम्रै पर्यटकीय गन्तव्य बन्न सक्ने भए पनि यसको संरक्षणसँगै प्रचार–प्रसार हुन नसकेको उनको भनाइ छ । धार्मिक महत्वको बज्रमुष्ठी मन्दिरसँगै देवनाथ बाबाले सिद्धिप्राप्त गरेको भुशनपुरको थाप्लोलाई पनि संरक्षण गरी धार्मिक पर्यटनको गन्तव्य बनाउन सकिने सम्भावना रहेको ढकालले बताए । स्थानीयले यसै क्षेत्रमा प्राचीनकालदेखि रहेको प्राकृतिक तोरी पोल्ने कोललाई पनि संरक्षण गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

यस क्षेत्रमा चिडियाखाना स्थापना गर्ने सोच विसं २०६७ देखि सुरु भएको युनाइटेड क्लबका पूर्वअध्यक्ष एवं अभियन्ता हिमालय बख्रेल बताउछन् । क्लबको पहल एवं स्थानीयवासीको सक्रियतामा यसको निर्माणकार्य अघि बढी सञ्चालनको अवस्थासम्म आउनु आफैँमा महत्वपूर्ण रहेको उनले बताए । चिडियाखानाको विसं २०७२ साउन १५ गते तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले शिलान्यास गरेका थिए ।

युनाइटेड क्लबले प्रत्येक वर्ष गर्दै आएको पोखरा महोत्सवको आम्दानीको २० प्रतिशत रकम यही चिडियाखाना निर्माणकै लागि छुट्याइएको उनले जानकारी दिए। केन्द्र परिसर एवं रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा वनस्पति पाइन्छ । रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चरा पाइन्छन् ।

केन्द्रको पूर्वी भाग रुपातालसँग जोडिएको हुँदा यसको निर्माणसँगै रुपातालको पनि संरक्षण हुने स्थानीयको विश्वास छ । पोखराबाट जम्मा २५ किमी टाढा रहेको पचभैयामा निर्मित प्राणी उद्यान केन्द्र पोखरामा पर्यटकको बसाइ लम्ब्याउन पनि उत्तिकै महत्वपूर्ण बन्ने विश्वास लिइएको चापापानी चिसाकुना सामुदायिक वनका उपाध्यक्ष निर्मल अधिकारीले बताए।

पर्यटक लक्षित गरी गण्डकी प्रदेश सरकारको सहयोगमा चापापानीबाट भ्यूटावर र रुपाताल जाने पदमार्ग रु १५–१५ लाखको लागतमा निर्माण गरिएको छ । केन्द्र सञ्चालनका लागि अघिल्लो वर्ष प्रदेश सरकारबाट रु एक करोड ५० लाख छुट्याइएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले जानकारी दिए । उनका अनुसार उक्त रकमबाट पदमार्गसँगै केन्द्र जाने लिङ्करोडका भत्किएका बाटो मर्मत, जनावर राख्ने ‘केज’हरू निर्माण, ‘डाटिङ गन’ खरिद आदि काम गरिएको उहाँले जानकारी दिए । यस वर्ष केन्द्रका लागि रु ४० लाख विनियोजन गरिएको छ । केन्द्रको सञ्चालनका लागि एक जना व्यवस्थापकसहित तीन सहयोगी कर्मचारी राखिएको छ । 

सम्बन्धित समाचार

पर्यटकका रोजाइमा खुमै डाँडा

- / सोमबार, चैत १३, २०७९

कास्की । खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । पर्यटकको सङ्ख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ छ । समुद्री सतहबाट तीन हजार दुई सय ४५ मिटरको उचाइमा रहेको खुमैडाँडाबाट दुई घण्टा हिँडेर कोर्चां पुगिन्छ । कोर्चाङ तीन हजार छ सय ८२ मिटरको उचाइमा छ । 

स्थानीयले ग्रेट माछापुच्छ्रे« ट्रेल नाम दिएको सरीपाखा–खुमैडाँडा&n

कास्की । खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । पर्यटकको सङ्ख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ छ । समुद्री सतहबाट तीन हजार दुई सय ४५ मिटरको उचाइमा रहेको खुमैडाँडाबाट दुई घण्टा हिँडेर कोर्चां पुगिन्छ । कोर्चाङ तीन हजार छ सय ८२ मिटरको उचाइमा छ । 

स्थानीयले ग्रेट माछापुच्छ्रे« ट्रेल नाम दिएको सरीपाखा–खुमैडाँडा–कोर्चां पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ । पोखराको हेम्जादेखि सरिपाखासम्म १३ दशमलव तीन किलोमिटर मोटर यात्रामा पुगिन्छ । यसपछि पाँचदेखि सात घण्टाको हिँडाइपछि खुमै पुग्न सकिने माछापुच्छ्रे गाउँपालिका–१ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिए । 

खुमैभन्दा माथि बासको व्यवस्था नभएकाले पहिलो दिनको रात त्यही कटाएर भोलिपल्ट बिहान दुई घण्टाको हिँडाइपछि कोर्चां डाँडासम्म पुगेर पोखरा फर्कन सकिने उनले बताए । यसैबीच कास्कीको माछापुछ्रे गाउँपालिकाको १६ औँ कार्यपालिका बैठक हालै खुमैडाँडामा सम्पन्न भएको छ ।

पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय डाँडा खुमैमा बैठक राखिएको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए। पछिल्लो समय खुमै जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका कारण त्यस क्षेत्रको पूर्वाधार विकासका निर्माणमा बैठक केन्द्रित भएको उनले बताए ।

“केही महिनायता हाम्रो पालिकामा पर्ने खुमैडाँडामा पर्यटकको आगमन धेरै भएको छ”, उनले भने, “पाहुना त आउनुभएको छ । तर, उहाँहरुका लागि के आवश्यक छ भनेर बुझ्नका लागि अवलोकनसहित पालिकाको बैठक नै यहाँ राखिएको हो ।”

बैठकले सरीपाखा–खुमै–कोर्चांसम्मको रुटलाई पर्यटकीय पदमार्ग घोषणा व्यवस्थापनको काम अघि बढाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए । योसँगै हिमाली क्षेत्रको जलवायु परिवर्तनको असर न्यूनीकरण, सरसफाइ, कार्बन व्यापारको बजेटमा गाउँपालिकाको अधिकारका लागि पहल गर्ने लगायत निर्णय गरिएको उनले बताए ।

“खुमैडाँडामा बसेको कार्यपालिका बैठकले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सरसफाइमा ध्यान दिने अनि कार्बन व्यापारको बजेटमा गाउँपालिकालाई अधिकारी हुनुपर्‍यो भन्ने निर्णय भएको छ”, उनले भने । 

Read More

मकैबारी बन्यो पर्यटकीय गन्तव्य, एक अर्ब लगानीमा रिसोर्ट

- / आइतबार, चैत १२, २०७९

कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्कंन सकेको छैन । नेपाल आउने पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा २०२२ मा करिब ६० प्रतिशत मात्रै रिकभर भएको छ ।
    
विदेशी पर्यटक नआउँदा होटल तथा रिसोर्ट अझै पनि २५ प्रतिशत अकुपेन्सीबाट माथि जान नसकेको होटल सङ्घ नेपाल (हान)को भनाइ छ । हानले कोरोना महामारीअघिको अवस्थामा आइपुग्न अझै एकदेखि दुई वर्

कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्कंन सकेको छैन । नेपाल आउने पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा २०२२ मा करिब ६० प्रतिशत मात्रै रिकभर भएको छ ।
    
विदेशी पर्यटक नआउँदा होटल तथा रिसोर्ट अझै पनि २५ प्रतिशत अकुपेन्सीबाट माथि जान नसकेको होटल सङ्घ नेपाल (हान)को भनाइ छ । हानले कोरोना महामारीअघिको अवस्थामा आइपुग्न अझै एकदेखि दुई वर्ष लाग्ने अनुमान गरेको छ । पर्यटन क्षेत्रको अन्योलपूर्ण अवस्थामा पनि वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको समूहले भने काठमाडौँ उपत्यका नजिकै लतिलपुरको लाकुरी भञ्ज्याङमा ‘द टेरेसेस रिसोर्ट एण्ड स्पा’ रिसोर्ट सञ्चालनमा ल्याएको छ । रिसोर्टमा शेर्पाको एस्ट्रेक समूह र अर्जुन शर्माको अग्नी समूहको रू एक अर्ब लगानी भएको छ । 
    
तत्कालीन समयमा मकैबारी खरिद गर्दा यहाँ कसैले पनि यति राम्रो रिसोर्ट बन्छ भन्ने नसोचेको उनले सुनाए । “नगरकोट र धुलिखेल छाडेर यहाँको उराठलाग्दो डाँडा खरिद गर्ने भन्दै त्यो समयमा धेरैले खिसिट्यूरी पनि गरे”, उनले विगत सम्झँदै भने, “करिब चार दशकपछि भने त्यो सपनाले मूर्तरुप पाएको छ ।” रिसोर्ट सञ्चालन आएसँगै पर्यटकीय गन्तव्य बढ्ने अपेक्षा उनको छ ।
    
रिसोर्ट गुणस्तरीय पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको शेर्पाको भनाइ छ । “हाम्रो लक्ष्य गुणस्तरीय पर्यटक ल्याउनु हो”, उनले भने, “सहर नजिकै शान्त वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्नु उद्देश्य हो ।”
    
अहिले पर्यटकको सङ्ख्या बढाउनेभन्दा पनि गुणस्तरीय पर्यटक आवश्यक भएको भन्दै उनले सोहीअनुसार सेवा र सुविधामा ध्यान दिइएको उनको भनाइ छ । ललितपुरको ग्वार्कोबाट करिब १८ किलोमिटरको दुरीमा रहेको रिसोर्टबाट विभिन्न हिमशृङ्खला हेर्न सकिन्छ । जहाँ बस्नका लागि १० वटा भिल्ला छन् । करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टले अतिथिलाई अग्र्यानिक खाना खुवाउने उद्देश्यले आफैले तरकारी र केही फलफूल खेती पनि गरेको छ । 
    
रिसोर्टमा दुई वटा स्वीट रुम छन् भने १६ वटा डिलक्स र २८ वटा स्यान्डर्ड गरी कूल ४६ रुम छन् । जसमा स्वीटरुमको प्रतिदिन रु ५९ हजार, डिलक्सको प्रतिदिन रु ३० हजार र स्टयान्डर्ड रुमको प्रतिदिनज रु २५ हजार पर्छ । 
    
अतिथिलाई प्रकृतिको अवलोकनका साथै मनोरम दृश्यावलोकन गराउने उद्देश्यले रिसोर्टलाई फरक ढङ्गले निर्माण गरिएको रिसोर्टका प्रबन्ध निर्देशक तेञ्जिङ शेर्पाले बताए ।  “हाम्रो मुख्य उद्देश्य पाहुनालाई कोठामा सीमित नराखी प्रकृतिको अवलोकन गराउनु पनि हो”, उनले भने । होटल सङ्घ नेपालसँग रिसोर्टलाई लक्जरी स्तरको मान्यता दिलाउन आफूहरु प्रयास गरिरहेको उनको भनाइ छ । रिसोर्टमा लुक्ला जान चाहने पर्यटकलाई लक्षित गरेर हेलिप्याड निर्माण गरिएको छ । 

Read More
ads-image
ads-image
ads-image
ads-image