थप समाचार मेनु

एनसीसीसँग मर्जरमा गएको कुमारी बैंकको नाफा घट्यो

- / सोमबार, माघ ९, २०७९ १३:१०

काठमाडौँ । कुमारी बैंकको नाफा घटेको छ । हालैमात्र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जरमा गएको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफाको अधिक प्रतिशत नोक्सान व्यवस्था (प्रोभिजन) गर्नुपर्दा नाफा घट्न पुगेको हो ।

बैंकले चालुआर्थिक वर्षको पुसमसान्तसम्म १ अर्ब ५० करोड ५३ लाख २४ हजार रुपैयाँ प्रोभिजन गरेको छ । अघिल्लो त्रैमासमा बैंकले १ अर्ब १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता मर्जरपछि कुमारीमा मिसिएको एनसीसी बैंकले पहिलो त्रैमासमा ५१ अर्ब ६८ करोड खुद नाफा कमाएकोमा दोस्रो त्रैमासमा खराब कर्जाको दर बढ्दा घाटामा रहेको देखाएको छ । जसले गर्दा कुमारीको नाफा प्रोभिजनमा जाँदा नाफामा संकुचन आएको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म कुमारी बैंकको खुद नाफा १ करोड ६ लाख रुपैयाँ बचेको छ ।

कुमारी बैंक र एनसीसी मर्जरपछि गत पुस १७ गतेदेखि एकीकृत कारोबारमा गएका थिए । मर्जरपछि कुमारी बैंकको कर्जा प्रवाह कुल २ खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ भने निक्षेप परिचाललन २ अर्ब ९९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्तापूँजी २६ अर्ब २२ करोड रहेको छ ।

सम्बन्धित समाचार

एनएमबि बैंकको नयाँ एटिएम ठमेलको गार्डेन अफ ड्रीम्समा

- फरक दृष्टि / मंगलबार, माघ १७, २०७९

एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रीम्सको छेउमा आफ्नो नयाँ एटिएम खोलेको घोषणा गरेको छ । सो एटिएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टेवा पुर्याउनेछ ।

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ । 
 
Read More

माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा विशेष छुट

- फरक दृष्टि / मंगलबार, माघ १७, २०७९

माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना संचालनमा ल्याएको छ ।

जस अन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् । यो सुविधा बैंकका ग्राहकलाई २०७९ फागुन १५ गते सम्म मात्र कायम रहनेछ। बैंकले आफ्ना डेबिटरक्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई मध्

माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना संचालनमा ल्याएको छ ।

जस अन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् । यो सुविधा बैंकका ग्राहकलाई २०७९ फागुन १५ गते सम्म मात्र कायम रहनेछ। बैंकले आफ्ना डेबिटरक्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै उक्त सुविधा संचालनमा ल्याएको हो ।

डिजिटल कारोबारलाई बढावा दिन बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक सुविधा प्रदान गर्दै आएको छ । साथै माछापुच्छ्रे बैंकलि.काक्रेडिट कार्ड प्रयोगकर्ताले ०%EMI भुक्तानीबाट पनि सीजी डिजिटलका इलेक्ट्रोनिक सामाग्री खरिद गर्न सक्नेछन् । 

Read More