थप समाचार मेनु

नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार प्रदान

- / आइतबार, माघ ८, २०७९ १२:४०

काठमाडौं । नेपाली मौलिक गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टालाई नातिकाजी स्मृति समाजले नातिकाजी श्रेष्ठको ९८औँ जन्मजयन्तीका अवसरमा शुक्रबार शीतल निवासमा एक समारोहको आयोजना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान तथा पुरस्कार’ प्रदान गरेकी छन् । 

    कार्यक्रममा राष्ट्रपति भण्डारीले विभिन्न जातीय समुदायका मौलिक संस्कृतिसँगै गीतसङ्गीतले नेपालको भौगोलिक विविधताको समेत प्रतिनिधित्व गर्ने र विश्वभर रहेका नेपालीबीच आत्मीय सम्बन्ध स्थापित गर्ने क्षमता राख्ने बताइन् । कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान २०७८’ बाट मनबहादुर मुखिया, दीपानारायण झा, प्रदीपराज पाण्डे, फणीन्द्र राई, दीप तुलाधर, बिके राना, कन्हैयासिंह परियार, शुभ मुकारुङ र अमर बान्तु सम्मानित भएका थिए । 

    यस्तै ‘नातिकाजी राष्ट्रिय पुरस्कार’ बाट  एकनारायण भण्डारी, कालीप्रसाद बाँस्कोटा, राज सिग्देल र माण्डवी त्रिपाठी, ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट देबेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारी, ‘राष्ट्रिय लोक सङ्गीत पुरस्कार’ बाट लोक गायिका देवी घर्ती, ‘राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार’ बाट चन्दनकुमार श्रेष्ठ, ‘नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार’ बाट रबिन कार्की ढली तथा ‘नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार’ बाट आशिष सचिन गौतम पुरस्कृत भएका थिए । 

    सोही कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७८’ बाट रङ्गपत्रकार डब्बु क्षेत्री र कुवेरराज गिरी पुरस्कृत भएका थिए । कार्यक्रममा समाजका अध्यक्ष शम्भूजित बाँसकोटाले नेपाली सङ्गीतको मौलिक सिर्जनाका क्षेत्रमा नातिकाजीको अतुलनीय योगदानको चर्चा गरेका थिए । 

सम्बन्धित समाचार

‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक

- / मंगलबार, माघ १७, २०७९

काठमाडौँ । फागुन १९ लाई प्रदर्शन मिति तय गरेको ‘छक्कापञ्जा ४’ ले पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक गरेको छ । गीतसँगै फिल्मले कथावस्तुको पनि छनक दिएको छ । सार्वजनिक दृश्यांशअनुसार फिल्मले फेरि एकपटक राजनीतिलाई विषय बनाएको छ । 

चुनावको माहोलमा खिचिएको ‘दर्शन सलाम’मा दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद

काठमाडौँ । फागुन १९ लाई प्रदर्शन मिति तय गरेको ‘छक्कापञ्जा ४’ ले पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक गरेको छ । गीतसँगै फिल्मले कथावस्तुको पनि छनक दिएको छ । सार्वजनिक दृश्यांशअनुसार फिल्मले फेरि एकपटक राजनीतिलाई विषय बनाएको छ । 

चुनावको माहोलमा खिचिएको ‘दर्शन सलाम’मा दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकार नाचेका छन् ।  फिल्म स्वस्तिमाले यही गीतमा मात्र नृत्य गरेकी हुन् । गीतको सरप्राइजको रुपमा भने  राज आचार्यलाई देख्न सकिन्छ । दीपक दीपाको टेलिसिरियल तीतो सत्यमा बालकलाकार रुपमा अभिनय गरेका राजले यो फिल्मबाट मुख्य कलाकारको रुपमा डेब्यू गर्न लागेका हुन् । 

गीतमा राजेन्द्र थापाको शब्द, डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर र दीपक शर्माको संगीत छ । गीतमा नरेन्द्र मैनालीके छायांकन र कविराज गहतराजको कोरियोग्राफी छ ।  दीपकराज गिरीकै कथा तथा पटकथा रहेको फिल्मलाई हेमराज बीसीले निर्देशन गरेका हुन् ।

 

Read More

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’

- / आइतबार, माघ १५, २०७९


काठमाडाैं । एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो ।

एक लाख १५ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन् । गत पुस २८ मा गायक पेलाको आफ्नै युट्युब च्यानलबाट गज


काठमाडाैं । एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो ।

एक लाख १५ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन् । गत पुस २८ मा गायक पेलाको आफ्नै युट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो । राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले छोटै अवधिमा स्रोता÷दर्शकको मन जित्न सफल भएका छन् ।

गायक पेलाकै सङ्गीत रहेको गजललाई डा प्रदीकुमार मैनालीले लेखेका हुन् । गजलमा सङ्गीत संयोजन रिदम कँडेलले गरेका छन् । शास्त्रीय सङ्गीतका साधक पेलालाई लोकप्रियता दिलाएको उक्त गजलले युट्युबमा भ्यूजसँगै प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ । 

सङ्गीतकर्मी, राजनीतिज्ञ, खेलाडीदेखि सार्वजनिक जीवनको उच्च ओहोदामा रहेका व्यक्तिले पनि सो गजललाई मन पराएर फेसबुक, टिकटिकजस्ता माध्यमबाट साझा गरिरहेका छन् । खँदिला शब्द, रागमा आधारित सङ्गीत र पाको गायकीले गजलमा प्राण भरेको छ । 

पेलाको गजलले गम्भीर भाव र शैलीका सङ्गीत सिर्जनालाई रुचाउने स्रोता÷दर्शक पनि उत्तिकै छन् भन्ने प्रमाणित गरिदिएको छ । डिजिटल प्रविधिले गीत÷गजल सुन्नेभन्दा हेर्नतिर दर्शकलाई डो¥याइरहेका बेला यो गजलले भने मुग्ध भएर सुन्न धेरेलाई बाध्य पारिरहेको छ । न कुनै कथानक, न कोही पात्र । गीतको म्युजिक भिडियो पनि सामान्य छ । 

गायक पेलाले स्टुडियोमा गाइरहेको, डा मैनालीले गजल लेखिरहेको र वाद्यवादकले वाद्ययन्त्र बजाइरहेको दृश्य मात्र त्यसमा समेटिएको छ । लालित्यपूर्ण स्वर, लयमा माधुर्यता र मर्मस्पर्शी शब्दले गजललाई जीवन्त बनाएको छ । मौलिक र सिर्जनात्मक प्रस्तुति गजलको अर्को विशेषता हो ।

गायक पेलाको मात्र नभएर गजलकार डा मैनाली र सङ्गीत संयोजक कँडेलको अब्बल प्रतिभा यो गजलबाट मुखरित भएको छ । बैतडीमा जन्मिएका पेला आफैँमा सङ्गीतका गुरुसमेत हुन् ।

उनले काठमाडौँमा श्रीकृष्ण गुरुकुल सङ्गीत पाठशाला सञ्चालन गर्दै आएका छन् । गायक पेलाले विसं २०५३ मा ‘आँशु’, २०५४ मा ‘आँशु–२’, र सोही एल्बमको तस्रो भागका रूपमा केही वर्षअघि ‘निर्जन किनार’ सार्वजनिक गरेका थिए। 

Read More