थप समाचार मेनु

स्वदेशमै बस्न प्रेरित गर्ने ‘चाहिँदैन भो पैसाको थुप्रो नी’

- / बिहीबार, माघ ५, २०७९ ०९:१6

काठमाडाैं । अमेरिकामा बसेर लामो समयदेखि गीत सङ्गीतमा सक्रिय गायक सुदन गैरेले नयाँ कोसेली ‘चाहिँदैन भो पैसाको थुप्रो नी’ म्युजिक भिडियो सार्वजनिक गरेका छन्।  

     पैसा कमाउनकै लागि विदेशिनु पर्दैन बरु विदेश जाने खर्चले नेपालमै केही गर्न सकिन्छ भन्ने भाव गीतले व्यक्त गरेको छ । यस गीतमा शब्द गणेश शाहीको रहेको छ भने सङ्गीत गायक गैरेकै छ । गीतलाई पुष्कर सुनुवारले सङ्गीत संयोजन गरेका हुन् ।  

     ‘चाहिँदैन भो पैसा थुप्रो नी, दरबारै लाग्छ यो सानो झुप्रो नी’, ‘बोकौँला भारी ढाडैमा, तिमी चाहिँ हुनु आडैमा, मेटौँला बरु भोकपनि एक छाक माडैमा’, ‘निदाउँला तिम्रो काखैमा, नराख पाखैमा, कटाउँला बरु रात हेरेर आँखैमा’, ‘नजाऊ छोड परदेश, जो छ खाउँला स्वदेशमा’ लगायत गीत म्युजिक भिडियोमा समावेश गरिएका छन् ।

म्युजिक भिडियोमा दुई युवा दम्पतीको जीवन सङ्घर्षलाई प्रस्तुत गरिएको छ । श्रीमान्लाई स्वदेशमै छोडेर श्रीमती वैदेशिक रोजगारका लागि जान तयार  भएपछिको अवस्थालाई गीतमा प्रस्तुत गरिएको छ । भिडियोमा बिना राउत र सरोज प्रजाको बेजोडको अभिनय हेर्न सकिन्छ । फराज अर्पणले छायाङ्कन र सम्पादन गरेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो । 

सम्बन्धित समाचार

‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक

- / मंगलबार, माघ १७, २०७९

काठमाडौँ । फागुन १९ लाई प्रदर्शन मिति तय गरेको ‘छक्कापञ्जा ४’ ले पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक गरेको छ । गीतसँगै फिल्मले कथावस्तुको पनि छनक दिएको छ । सार्वजनिक दृश्यांशअनुसार फिल्मले फेरि एकपटक राजनीतिलाई विषय बनाएको छ । 

चुनावको माहोलमा खिचिएको ‘दर्शन सलाम’मा दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद

काठमाडौँ । फागुन १९ लाई प्रदर्शन मिति तय गरेको ‘छक्कापञ्जा ४’ ले पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक गरेको छ । गीतसँगै फिल्मले कथावस्तुको पनि छनक दिएको छ । सार्वजनिक दृश्यांशअनुसार फिल्मले फेरि एकपटक राजनीतिलाई विषय बनाएको छ । 

चुनावको माहोलमा खिचिएको ‘दर्शन सलाम’मा दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकार नाचेका छन् ।  फिल्म स्वस्तिमाले यही गीतमा मात्र नृत्य गरेकी हुन् । गीतको सरप्राइजको रुपमा भने  राज आचार्यलाई देख्न सकिन्छ । दीपक दीपाको टेलिसिरियल तीतो सत्यमा बालकलाकार रुपमा अभिनय गरेका राजले यो फिल्मबाट मुख्य कलाकारको रुपमा डेब्यू गर्न लागेका हुन् । 

गीतमा राजेन्द्र थापाको शब्द, डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर र दीपक शर्माको संगीत छ । गीतमा नरेन्द्र मैनालीके छायांकन र कविराज गहतराजको कोरियोग्राफी छ ।  दीपकराज गिरीकै कथा तथा पटकथा रहेको फिल्मलाई हेमराज बीसीले निर्देशन गरेका हुन् ।

 

Read More

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’

- / आइतबार, माघ १५, २०७९


काठमाडाैं । एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो ।

एक लाख १५ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन् । गत पुस २८ मा गायक पेलाको आफ्नै युट्युब च्यानलबाट गज


काठमाडाैं । एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो ।

एक लाख १५ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन् । गत पुस २८ मा गायक पेलाको आफ्नै युट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो । राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले छोटै अवधिमा स्रोता÷दर्शकको मन जित्न सफल भएका छन् ।

गायक पेलाकै सङ्गीत रहेको गजललाई डा प्रदीकुमार मैनालीले लेखेका हुन् । गजलमा सङ्गीत संयोजन रिदम कँडेलले गरेका छन् । शास्त्रीय सङ्गीतका साधक पेलालाई लोकप्रियता दिलाएको उक्त गजलले युट्युबमा भ्यूजसँगै प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ । 

सङ्गीतकर्मी, राजनीतिज्ञ, खेलाडीदेखि सार्वजनिक जीवनको उच्च ओहोदामा रहेका व्यक्तिले पनि सो गजललाई मन पराएर फेसबुक, टिकटिकजस्ता माध्यमबाट साझा गरिरहेका छन् । खँदिला शब्द, रागमा आधारित सङ्गीत र पाको गायकीले गजलमा प्राण भरेको छ । 

पेलाको गजलले गम्भीर भाव र शैलीका सङ्गीत सिर्जनालाई रुचाउने स्रोता÷दर्शक पनि उत्तिकै छन् भन्ने प्रमाणित गरिदिएको छ । डिजिटल प्रविधिले गीत÷गजल सुन्नेभन्दा हेर्नतिर दर्शकलाई डो¥याइरहेका बेला यो गजलले भने मुग्ध भएर सुन्न धेरेलाई बाध्य पारिरहेको छ । न कुनै कथानक, न कोही पात्र । गीतको म्युजिक भिडियो पनि सामान्य छ । 

गायक पेलाले स्टुडियोमा गाइरहेको, डा मैनालीले गजल लेखिरहेको र वाद्यवादकले वाद्ययन्त्र बजाइरहेको दृश्य मात्र त्यसमा समेटिएको छ । लालित्यपूर्ण स्वर, लयमा माधुर्यता र मर्मस्पर्शी शब्दले गजललाई जीवन्त बनाएको छ । मौलिक र सिर्जनात्मक प्रस्तुति गजलको अर्को विशेषता हो ।

गायक पेलाको मात्र नभएर गजलकार डा मैनाली र सङ्गीत संयोजक कँडेलको अब्बल प्रतिभा यो गजलबाट मुखरित भएको छ । बैतडीमा जन्मिएका पेला आफैँमा सङ्गीतका गुरुसमेत हुन् ।

उनले काठमाडौँमा श्रीकृष्ण गुरुकुल सङ्गीत पाठशाला सञ्चालन गर्दै आएका छन् । गायक पेलाले विसं २०५३ मा ‘आँशु’, २०५४ मा ‘आँशु–२’, र सोही एल्बमको तस्रो भागका रूपमा केही वर्षअघि ‘निर्जन किनार’ सार्वजनिक गरेका थिए। 

Read More