जनअपेक्षा पूरा गर्न प्रणाली सुधार आवश्यक : रवि लामिछाने
- / मंगलबार, माघ १०, २०७९ १6:३५
- / मंगलबार, माघ १०, २०७९ १6:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राज्यका संयन्त्रलाई थिलोथिलो पारिएर छाडिएका कारण अपेक्षित रुपमा काम गर्न नसकिएको बताए ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने, “कानून पालना गराउनेलाई आदेश पालना गराउने बनाइएको रहेछ, राज्य संयन्त्रलाई थिलोथिलो बनाउने पक्षबाट नै धेरै प्रश्न आउन गरेका छन् ।”
नेपाली जनताले ठूलो आशा, भरोसा र अपेक्षा गरेर आफूहरुलाई निर्वाचित गरेर पठाएको स्मरण गर्दै उनले जनअपेक्षा पूरा गर्न प्रणाली सुधार आवश्यक रहेको बताए ।
“राज्यका संयन्त्र गिँजोलिएका छन् तीनलाई ट्र्याक बाहिर लगिएको छ”, उपप्रधानमन्त्री लामिछानेले भने, “छिट्टै परिणाम देखिनेछ ।” नेपाली जनताको हितको बहसमा केन्द्रित होस् भन्ने आफूले चाहेको उनको भनाइ छ । “संसद्को गरिमा कायम रहने गरी सबैले भूमिका खेल्नुपर्छ”, उनले भने ।