थप समाचार मेनु

सुपर मादी हाइड्रोपावरको आईपीओ खुल्ला, २१ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन

- फरक दृष्टि / सोमबार, माघ ९, २०७९ ११:१८

सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।

आईपीओमा लगानीकर्ताले आउँदो माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले जारी पुँजी दुई अर्ब १० करोडको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णय गरेको थियो। त्यसमध्ये दुई लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीलाई बाँडफाँट गरिसकेको छ।

यस्तै, सामूहिक लगानी कोषलाई एक लाख पाँच हजार कित्ता सेयर बाँडफाँट गरिसकेको छ। आयोजना प्रभावित स्थानीयलाई पनि १० लाख ५० हजार कित्ता सेयर बाँडफाँट गरिएको छ। ४२ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्ट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी १७ लाख ३३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

सम्बन्धित समाचार

नेप्सेमा आज पनि १५ अंकको गिरावट, कारोबार २ अर्बमा झर्‍यो

- / मंगलबार, माघ १७, २०७९

 

काठमाडौं । अघिल्लो दिन ४१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेको सेयर बजार परिसूचक नेप्से आज पनि १५ अंकमाथिले घट्न पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्ज अनुसार आज नेप्से सूचक १५.७४ अंकले घट्दै २१११.६३ विन्दुमा झरेको हो । 

दोहोरो अंकले नेप्से घटेको यसदिन कारोबार रकम समेत २ अर्बमा झरेको छ । आज कूल २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको ७५ लाख ५

 

काठमाडौं । अघिल्लो दिन ४१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेको सेयर बजार परिसूचक नेप्से आज पनि १५ अंकमाथिले घट्न पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्ज अनुसार आज नेप्से सूचक १५.७४ अंकले घट्दै २१११.६३ विन्दुमा झरेको हो । 

दोहोरो अंकले नेप्से घटेको यसदिन कारोबार रकम समेत २ अर्बमा झरेको छ । आज कूल २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको ७५ लाख ५३ हजार २३५ कित्ता सेयर किनबेच भएको छ । 

सबैभन्दा बढी रिडी पावर कम्पनीको १९ करोड २० लाख ५४ हजार ५८७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको आज १४ करोड ३७ लाख ३ हजार ४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज हाइड्रोपावर कम्पनी समूहको उपसूचक झिनो अंकले बढेको छ भने बाँकी १२ वटा उपसूचक ऋणात्मक भएका छन् । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ भने प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य ५.२१ प्रतिशतले घट्न पुगेको छ ।

Read More

नेपाल इन्भेष्मेन्ट बैंकको ७३ लाख कित्ता बोनस शेयर सूचीकृत

- / मंगलबार, माघ १७, २०७९

 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ७३ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

मंगलबार नेप्सेले नेपाल इन्भेष्मेन्ट बैंकको ४ प्रतिशत बोनस पछिको शेयर सूचीकृत गरेको हो ।

 नेप्सेका अनुसार बैंकको ७३ लाख २३ हजार ०१६ दशमलव ५३ कित्ता शेयर सूचीकृत गरेको हो । 

 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ७३ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

मंगलबार नेप्सेले नेपाल इन्भेष्मेन्ट बैंकको ४ प्रतिशत बोनस पछिको शेयर सूचीकृत गरेको हो ।

 नेप्सेका अनुसार बैंकको ७३ लाख २३ हजार ०१६ दशमलव ५३ कित्ता शेयर सूचीकृत गरेको हो । 

Read More