थप समाचार मेनु

पाटा नेपालद्वारा प्रदेश १ मा ‘डेस्टिनेसन मार्केटिङ कन्क्लेभ २०२३’ भव्य रुपमा सम्पन्न, २०० भन्दा बढिको सहभागीता

- फरक दृष्टि / ०९:२२

प्रदेश १ लाई भविष्यको एक आकर्षक गन्तव्य बनाउने उदेश्यसहित प्रदेश १ मा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपालद्धारा आयोजित 'डेस्टिनेसन मार्केटिङ कन्क्लेभ २०२३' भव्य रुपमा सम्पन्न भएको छ । जनवरी २७ देखी ३० सम्म भएको कार्यक्रम प्रदेश एकमा भएको यस खालको प्रथम कार्यक्रम हो । 

आन्तरिक र सिमापार पर्यटन सबलिकरणको नाराका साथ भएको कन्क्लेभमा नेपाल, भारत, बंगलादेश देखी अमेरिकासम्मका पर्यटन गन्तव्यका नेतृत्वदायी विज्ञहरु, पर्यटन उद्योगका विज्ञहरु, ट’र अपरेटरहरु समेत गरेर २०० भन्दा बढिको सहभागीता रहेको थियो । 

चार दिने कार्यक्रममा भेडेटार, धनकुटा, धरान, बराहक्षेत्रको स्थलगत गन्तव्य अवलोकन भ्रमण तथा पर्यटकिय गतिविधिहरुका विभिन्न कार्यक्रम भएको थियो । त्यस्तै, जनवरी ३० मा मोरङस्थित नेपालीरिका होटलमा एक दिने कन्क्लेभ भएको थियो ।

चार दिनको दौरानमा सहभागीहरुले सामुदायिक पर्यटन अनुभवहरु, अन्तरक्रियात्मक भेटवार्ताहरुका साथै पर्यटन क्षेत्रका सरोकारवाला, उद्यमी देखी नेतृत्वहरुको प्रदेश १ को पर्यटन विकासका विभिन्न आयामहरुका बारेमा विचार विमर्श तथा छलफलहरु भएको थियो । कार्यक्रमले सहभागीहरुलाई व्यवशायिक संजाल विस्तारको महत्वपूर्ण अवसर समेत प्रदान गरेको थियो । 

कन्क्लेभको औपचाारिक उद्द्धघाटन प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले गरेका थिए । कार्यक्रममा कार्कीले पाटा नेपाललाई धन्यवाद दिँदै यस खालको कार्यक्रम प्रदेश १ लाई गन्तव्यको रुपमा विकास गर्न कोषेढुंगा साबित हुने बताए । कार्यक्रममा आएका विषयहरुलाई प्रदेश सरकारले स्विामित्व लिने र आगामी बजेटमा विज्ञहरुका सल्लाहरुलाई समेटेर जाने उनको भनाइ थियो ।

सुन्दरहरैचा नगरपालिकाका मेयर केदार प्रसाद गुरगाइले कार्यक्रममा स्वागत मन्तव्य राख्दै आफ्नो पालिकामा अन्तरास्ट्रिय स्तरको कार्यक्रम गरेकोमा धन्यवाद दिए । साथै, उनले यस्ता कार्यक्रमहरुबाट प्रदेश १ को आन्तरिक र सिमापार पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए।

यसैगरी, पाटा अध्यक्ष विभुती चन्द ठकुरीले सबै अतिथि तथा सहभागीहरुलाई स्वागत गर्दै सहयोगी सबै संस्था र स्थानिय सरकारहरुलाई आतित्यता देखी सहकार्यको लागी धन्यवाद दिए । उनले भने,‘हामी प्रदेश १ का म’ख्यमन्त्री र प्रदेश सरकारसँग आभारी छौँ । पाटा नेपाल च्याप्टर पर्यटन क्षेत्रको विकास र प्रबद्र्धनको लागी प्रतिबद्ध छ र हामी आफ्ना सदस्यहरु तथा विभिन्न गन्तव्यहरुको दीगो पर्यटन विकास र प्रबद्र्धनका लागी  आवस्यक स्रोतसाधनहरु दिन कटिबद्ध छौँ ।’

पाटाका सिइओ सुरेश बडालले पर्यटन क्षेत्रको विकास, विस्तार र प्रबद्र्धन गर्ने भावना अनुरुप कार्यक्रमको आयोजना गरिएको बताए । उनले भने,‘‘पाटा अन्तरास्ट्रियको सार्वजनिक निजी साझेदारीमा पर्यटन क्षेत्रको विकास विस्तार र प्रबद्र्धन गर्ने भावना अनुरुप आयोजना गरिएको डेस्टिनेसन मार्केकिङ कन्क्लेभ एक स’न्दर साझा पयत्न हो जसको कारण पर्यटन क्षेत्रका विज्ञ देखी उद्यमि, सरकार र नीजि क्षेत्रका सरोकारवाला सबैलाई एकै ठाँउमा भेला गर्ने अद्धितिय मन्च प्रदान गरेको छ ।’

सीइओ बडालले सार्वजनिक तथा निजीक्षेत्रका सरोकारवालाहरुलाई उदीयमान गन्तव्यका पर्यटन उपज तथा सम्भावनाहरुको प्रवद्र्धनका लागि पनि कार्यक्रमले थप सहज तुल्याउने बताउँदै उनले थपे,‘‘प्रदेश १ मा पहिलो पटक आयोजना भएको यस डि.एम.सी.ले पर्यटनक्षेत्र संग सम्बन्धित सार्वजनिक तथा निजीक्षेत्रका सरोकारवालाहरुलाई उदीयमान गन्तव्यका पर्यटन उपज तथा सम्भावनाहरुको प्रवद्र्धनका साथै  गन्तव्यको दिगो एवम् जिम्मेवारपूर्ण विकासका लागि आवश्यक मार्केटिङ, प्रवद्र्धन र व्यवस्थापन पक्षहरु सम्बन्धी ज्ञान तथा अन्तरदृष्टिहरु आदान–प्रदान गर्ने र सहभागीहरुबीच ब्यापार आदान–प्रदान तथा सम्बन्ध संञ्जाल विस्तार गर्ने एक नवीन मञ्च तथा कार्यक्रमको रुपमा अघि सारेका हौँ ।’

सम्बन्धित तस्बिरहरू

सम्बन्धित समाचार

नम्बर २१ दक्षिणकाली गणको १९औँ वार्षिकोत्सव सम्पन्न

- / सोमबार, चैत १३, २०७९

सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण दक्षिणकाली ललितपुरको १९ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक थापाले पुरस्कार त

सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण दक्षिणकाली ललितपुरको १९ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक थापाले पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरे । उनले राज्यद्वारा प्रदत्त विभिन्न कार्यादेशहरु अक्षरस पालना गर्दै समन्वयकारी भूमिका निर्वाह गर्नुका साथै महत्वपूर्ण प्रतिष्ठान तथा व्यक्तिको सुरक्षा, विपद् उद्धार लगायतका अति महत्वपूर्ण तथा संवेदनशील जिम्मेवारी वहन गर्ने कार्यमा गणको अर्थपूर्ण उपस्थितिले संगठनको औचित्य र महत्वलाई स्थापित गर्न टेवा पुगेको बताए ।

सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापा क्षेत्रीले धन्यवाद ज्ञापन गर्दै गणले प्राप्त जिम्मेवारीलाई उपलब्ध सिमित श्रोत साधनको अधिकतम उपयोग गरी सरोकारवाला अन्य निकायहरुसँग आवश्यक समन्वय र सहकार्य गर्दै शान्ति सुरक्षा र अमन चयन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, सिनियर अधिकृतहरु, स्थानीय भद्रभलादमी, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

Read More

नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ : सभामुख घिमिरे

- / सोमबार, चैत १३, २०७९

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सुझाव दिए । 

    सङ्घले नेपालको दृष्टिविहीनता न्यूनीकरणमा क्रियाशील भूमिका खेलेको तर यसको प्रचारप्रसारसँगै विकासमा थप ध्यान

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सुझाव दिए । 

    सङ्घले नेपालको दृष्टिविहीनता न्यूनीकरणमा क्रियाशील भूमिका खेलेको तर यसको प्रचारप्रसारसँगै विकासमा थप ध्यान दिन नसकिएको उनको भनाइ छ । “नेपालमा हुने आँखाको उपचारको ९० प्रतिशत उपचार नेत्रज्योति सङ्घका विभिन्न संस्थामार्फत हुनेगर्छ”, उनले भने, “तर यो विषयको प्रचारप्रसार र विकास जसरी हुनुपर्ने थियो सो अनुसार हुन सकेको छैन ।”

    उनले सहरीकरण र प्रकृतिमा आइरहेका प्रतिकूल परिवर्तनले आखाँका समस्या बढेको र दृष्टिविहीनता घटाउन सङ्घको भूमिका प्रभावकारी रहेको बताए । 

    कार्यक्रममा नेत्रज्याति सङ्घका महासचिव भरतबहादुर चन्दले आर्थिक अभाव र पहुँचबाट टाढा रहेका नागरिकलाई विभिन्न कार्यक्रममार्फत आँखासम्बन्धी उपचार निःशुल्क उपलब्ध गराउँदै आएको बताए । 
        
    उनले भने, “सङ्घले दृष्टिविहीनताकोे अधिक प्रभावित क्षेत्र तथा वर्ग समुदायको पहिचान गर्दै उक्त क्षेत्रमा सेवा प्रवाह गर्दै आएको छ । सन् २०२२ सम्म ३० लाख सात हजार दुई सय ९१ को आँखा परीक्षण र दुई लाख ७२ हजार नौ सय ५० जनाको निःशुल्क आँखाका शल्यक्रिया गरिएको छ ।”
     
    उनले सङ्घले सन् २०२३ देखि २०३० सम्मका लागि रणनीतिक योजना बनाइरहेको जानकारी दिए । विसं २०३५ मा प्रा डा रामप्रसाद पोखरेल ‘आँखा बा’ र अन्य सामाजिक अभियन्ताको सामूहिक प्रयासबाट सङ्घको स्थापना भएको थियो । 
        
    नेत्रज्योति सङ्घले २७ आँखा अस्पताल, एक सय ५० भन्दाबढी आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखामार्फत सेवा उपलब्ध गराउँदै आएको छ । नेत्रज्योति सङ्घले विद्यालय आँखा जाँच कार्यक्रममार्फत सन् २०१८ देखि २०२२ सम्म १० लाखभन्दा बढी विद्यार्थीको आँखा परीक्षण र पाँच सय ५० विद्यार्थिको निःशुल्क शल्यक्रिया गरेको जानकारी दिएको छ ।     
            
    नेत्रज्योति सङ्घको सर्वेक्षणअनुसार नेपालमा अन्धोपनको स्थिति सन् १९८१ मा शून्य दशमलव ८४ प्रतिशत रहेकोमा सन् २०२० मा शून्य दशमलव शून्य २८ प्रतिशतमा झरेको छ । सर्वेक्षणअनुसार ४० वर्षअघि एक सय जनामध्ये औसत एक जनामा हुने दृष्टिविहीनता अहिले घटेर तीन सय ५८ बराबर एक जनामा हुने गरेको छ । 

    महासचिव चन्दका अनुसार कर्णाली प्रदेशमा एकीकृत आँखा तथा कान परियोजनामार्फत तीन हजार जनाको निःशुल्क शल्यक्रिया गरेको छ । 

Read More
ads-image
ads-image
ads-image
ads-image