थप समाचार मेनु

विसं २०८० : सार्वजनिक सेवा प्रवाह, पर्व र बिदा  

- / शुक्रबार, चैत ३, २०७९ १३:०९

काठमाडौँ । नेपाल सरकारले विसं २०८० को वैशाख १ देखि चैत मसान्तसम्म (एक वर्षभरिमा) सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ ।

    मन्त्रिपरिषद्को निर्णयानुसार गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरी बिदा तथा कार्यालय समय निर्धारण गरेको हो । मन्त्रालयले नववर्ष, उभौली, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, दशैंँ (कात्तिक ४ देखि ९ सम्म), तिहार (कात्तिक २६ देखि ३० सम्म), छठ, क्रिसमस, उधौली, तमु ल्होसार, माघी, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, दुवै इद (इद उल फित्र र इद उल अजहा), महाशिवरात्रि र फागुपर्वमा मुलुकभरि सार्वजनिक बिदा हुने उल्लेख गरेको छ ।

    यस्तै सम्बन्धित धर्म, संस्कृति भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र हुने गरी भदौ ७ गते गौरा पर्व, भदौ १४ गते गाईजात्रा र सिरुवा पावनी पर्वका लागि बिदा निर्धारण गरिएको छ । असोज १ गते तीज (सबै महिला) र असोज २० गते (जितिया पर्व मनाउने महिला) कर्मचारीका लागि मात्रै बिदा तोकिएको छ । शिक्षण संस्थाका लागि फागुन २ गते वसन्तपञ्चमीका दिन र काठमाडौँ उपत्यकामा भदौ १४ गते गाईजात्रा, असोज ११ गते इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन र चैत २६ गते घोडेजात्राका लागि बिदा दिइएको राजपत्रमा उल्लेख गरिएको छ ।

    दिवस बिदाअन्तर्गत विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवसका दिन सबै कर्मचारीका लागि सार्वजनिक बिदा दिइएको छ । साथै अपाङ्गता भएका कर्मचारीका लागि मङ्सिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा बिदा तोकिएको छ ।  यस्तै बुद्ध जयन्ती, पृथ्वी जयन्ती, फाल्गुनानन्द, मोमम्द, गुरु नानक जयन्तीका दिन सम्बन्धित धर्मावलम्बीहरूका लागि बिदा दिने निर्णय भएको छ ।
 
राष्ट्रियरूपमा मनाइने तर कार्यालय खोल्ने बिदा

    मन्त्रालयले राष्ट्रियरूपमा मनाइने तर कार्यालय खुला रहने बिदासमेत तोकेको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस जेठ ११ गते मनाइने छ । भदौ २२ गते निजामती सेवा दिवस र माघ १६ गते सहिद दिवस मनाइने राजपत्रमा उल्लेख छ । जारी सूचनामा विदेशस्थित नेपाली नियोगहरूले सम्बन्धित मुलुकका लागि सार्वजनिक बिदालाई दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले व्यवस्थापन र समायोजन गर्न सक्ने जनाइएको छ ।

सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था 

    मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थासमेत गरेको छ । जसअनुसार उभौली पर्व–चण्डी पूर्णिमा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, उधौली पर्व, योमरी पुन्हि– ज्यापू दिवस (धान्य पूर्णिमा), तमू ल्होसार, माघी पर्व÷माघे सङ्क्रान्ति, सोनम ल्होसार, महाशिवरात्रि,  ग्याल्पो ल्होसार, इद (इद उल फित्र), बकर इद (इद उल अजहा), गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा, गणतन्त्र दिवस, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा सार्वजनिक बिदा भए पनि तोकिएका सेवा प्रवाह गर्न सम्बन्धित मन्त्रालय वा निकायले आवश्यक प्रबन्ध मिलाउनुपर्ने छ । जन्मयजन्ती बिदाअन्तर्गत बुद्ध जयन्ती र पृथ्वी जयन्तीमा समेत सेवा प्रवाह गर्नुपर्ने छ । 

    उल्लेखित बिदाका दिनमा नागरिकता, राहदानी, कन्सुलर,  भन्सार तथा राजस्वसम्बन्धी सेवा (राजस्व अनुसन्धानसमेत), क्वारेन्टिनसम्बन्धी, सवारी अनुमतिपत्र, सवारीसाधन दर्ता तथा नवीकरणलगायत यातायात व्यवस्थापनसम्बन्धी सेवा, उद्योग, वाणिज्य र कम्पनी प्रशासनसम्बन्धी, वैदेशिक रोजगार सेवा, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी सेवा, मालपोत तथा नापी, स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवाहरू दिने व्यवस्था मिलाउनुपर्ने छ । 

    यस्तै भेटेरेनरी, खानेपानी, विद्युत्, सडक तथा ढल मर्मतसम्भारसम्बन्धी सेवा, खाद्य, गुणस्तर परीक्षण, विभिन्न निकाय तथा शिक्षण संस्थाबाट सञ्चालन हुने परीक्षा, वैदेशिक अध्ययन अनुमतिसम्बन्धी सेवा, नेपाल प्रहरीबाट प्रदान गरिने चारित्रिक प्रमाणपत्रसम्बन्धी सेवा पनि नियमित गर्नुपर्ने छ । साथै सम्बन्धित मन्त्रालय वा निकायले तोकेका सार्वजनिक सेवासँग सम्बन्धित अन्य सेवा, प्रदेश सरकार र स्थानीय तहले तोकेका सार्वजनिक सेवा प्रवाहसम्बन्धी अन्य सेवा र  बैंकिङ तथा बीमासम्बन्धी कारोबार पनि जारी राख्नुपर्ने राजपत्रमा उल्लेख छ ।

सधैँ खुला राख्नुपर्ने सेवाहरू

    राजपत्रमा उल्लेख भएअनुसार अस्पताल दूरसञ्चार, अध्यागमन, फोहरमैला व्यवस्थापन, फायरव्रिगेट, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक, शान्ति सुरक्षा, विपद् व्यवस्थापन आदि जस्ता रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयले सार्वजनिक बिदाका दिन दैनिक काम नरोकिने गरी सेवा प्रवाह गर्नुपर्ने छ । त्यसरी खटिने कर्मचारीले खटिएवापत सट्टा बिदा पाउने छन् । 

कार्यालय हाजिर हुने र छुट्ने समय 

    देशभरका सबै सरकारी कार्यालयमा आगामी वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मका लागि तोकिएको छ । यस्तै कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म कार्यालय समय रहने उल्लेख छ । शुक्रबार १० देखि ३ बजेसम्म सेवा प्रवाह गर्नुपर्ने छ । यसका साथै तोकिएका सार्वजनिक बिदाका अतिरिक्त प्रदेश सरकारले प्रदेशको धर्म, संस्कृति रीतिरिवाजसमेतलाई दृष्टिगत गरी घोषणा गरेका बढीमा छ दिनसम्मका लागि सार्वजनिक बिदा गर्न सक्नेछ । यसरी गरिएको बिदाबारे जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा जानकारी गराउनुपर्ने छ ।

सम्बन्धित समाचार

नम्बर २१ दक्षिणकाली गणको १९औँ वार्षिकोत्सव सम्पन्न

- / सोमबार, चैत १३, २०७९

सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण दक्षिणकाली ललितपुरको १९ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक थापाले पुरस्कार त

सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण दक्षिणकाली ललितपुरको १९ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक थापाले पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरे । उनले राज्यद्वारा प्रदत्त विभिन्न कार्यादेशहरु अक्षरस पालना गर्दै समन्वयकारी भूमिका निर्वाह गर्नुका साथै महत्वपूर्ण प्रतिष्ठान तथा व्यक्तिको सुरक्षा, विपद् उद्धार लगायतका अति महत्वपूर्ण तथा संवेदनशील जिम्मेवारी वहन गर्ने कार्यमा गणको अर्थपूर्ण उपस्थितिले संगठनको औचित्य र महत्वलाई स्थापित गर्न टेवा पुगेको बताए ।

सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापा क्षेत्रीले धन्यवाद ज्ञापन गर्दै गणले प्राप्त जिम्मेवारीलाई उपलब्ध सिमित श्रोत साधनको अधिकतम उपयोग गरी सरोकारवाला अन्य निकायहरुसँग आवश्यक समन्वय र सहकार्य गर्दै शान्ति सुरक्षा र अमन चयन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, सिनियर अधिकृतहरु, स्थानीय भद्रभलादमी, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

Read More

नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ : सभामुख घिमिरे

- / सोमबार, चैत १३, २०७९

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सुझाव दिए । 

    सङ्घले नेपालको दृष्टिविहीनता न्यूनीकरणमा क्रियाशील भूमिका खेलेको तर यसको प्रचारप्रसारसँगै विकासमा थप ध्यान

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सुझाव दिए । 

    सङ्घले नेपालको दृष्टिविहीनता न्यूनीकरणमा क्रियाशील भूमिका खेलेको तर यसको प्रचारप्रसारसँगै विकासमा थप ध्यान दिन नसकिएको उनको भनाइ छ । “नेपालमा हुने आँखाको उपचारको ९० प्रतिशत उपचार नेत्रज्योति सङ्घका विभिन्न संस्थामार्फत हुनेगर्छ”, उनले भने, “तर यो विषयको प्रचारप्रसार र विकास जसरी हुनुपर्ने थियो सो अनुसार हुन सकेको छैन ।”

    उनले सहरीकरण र प्रकृतिमा आइरहेका प्रतिकूल परिवर्तनले आखाँका समस्या बढेको र दृष्टिविहीनता घटाउन सङ्घको भूमिका प्रभावकारी रहेको बताए । 

    कार्यक्रममा नेत्रज्याति सङ्घका महासचिव भरतबहादुर चन्दले आर्थिक अभाव र पहुँचबाट टाढा रहेका नागरिकलाई विभिन्न कार्यक्रममार्फत आँखासम्बन्धी उपचार निःशुल्क उपलब्ध गराउँदै आएको बताए । 
        
    उनले भने, “सङ्घले दृष्टिविहीनताकोे अधिक प्रभावित क्षेत्र तथा वर्ग समुदायको पहिचान गर्दै उक्त क्षेत्रमा सेवा प्रवाह गर्दै आएको छ । सन् २०२२ सम्म ३० लाख सात हजार दुई सय ९१ को आँखा परीक्षण र दुई लाख ७२ हजार नौ सय ५० जनाको निःशुल्क आँखाका शल्यक्रिया गरिएको छ ।”
     
    उनले सङ्घले सन् २०२३ देखि २०३० सम्मका लागि रणनीतिक योजना बनाइरहेको जानकारी दिए । विसं २०३५ मा प्रा डा रामप्रसाद पोखरेल ‘आँखा बा’ र अन्य सामाजिक अभियन्ताको सामूहिक प्रयासबाट सङ्घको स्थापना भएको थियो । 
        
    नेत्रज्योति सङ्घले २७ आँखा अस्पताल, एक सय ५० भन्दाबढी आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखामार्फत सेवा उपलब्ध गराउँदै आएको छ । नेत्रज्योति सङ्घले विद्यालय आँखा जाँच कार्यक्रममार्फत सन् २०१८ देखि २०२२ सम्म १० लाखभन्दा बढी विद्यार्थीको आँखा परीक्षण र पाँच सय ५० विद्यार्थिको निःशुल्क शल्यक्रिया गरेको जानकारी दिएको छ ।     
            
    नेत्रज्योति सङ्घको सर्वेक्षणअनुसार नेपालमा अन्धोपनको स्थिति सन् १९८१ मा शून्य दशमलव ८४ प्रतिशत रहेकोमा सन् २०२० मा शून्य दशमलव शून्य २८ प्रतिशतमा झरेको छ । सर्वेक्षणअनुसार ४० वर्षअघि एक सय जनामध्ये औसत एक जनामा हुने दृष्टिविहीनता अहिले घटेर तीन सय ५८ बराबर एक जनामा हुने गरेको छ । 

    महासचिव चन्दका अनुसार कर्णाली प्रदेशमा एकीकृत आँखा तथा कान परियोजनामार्फत तीन हजार जनाको निःशुल्क शल्यक्रिया गरेको छ । 

Read More
ads-image
ads-image
ads-image
ads-image