थप समाचार मेनु

कैलालीमा रासायनिक मल आपूर्ति अनिश्चित

- / बुधबार, जेठ १०, २०८० ०९:४१

कैलाली । कैलालीमा रासायनिक मल  अभाव हुने भएको छ । हरेक वर्ष किसानले मलको समस्या झेल्दै आएका र यस वर्ष पनि डिएपी मलको अभाव हुने उनीहरुलाई चिन्ता छ । 

कैलालीमा रासायनिक मलको आपूर्ति पर्याप्त नहुँदा यस वर्ष मल अभाव हुने देखिएको छ । सरकारले अन्र्तराष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्टटे«डिङ कम्पनीले जिटुजीअन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गरी किसानलाई पूर्ति गर्दै आएको छ । यस वर्ष पनि समयमा मलको पर्याप्त आपूर्ति नहुँदा धानखेती गर्ने बेलामा डिएपी मल अभाव भएको कृषि सामग्री कम्पनीका प्रमुख नवलसिंह बोगटीले जानकारी दिए । 

“किसानले खेती गर्ने बेला भइसक्यो, धानको बीउ राख्न थालेका छन्”, उहाँले भन्नुभयो, “मल आयात पर्याप्त नभएकाले यस वर्ष खेत रोप्ने समयमा मल अभाव हुने देखिन्छ ।”

कार्यालय प्रमुख बोगटीले भैरहवा नाकामा एक हजार दुई सय मेट्रिक टन डिएपी मल आयात गरिए मात्र सुदूरपश्चिम ल्याइने बताए । “पहिलो चरणमा एक हजार दुई सय मेट्रिक टन डिएपी मल सुदूरपश्चिममा वितरण भइसकेको छ”, उनले भने, “थप मल भैरहवा नाकामा आयात गरिए  वितरण गर्न सकिन्थ्यो ।”

कृषि सामग्री कम्पनी धनगढीसित हाल दुई सय ५० मेट्रिक टन युरिया मौज्दात छ भने पोटास पनि सोही मात्रामा मौज्दात छ । कैलालीमा १८ हजार मेट्रिक टन डिएपी, १५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन पोटासको माग रहेको छ । माग बढी रहे पनि आधा मात्र आपूर्ति हुने गरेको छ । यही कारणले किसान मलको प्रयोग गर्ने याममा बर्सेनि अभावमा खेती गर्न बाध्य छन् । 

किसान रुपराम चौधरीले किसानलाई आवश्यक भएका बेला हरेक वर्ष मल अभाव हुनुले किसानलाई कृषिकर्मप्रति निरुत्साहित गर्ने गरेको बताए । “खेती गर्न चाहिने मल, बीउ र सिँचाइको सुविधा पर्याप्त हुनुपर्ने हो । हामी सधैँ अभाव झेलिरहन्छौँ”, उनि भन्छन्, “अभावका बीचमा खेती गर्न निकै गाह्रो हुन्छ । समयमा मल नपाउँदा मल खोज्न भौतारिनुपर्छ ।” 

अर्का किसान रमेश रेग्मी स्थानीय सरकारले मलको सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने बताउनुहुन्छ । “हरेक वर्ष खेती गर्ने समयमा मल अभाव झेल्छौँ”, उनि भन्छन्, “नेपाली बजारमा मल अभाव हुने, भारतबाट किनेर ल्याउँदा सीमामा दुःख दिइन्छ । हामीले खेती कसरी गर्नु ?” 

सम्बन्धित समाचार

यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

- / बुधबार, जेठ २४, २०८०

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । बुधबार प्रदेशसभामा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

प्रदेश सरकारले कृर्षिलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । 

 

 

Read More

सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज

- / बुधबार, जेठ २४, २०८०

सुदूरपश्चिम  । सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ ।
 
आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रदेशसभाको बैठकमा सरकारको विनियोजन विधेयक २०८०&d

सुदूरपश्चिम  । सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ ।
 
आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रदेशसभाको बैठकमा सरकारको विनियोजन विधेयक २०८०÷८१ का सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि आज नीति कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।

Read More
ads-image
ads-image
ads-image
ads-image