थप समाचार मेनु

देउडाबाट चम्किएका ‘अछामी बड्डो’

- / सोमबार, फागुन २९, २०७९ १७:२८

महेन्द्रनगर । लालबहादुर धामी देउडा गायनका क्षेत्रमा झण्डै अढाई दशकदेखि लागिपरेका छन् । पछिल्ला केही वर्षमा भने निकै चर्चामा छन् । देउडा गीत मार्फत सबैको मनमा बस्न सफल भएको छ, लालबहादुर धामी आर्थात् ‘अछामी बड्डो’ । पछिल्लो समय धामीलाई मेला÷महोत्सवमा पुग्न भ्याइनभ्याइ छ ।

सुरुआतमा ‘लालबहादुर धामी’कै रुपमा उनले आफूलाई देउडा गायनमा समिर्पित गरेको थियो । आठ वर्षयता भने ‘अछामी बड्डा’का रुपमा धामी परिचित छन् । उनको ब्यस्तता बढ्दै गएको छ । सुदूरपश्चिममा लाग्ने मेला र महोत्सवमा धामीको माग धेरै छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का धामीले चार महिनामा सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरी ७० मेला तथा महोत्सवमा आफ्नो प्रस्तुति दिए ।

बजारमा ल्याएको ‘यो अछामी बड्डो’ बोलको देउडा गीतले धामीको चर्चा चुलिएको हो । देउडा गायनमा उनी सदाबहारको सूचीमा रहन सफल भएका छन् । ‘अछामी बड्डो’ यूटुब, टिकटक लगायत सामाजिक सञ्जालमा पनि सो गीत अत्यधिकले मन पराएका छन् ।

“विसं २०५५ देखि जन्मभूमि अछामबाट देउडा गुनगुनाउन थालेको हुँ”, गायक धामीले भने–“विसं २०७२ मा अछामी बड्डोका रुपमा देउडाका पारखीमाझँ परिचित हुने अवसर मिल्यो ।” उनले तीन सयको हाराहारीमा देउडा गीत बजारमा ल्याइसकेका छन् । धामीले पछिल्लो समय ५० भन्दा बढी गीत आफ्नै लगानीमा बजारमा ल्याएका छन् । ‘यो अछामी बड्डो’ देउडा गीतले सुदूरपश्चिम, कर्णाली मात्र होइन अरु ठाउँमा पनि चर्चामा छ ।

गायक धामीले भने–“भारतको मुम्बइदेखि कर्णालीका बस्तीसम्म देउडा गीत गाउन बोलाउने धेरै छन् ।” आठ बर्षअघि महेन्द्रनगरको स्थानीय रेडियोमा ‘भुटनभाटन’ हाँस्यव्यङ्ग्य कार्यक्रम प्रस्तोताका रुपमा धामी सुदूरपश्चिमका युवा पुस्तालाई देउडाप्रति आकर्षित गर्न अघि सफल भएको हो ।

“स्टेजबाट देउडा गाउन थालेपछि हेर्न आउने युवा दर्शक पनि लामबद्ध भएर पाइलामा पाइला मिलाएर नाच्दा मन आनन्दित हुन्छ ।” उनले भने–“ देउडा गाउनुसँगै युवा पुस्तालाई पनि हस्तान्तरण गरी जुगसम्म जोगाउनु आजको आवश्यकता हो ।” पछिल्लो समय भाइरल हुनकै लागि गीत सङ्गीतमा लालायित हुनेहुनेबीच देउडामा पाइला मिलाउने पङ्क्ति सुदूरपश्चिममा बढिरहेको उनको भनाइ छ ।

“कलाकार मात्रै भएर हुँदैन्, सबै सरोकारवाला निकायले देउडा जोगाउन हातेमालो गर्नु आवश्यक छ ।” धामीले भने–“देउडा गीतलाई बजारमा चर्चा बटुल्नकै लागि प्रस्तुत गर्नु हुँदैन, यसतर्फ देउडा गायक तथा कलाकार सचेत हुन जरुरी छ ।” देउडा सुदूरपश्चिमको पहिचान भएको उनको भनाइ छ । कलाकारितामा आवद्ध हुनेको आर्थिक अवस्था भने नाजुक रहेको धामीले बताए ।

“कलाकार बिरामी भयो भने आर्थिक अवस्थाकै कारण उपचार नपाउने अवस्था छ, त्यसैले कलाकार अक्षयकोष स्थापना गरेँ”, कञ्चनपुर लोक दोहोरी गित प्रतिष्ठानका अध्यक्षसमेत रहेका धामीले भने–“बिरामी हुँदा उपचार नपाउनेस्थिति नआओस भनेर कोष स्थापना गरी रकम जम्मा गर्न थालेका छौँं ।” धामीले केही दिनअघि आफूले मेला–महोत्सवमा पाउने पारिश्रमिकको तीन प्रतिशत रकम अक्षयकोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

“आयोजकले सुदूरपश्चिमका मेला महोत्सवमा देउडा गाउन अनिवार्य बोलाउने गरेका छन्”, धामीले भने–“तराई/पहाडमा देउडाको क्रेज बढ्दो छ ।” धामीले गाएका“पहिले अडियो गीत मात्रै भए पनि चल्थ्यो, अहिले अडियोसँगै श्रव्यदृश्य पनि अनिर्वाय जस्तै बनिसक्यो”, उनले भने । धामीलाई पछिल्लो समय लालबहादुर भन्दा पनि ‘अछामी बड्डो’को नामले बढी चिन्ने गर्छन् । उनले अझै पनि सुदूरपश्चिमका कलाकारले गीत रेकर्डिङका लागि काठमाडौँ धाउनुपर्ने अवस्था कायमै रहेको बताए । “धनगढी र महेन्द्रनगरमा गीत रेकर्ड नहुँने होइन, तर स्तरीय रेकर्डीङका लागि काठमाडौँ नै धाउनुपर्ने अवस्था छ”, देउडा गायक धामीले भने । -रासस

सम्बन्धित समाचार

कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

- / सोमबार, चैत १३, २०७९

 

काठमाडौँ । कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।  

वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफुमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले सोमबार महाराजगञ्ज वृत्तमा उजुरी दिएका हुन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उजुरी परेपछि दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको छ ।

 

काठमाडौँ । कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।  

वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफुमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले सोमबार महाराजगञ्ज वृत्तमा उजुरी दिएका हुन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उजुरी परेपछि दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको छ ।

Read More

चलचित्रको सफलतामा सशक्त गीत–सङ्गीत

- / शनिबार, चैत ११, २०७९

काठमाडौं । नेपाली चलचित्र सफल हुनुको एउटा महत्वपूर्ण कारण गीतसङ्गीत मानिन्छ। दर्शकलाई हलसम्म ल्याउन गीतसङ्गीतले प्रचारप्रसारको भूमिका निर्वाह गर्ने गरेको छ। पछिल्लो समय ‘भिडियो शेयरिङ साइट’ टिकटकमा समेत गीत–सङ्गीत लोकप्रिय हुने गरेको छ।

प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछुलगायत चलचित्रमा गीतसङ्गीत झैँ कथावस्तुले चर्चा पाउन सकेन। प्रचारप्रसारको

काठमाडौं । नेपाली चलचित्र सफल हुनुको एउटा महत्वपूर्ण कारण गीतसङ्गीत मानिन्छ। दर्शकलाई हलसम्म ल्याउन गीतसङ्गीतले प्रचारप्रसारको भूमिका निर्वाह गर्ने गरेको छ। पछिल्लो समय ‘भिडियो शेयरिङ साइट’ टिकटकमा समेत गीत–सङ्गीत लोकप्रिय हुने गरेको छ।

प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछुलगायत चलचित्रमा गीतसङ्गीत झैँ कथावस्तुले चर्चा पाउन सकेन। प्रचारप्रसारको सशक्त माध्यम मानिएता पनि केही समययता भने गीतसङ्गीतमा उलेख्य लगानी भएको पाइँदैन।

भिडियोमा बढी लगानी गर्दा गीतसङ्गीतको स्तरमा कमी आएको सङ्गीतकार अर्जुन पोखरेल स्वीकार्छन्। ‘चलचित्रमा हुने गीतसङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ। एकलरूपमा गीतिसङ्ग्रहमा आउनेमा भने त्यो लागु हुँदैन’, उनले भने। स्टुपिड मन, प्रेम गीत, ऐश्वर्य, म यस्तो गीत गाउँछु सफल हुनुको कारण गीतसङ्गीत नै भएको पोखरेलको भनाइ छ।

चलचित्र निर्माणमा लागत बढेकै कारण दृश्यमा खर्च कम भइरहेको नृत्य निर्देशक रामजी लामिछानेले बताए। ‘काममा बजेटले असर गर्छ। हामीले स्वतन्त्र रूपमा खर्च गर्दा त्यसबाट निर्मातालाई पुग्ने फाइदा पनि विचार गर्नुपर्छ’, उनले भने, ‘केही निर्माता गीतलाई भिडियोमा कुनै कमी नहोस् भन्ने हुनुहुन्छ भने केही ठीकठाक गरौँ भन्ने पनि हुनुहुन्छ। उहाँहरूकै इच्छाअनुसार हामी काम गरिरहेका हुन्छौं।’

सङ्गीतकार शम्भुजित बाँस्कोटा गीतसङ्गीतमा गरिएको लगानीले निर्माण पक्षलाई फाइदा पुग्ने बताउँछन्। ‘पहिला चाडपर्वलाई लक्षित गर्दै गीत तयार गर्नाका साथै सोही सन्दर्भसमेत पर्दामा राखिन्थ्यो। त्यसैले चाडपर्वमा नयाँको तुलनामा पुराना गीत नै लोकप्रिय छन्’, उनले भने।

प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ सफल चलचित्रका रूपमा प्रर्दशन भइरहेको छ। यसको गीतसङ्गीतसमेत दर्शक तथा श्रोतामाझ लोकप्रिय बनिरहेको छ।

घरेलु बजारसँगै विदेशमा समेत राम्रो व्यापार गरिरहेको चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका बिर्सन नसकिने निर्माता निर्मल शर्माले बताए। ‘हामीप्रति दर्शकको विश्वास छ। साथै गीतसङ्गीतलेसमेत सामाजिक सञ्जालमार्फत् प्रचारमा सघाएको छ’, उनले भने।

Read More
ads-image
ads-image
ads-image
ads-image