थप समाचार मेनु

कर्णालीमा हिमपात, किसान खुसी

- / मंगलबार, माघ १०, २०७९ ११:२२

जुम्ला । कर्णाली प्रदेशका जुम्लासहित मुगु, हुम्ला, डोल्पा र कालिकोटमा हिमपात भइरहेको छ । जुम्लाको अग्ला भूभागसहित सदरमुकाम खलङ्गामा समेत हिमपात भइरहेको हो ।

सोमबार राति तीन वजेबाट अहिलेसम्म लगातार हिउँ परिरहेको छ। लगातारको हिमपातले जनजीवन कष्टकर बनेको छ । ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र ट्युसन पढ्ने विद्यार्थी  चिसोबाट बढी प्रभावित भएका छन् । किसान भने हिमपातपछि उत्साहित भएका छन् । यो वर्ष जुम्लामा पहिलोपटक हिमपात भएको हो । यो हिउँले हिउँदे बालीलाई राम्रो गर्ने किसानहरूले बताएका छन् ।

हिउँदे बाली सप्रिन र उत्पादन वृद्धिका लागि कर्णालीमा पुस, माघमा हिमपात आवश्यक रहेको किसानहरू बताउँछन् । हिमपातसँगै बढेको चिसोले हिँडडुल गर्न र पशुचौपायालाई दानापानी दिन भने समस्या भएको छ। हिमपातले यातायात सेवा पनि प्रभावित भएको छ । 

सम्बन्धित समाचार

गीत र लोगो बनाउँदै तातोपानी गाउँपालिका

- / मंगलबार, माघ १७, २०७९

जुम्ला । जुम्लाको  तातोपानी गाउँपालिकाले आफ्नै पालिकाको आफ्नै गीत र लोगो बनाउने भएको छ । गाउँकार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गीत र लोगो बनाउनका लागि एक महिने  सार्वजनिक सूचना जारी गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । 

दरखास्त दिनका लागि सूचना जारी गरि

जुम्ला । जुम्लाको  तातोपानी गाउँपालिकाले आफ्नै पालिकाको आफ्नै गीत र लोगो बनाउने भएको छ । गाउँकार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गीत र लोगो बनाउनका लागि एक महिने  सार्वजनिक सूचना जारी गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । 

दरखास्त दिनका लागि सूचना जारी गरिएको छ गाउँपालिका अध्यक्ष  चौलागाईंले भने, “खुला प्रतिस्पर्धात्मक विधिबाट पालिका गीत र लोगो निर्माणका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न शर्तमा आधारित निर्धारित समयभित्र दरखास्त दिन सूचना जारी गरेको हो ।” गीत र लोगोका लागि विभिन्न ११ वटा शर्त राखिएको छ । 

 छनोट भएका उत्कृष्ट रचना छनोट गरिनेछ । डिजाइनकर्ता र रचनाकारलाई पुरस्कृतसमेत गरिने तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए ।  

Read More

सुर्खेतको पोखरीकाँडा गाउँ

- / मंगलबार, माघ १७, २०७९

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–७ मा रहेको पोखरीकाँडा गाउँ । 

तस्बिर: सुरेश आचार्य/ रासस

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–७ मा रहेको पोखरीकाँडा गाउँ । 

तस्बिर: सुरेश आचार्य/ रासस

Read More