थप समाचार मेनु

आन्तरिक पर्यटकको रोजाइमा मैस्याङटार

- / शनिबार, फागुन २७, २०७९ १७:००

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित पर्यटकीयस्थल मैस्याङटार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । चारैतिर घना जङ्गलको बीचमा अग्लो डाँडामाथि हरिया चउर रहेको मैस्याङटार गाउँपालिका र प्रदेश सरकारको लगानीमा प्रवद्र्धन थालिएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।

यहाँ नयाँ वर्ष, दसैँ, तिहार, साकेला उभौली तथा मङ्सिरपछि आन्तरिक पर्यटक पुग्नुका साथै स्थानीय बासिन्दा वनभोज (पिकनिक) जाने गरेका थिए । प्राकृतिकरुपमा सुन्दर भएकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस क्षेत्रमा उद्यान तथा पदमार्ग निर्माण गरिएको छ ।

प्रवद्र्धनको काम थालिएसँगै पछिल्लो समय यहाँ घुमफिर र भ्रमण गर्ने आन्तरिक पर्यटकको बाक्लो उपस्थिति देखिन थालेको वडाध्यक्ष मिलन राईले बताए । “यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारको नेतृत्वमा ध्रुव स्मृति उद्यान, मैस्याङटारको शिरमा पुग्ने पदमार्गलगायत संरचना बनिसकेका  छन्”, उनले भने । वडाध्यक्ष राईले सुम्नीमा–पारुहाङ उद्यान निर्माण भइरहेको उल्लेख गर्दै निर्माणाधीन अवस्थामा पनि आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको बताए ।

एक हजार एक सय रोपनी क्षेत्रफलमा रहेको मैस्याङटार घुम्न आउनेका लागि विभिन्न ठाउँमा मनोरञ्जन गर्न तथा आराम गर्न मिल्ने फलैँचा बनाइएको छ । पालिका र प्रदेश सरकारको लगानीमा पर्यटन प्रवद्र्धनको काम सुरु भएसँगै घुमफिर तथा दृश्यावलोकनका लागि आउने बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको स्थानीयले बताएका छन् । 

आफन्त तथा इष्टमित्रलाई नयाँ ठाउँ घुमाउन परे पनि दिप्रुङ चुइचुम्माको मैस्याङटार रोजाइमा पर्ने गरेको छ । यहाँबाट तराईका विभिन्न फाँट तथा सप्तकोसीस्थित भीमनगरको पुलसमेत देख्न सकिन्छ । यहाँसम्म पुग्न कच्ची सडक बनिसकेको छ । सडकबाट उत्तिस र सल्लाको जङ्गल पार गर्दै करिब १० मिनेट पैदल हिँडेपछि मैस्याङटारको डाँडामा पुगिन्छ । 

पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाको लगानीमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरिएको पालिका अध्यक्ष प्रमुख लोकेन्द्र राईले जानकारी दिए । “प्रदेश सरकारले गत वर्ष रू १५ लाख विनियोजन गरेको थियो । यस वर्ष रू १० लाख विनियोजन गरेको छ”, उनले भने, “मैस्याङटारको चौतर्फी विकास गर्न स्थानीय अकिराज राईको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरेर काम थालिएको छ ।”

मैस्याङटारको चौतर्फी विकासका लागि रु चार करोड ८८ लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरिएको छ । डिपिआरअनुसार यहाँ किराँती राजा यलम्बर, बुद्ध, शिव, पार्वती र गणेशको मूर्ति स्थापनाका साथै अतिथि भवनलगायतका संरचना निर्माण गरिनेछ । मैस्याङटारबाट उत्तरी क्षेत्रमा पर्ने सगरमाथादेखि दक्षिणमा तराईका विभिन्न फाँटको दृश्यावलोकन गर्न सकिन्छ ।  

सम्बन्धित समाचार

पर्यटकका रोजाइमा खुमै डाँडा

- / सोमबार, चैत १३, २०७९

कास्की । खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । पर्यटकको सङ्ख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ छ । समुद्री सतहबाट तीन हजार दुई सय ४५ मिटरको उचाइमा रहेको खुमैडाँडाबाट दुई घण्टा हिँडेर कोर्चां पुगिन्छ । कोर्चाङ तीन हजार छ सय ८२ मिटरको उचाइमा छ । 

स्थानीयले ग्रेट माछापुच्छ्रे« ट्रेल नाम दिएको सरीपाखा–खुमैडाँडा&n

कास्की । खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । पर्यटकको सङ्ख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ छ । समुद्री सतहबाट तीन हजार दुई सय ४५ मिटरको उचाइमा रहेको खुमैडाँडाबाट दुई घण्टा हिँडेर कोर्चां पुगिन्छ । कोर्चाङ तीन हजार छ सय ८२ मिटरको उचाइमा छ । 

स्थानीयले ग्रेट माछापुच्छ्रे« ट्रेल नाम दिएको सरीपाखा–खुमैडाँडा–कोर्चां पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ । पोखराको हेम्जादेखि सरिपाखासम्म १३ दशमलव तीन किलोमिटर मोटर यात्रामा पुगिन्छ । यसपछि पाँचदेखि सात घण्टाको हिँडाइपछि खुमै पुग्न सकिने माछापुच्छ्रे गाउँपालिका–१ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिए । 

खुमैभन्दा माथि बासको व्यवस्था नभएकाले पहिलो दिनको रात त्यही कटाएर भोलिपल्ट बिहान दुई घण्टाको हिँडाइपछि कोर्चां डाँडासम्म पुगेर पोखरा फर्कन सकिने उनले बताए । यसैबीच कास्कीको माछापुछ्रे गाउँपालिकाको १६ औँ कार्यपालिका बैठक हालै खुमैडाँडामा सम्पन्न भएको छ ।

पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय डाँडा खुमैमा बैठक राखिएको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए। पछिल्लो समय खुमै जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका कारण त्यस क्षेत्रको पूर्वाधार विकासका निर्माणमा बैठक केन्द्रित भएको उनले बताए ।

“केही महिनायता हाम्रो पालिकामा पर्ने खुमैडाँडामा पर्यटकको आगमन धेरै भएको छ”, उनले भने, “पाहुना त आउनुभएको छ । तर, उहाँहरुका लागि के आवश्यक छ भनेर बुझ्नका लागि अवलोकनसहित पालिकाको बैठक नै यहाँ राखिएको हो ।”

बैठकले सरीपाखा–खुमै–कोर्चांसम्मको रुटलाई पर्यटकीय पदमार्ग घोषणा व्यवस्थापनको काम अघि बढाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए । योसँगै हिमाली क्षेत्रको जलवायु परिवर्तनको असर न्यूनीकरण, सरसफाइ, कार्बन व्यापारको बजेटमा गाउँपालिकाको अधिकारका लागि पहल गर्ने लगायत निर्णय गरिएको उनले बताए ।

“खुमैडाँडामा बसेको कार्यपालिका बैठकले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सरसफाइमा ध्यान दिने अनि कार्बन व्यापारको बजेटमा गाउँपालिकालाई अधिकारी हुनुपर्‍यो भन्ने निर्णय भएको छ”, उनले भने । 

Read More

मकैबारी बन्यो पर्यटकीय गन्तव्य, एक अर्ब लगानीमा रिसोर्ट

- / आइतबार, चैत १२, २०७९

कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्कंन सकेको छैन । नेपाल आउने पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा २०२२ मा करिब ६० प्रतिशत मात्रै रिकभर भएको छ ।
    
विदेशी पर्यटक नआउँदा होटल तथा रिसोर्ट अझै पनि २५ प्रतिशत अकुपेन्सीबाट माथि जान नसकेको होटल सङ्घ नेपाल (हान)को भनाइ छ । हानले कोरोना महामारीअघिको अवस्थामा आइपुग्न अझै एकदेखि दुई वर्

कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्कंन सकेको छैन । नेपाल आउने पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा २०२२ मा करिब ६० प्रतिशत मात्रै रिकभर भएको छ ।
    
विदेशी पर्यटक नआउँदा होटल तथा रिसोर्ट अझै पनि २५ प्रतिशत अकुपेन्सीबाट माथि जान नसकेको होटल सङ्घ नेपाल (हान)को भनाइ छ । हानले कोरोना महामारीअघिको अवस्थामा आइपुग्न अझै एकदेखि दुई वर्ष लाग्ने अनुमान गरेको छ । पर्यटन क्षेत्रको अन्योलपूर्ण अवस्थामा पनि वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको समूहले भने काठमाडौँ उपत्यका नजिकै लतिलपुरको लाकुरी भञ्ज्याङमा ‘द टेरेसेस रिसोर्ट एण्ड स्पा’ रिसोर्ट सञ्चालनमा ल्याएको छ । रिसोर्टमा शेर्पाको एस्ट्रेक समूह र अर्जुन शर्माको अग्नी समूहको रू एक अर्ब लगानी भएको छ । 
    
तत्कालीन समयमा मकैबारी खरिद गर्दा यहाँ कसैले पनि यति राम्रो रिसोर्ट बन्छ भन्ने नसोचेको उनले सुनाए । “नगरकोट र धुलिखेल छाडेर यहाँको उराठलाग्दो डाँडा खरिद गर्ने भन्दै त्यो समयमा धेरैले खिसिट्यूरी पनि गरे”, उनले विगत सम्झँदै भने, “करिब चार दशकपछि भने त्यो सपनाले मूर्तरुप पाएको छ ।” रिसोर्ट सञ्चालन आएसँगै पर्यटकीय गन्तव्य बढ्ने अपेक्षा उनको छ ।
    
रिसोर्ट गुणस्तरीय पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको शेर्पाको भनाइ छ । “हाम्रो लक्ष्य गुणस्तरीय पर्यटक ल्याउनु हो”, उनले भने, “सहर नजिकै शान्त वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्नु उद्देश्य हो ।”
    
अहिले पर्यटकको सङ्ख्या बढाउनेभन्दा पनि गुणस्तरीय पर्यटक आवश्यक भएको भन्दै उनले सोहीअनुसार सेवा र सुविधामा ध्यान दिइएको उनको भनाइ छ । ललितपुरको ग्वार्कोबाट करिब १८ किलोमिटरको दुरीमा रहेको रिसोर्टबाट विभिन्न हिमशृङ्खला हेर्न सकिन्छ । जहाँ बस्नका लागि १० वटा भिल्ला छन् । करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टले अतिथिलाई अग्र्यानिक खाना खुवाउने उद्देश्यले आफैले तरकारी र केही फलफूल खेती पनि गरेको छ । 
    
रिसोर्टमा दुई वटा स्वीट रुम छन् भने १६ वटा डिलक्स र २८ वटा स्यान्डर्ड गरी कूल ४६ रुम छन् । जसमा स्वीटरुमको प्रतिदिन रु ५९ हजार, डिलक्सको प्रतिदिन रु ३० हजार र स्टयान्डर्ड रुमको प्रतिदिनज रु २५ हजार पर्छ । 
    
अतिथिलाई प्रकृतिको अवलोकनका साथै मनोरम दृश्यावलोकन गराउने उद्देश्यले रिसोर्टलाई फरक ढङ्गले निर्माण गरिएको रिसोर्टका प्रबन्ध निर्देशक तेञ्जिङ शेर्पाले बताए ।  “हाम्रो मुख्य उद्देश्य पाहुनालाई कोठामा सीमित नराखी प्रकृतिको अवलोकन गराउनु पनि हो”, उनले भने । होटल सङ्घ नेपालसँग रिसोर्टलाई लक्जरी स्तरको मान्यता दिलाउन आफूहरु प्रयास गरिरहेको उनको भनाइ छ । रिसोर्टमा लुक्ला जान चाहने पर्यटकलाई लक्षित गरेर हेलिप्याड निर्माण गरिएको छ । 

Read More
ads-image
ads-image
ads-image
ads-image