थप समाचार मेनु

साहित्य स्रष्टालाई सम्मान तथा पुरस्कृत

- / शनिबार, पौष २३, २०७९ १७:४०

काठमाडौं । कवि दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले तीन साहित्य स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ । आज यहाँ कवि दैवज्ञराज न्यौपानेको ११ औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानले नेपाली साहित्यमा योगदान पु¥याउने वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी, वरिष्ठ कवि जसराज किराँती र वरिष्ठ बालसाहित्यकार गोपाल पराजुलीलाई पुरस्कृत गरेको हो । 

प्रतिष्ठानले पूर्वाअञ्चल बालसेवा आश्रमका समाजसेवी सीता पोखरेललाई पनि सम्मान गरेको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा सुरेशराज शर्माले साहित्य स्रष्टाका सिर्जनाले समाजदलाई जिवित राख्न सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा नेपाली साहित्य समयमै अनुवाद गर्नसकेको भए विश्वसाहित्य जगतमा चम्किरहेको हुने थियो । समाजलाई जिवित राख्न तपाईँ ९साहित्य स्रष्टा०को सिर्जनाले सम्भव भएको हो ।” उनले कवि न्यौपानेको साहित्यप्रतिको लगाव र योगदानको स्मरणसमेत गरे । 

दैवज्ञ विशिष्ट स्रष्टाबाट साहित्यकार प्रा डा त्रिपाठी, दैवज्ञ साहित्य पुरस्कारबाट कवि जसराज किराँती, दैवज्ञ बालसाहित्य पुरस्कारबाट बालसाहित्य स्रष्टा पराजुली र समाजसेवा पुरस्कारबाट पाखरेल पुरस्कृत भएका हुन् । प्रतिष्ठानले स्रष्टालाई सम्मानपत्रसहित नगर ५५ हजार देखि ३३ हजार रुपैयाँसमेत प्रदान गरेको छ । 

सम्बन्धित समाचार

हामी अर्थात पुरुषहरू

- बलराम तिमल्सिना / मंगलबार, माघ १७, २०७९

हामी अर्थात पुरुषहरू
धर्म, परम्परा या कानूनको आड लिएर
या तिनीहरूको बहाना बनाएर
पैत्रिक सम्पत्ति सबै कब्जा गरेर
दिदी बहिनी ठग्ने 
महाठग दाजुभाइहरू हौं !

हामी अर्थात पुरुषहरू
धर्म‌,परम्परा र कानूनकै तरवार बोकेर
या तिनीहरूको बहाना बनाएर
आफ्नै छोरा र छोरीमा भेदभाव गर्ने
सारा सम्पत्ति छोराको नामम

हामी अर्थात पुरुषहरू
धर्म, परम्परा या कानूनको आड लिएर
या तिनीहरूको बहाना बनाएर
पैत्रिक सम्पत्ति सबै कब्जा गरेर
दिदी बहिनी ठग्ने 
महाठग दाजुभाइहरू हौं !

हामी अर्थात पुरुषहरू
धर्म‌,परम्परा र कानूनकै तरवार बोकेर
या तिनीहरूको बहाना बनाएर
आफ्नै छोरा र छोरीमा भेदभाव गर्ने
सारा सम्पत्ति छोराको नाममा नामसारी गरिदिएर
छोरीको थरसारी गरिदिने
असभ्य, अनैतिक र अत्याचारी बाबुहरू हौं ।

हामी अर्थात पुरुषहरू 
बिना तलव 
र बिना अधिकारमा‌
हाम्रो अङ्शको रक्षा 
हाम्रो भोक तिर्खा र काम वासनाको ख्याल
र वङ्शको निरन्तरता दिन
महिलाहरूलाई
बैबाहिक/बैधानिक दासी बनाउने
माचिस्मो लोग्नेहरू हौं ।

हामी अर्थात पुरुषहरू 
पावर-प्लस गोली खाएर 
कृतिम तथा अतिरिक्त शक्ति प्रदर्शन गर्ने 
घरदेखि राज्यसम्म 
सबैतिर हालिमुहाली गर्ने 
स्वघोषित राजाहरू हौं ।

हामी अर्थात पुरुषहरू 
कसैका पति परमेश्वर
कसैका पिता परमेश्वर
र कसैका पुत्र परमेश्वर 
देउताहरू हौं ।

हामी अर्थात पुरुषहरू
इतिहासको कठघरामा
घुँडा टेकेर माफी माग्न 
र कहिलै विगत नदोहोर्याउने कसम खान योग्य
अभियुक्तहरू हौं ।

हामीले गर्नु पर्ने छ 
प्रायश्चित अनुष्ठान हजारौं
हाम्रा पुर्वजदेखि हामीसम्मको लागि 
र घोषणा गर्नु छ-
अब हामीहरू मानिस बन्न चाहन्छौं 
त्यसो गर्न सक्दैनौं भने हामी
हामी अर्थात पुरुषहरूले
हामी अर्थात ठगहरूले
हामी अर्थात अनैतिकहरूले
हामी अर्थात स्वघोषित परमेश्वरहरूले
बढ्ता नखोकेको राम्रो 
अहम् नबोकेको राम्रो ।

Read More

‘मेरो यात्रा’ कविता सङ्ग्रह  लोकार्पण

- / आइतबार, माघ ८, २०७९

मोरङ । मोरङ सुन्दरहरैँचाका कवि आचार्यको ‘मेरो यात्रा’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । प्रगतिशिल लेखक संघका महासचिब डा देवी दुलाल क्षेत्रीले उक्त कृति लोकार्पण गर्दै आफूहरुले  सर्जकलाई प्रोत्साहित गर्ने कार्यक्रम अगाडि बढाइरहेको बताए । 

लोकार्पित कृतिमा  डा दीपकप्रसाद न्यौपानेले समीक्षा गरेका थिए । भाषाविद् तथा साहित्कारका रूपमा समेत परिचि

मोरङ । मोरङ सुन्दरहरैँचाका कवि आचार्यको ‘मेरो यात्रा’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । प्रगतिशिल लेखक संघका महासचिब डा देवी दुलाल क्षेत्रीले उक्त कृति लोकार्पण गर्दै आफूहरुले  सर्जकलाई प्रोत्साहित गर्ने कार्यक्रम अगाडि बढाइरहेको बताए । 

लोकार्पित कृतिमा  डा दीपकप्रसाद न्यौपानेले समीक्षा गरेका थिए । भाषाविद् तथा साहित्कारका रूपमा समेत परिचित लेखक आचार्यले  लामो समयसम्म सुकुना बहुमुखी क्याम्पसमा प्राध्यापन गरेका थिए । 

कार्यक्रममा सहभागी साहित्यकारले आफ्ना कविता, लघुकथा, कृतिभित्रका कविता, गजल, मुक्तक र हाइकु वाचन गरेका थिए । 

Read More