थप समाचार मेनु

काभा भलिबल : आज कजाकिस्तानसँग सेमिफाइनल भिड्दै नेपाल

- / शुक्रबार, जेठ १२, २०८० ०९:४५

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपका लागि सेमिफाइनलमा आज नेपालले कजाकिस्तानसँग सेमिफाइनल खेल खेल्दैछ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपाल र कजाकिस्तान भिड्न लागेका हुन् ।

खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुनेछ । 

नेपाल समूह ’ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।  

सम्बन्धित समाचार

चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि

- / मंगलबार, जेठ २३, २०८०

काठमाडाैं । ए डिभिजन लिगमा बढुवा भएको सिजनमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै एक खेल अगावै ए डिभिजन लिगको उपाधि जितेको हो । चर्च ब्वाइजलाई उपाधि जित्न एक अङ्क मात्र आवश्यक थियो । थ्र

काठमाडाैं । ए डिभिजन लिगमा बढुवा भएको सिजनमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै एक खेल अगावै ए डिभिजन लिगको उपाधि जितेको हो । चर्च ब्वाइजलाई उपाधि जित्न एक अङ्क मात्र आवश्यक थियो । थ्रीस्टारसँगको बराबरीले चर्च ब्वाइजलाई लिग विजेता बन्न सहज भयो ।

    सी डिभिजनदेखि ए डिभिजनसम्म लगातार विजेता बन्दै उपाधि जित्ने चर्च ब्वाइज क्लब दोस्रो टोली बन्यो । विसं २०६६ मा स्थापना भएको चर्च ब्वाइज क्लब सी डिभिजन छनोटमा लगातार पाँचपल्ट असफल भएको थियो । त्यसपछि विसं २०७६ मा सी डिभिजन छनोटको उपाधि जितेको चर्च ब्वाइजले त्यसयता विसं २०७७ मा सी डिभिजन र विसं २०७८ मा बी डिभिजनको उपाधि जित्दै ए डिभिजनमा बढुवा भएको थियो । 

    यसअघि मनाङ मर्स्याङ्दी क्लबले डी डिभिजनदेखि ए डिभिजनसम्म लगातार उपाधि जित्दै आफ्नो नाममा कीर्तिमानी बनाएको थियो । विसं २०३९ देखि २०४३ सालसम्म मानाङ मर्स्याङ्दी क्लबले डि डिभिजनदेखि ए डिभिजनसम्म लगातार उपाधि जितेको थियो ।

     आजको खेलमा निकै प्रतिस्पर्धात्मक बनेको थियो । खेलको विभिन्न समयमा दुवै टोलीले गोलको अवसर प्राप्त गरेका थिए । तर दुवै टोलीबाट गोल हुन सकेन र चर्च ब्वाइज लिग विजेता बन्न सफल भयो । डबल राउन्ड रोबिन लिगको आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा चर्च ब्वाइजले २५ खेलबाट ४५ अङ्क बनाएको छ । दुई खेल खेल्न बाँकी मछिन्द्रको ३९ अङ्क छ । मछिन्द्रले बाँकी दुई खेलमा विजयी हासिल गरेता पनि चर्च ब्वाइजलाई पछि पार्न सक्दैन । चर्च ब्वाइज हेड टू हेडमा मछिन्द्रभन्दा अगाडि रहेको छ ।

    चर्च ब्वाइजले लिगको २५ खेलमा १२ जित, ८ बराबरी र ४ मा हारको नतिजा निकालेको थियो । त्यस्तै समान २५ खेल नै खेलेको थ्री स्टारको २९ अङ्क भएको छ । थ्रिस्टार बाह्राँै स्थानमा छ । 

Read More

एसियन कप छनोट : नेपाल र म्यान्मा भिड्ने

- / मंगलबार, जेठ २३, २०८०

काठमाडाैं । एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ । 

    नेपाल र म्यान्माबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा चीन, म्यान्मा र चाइनिज ताइपेइ छन् ।

 &n

काठमाडाैं । एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ । 

    नेपाल र म्यान्माबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा चीन, म्यान्मा र चाइनिज ताइपेइ छन् ।

    नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

    नेपाली टोलिका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको जनाउँदै हरेक खेल जित्नकै लागि खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “फिफा वरियतामा हामीभन्दा माथि भएका टिम छन् तर हामी उच्च मनोबलका साथ मैदान उत्रने छौँ ।”

    नेपाली टोलीको गोलरक्षकमा कविता विक, लीला जोशी र सावित्री किसान छन् भने डिफेन्डरमा सविना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर र कुमारी तामाङ छ्न । 

    यसैगरी मिडफिल्डरमा सरस्वती हमाल, मनमाया दमाईं, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य र अञ्जली मचामासी छन् । फरवार्डमा गरिमा राई, अमिषा कार्की, ममता पुन र सन्दिपा भोलान छन् ।

    यसैगरी नेपाले यही जेठ २५ गते चीनसँग खेल्नेछ भने यही जेठ २७ गते चाइनिज ताइपेइसँग खेल्नेछ । 

Read More
ads-image
ads-image
ads-image
ads-image