थप समाचार मेनु

मुला र दही सँगै खाँदा के हुन्छ ? यसका फाइदा र सावधानीहरू जान्नुहोस्

- / बिहीबार, मंसिर २९, २०७९ ११:४२

काठमाडौं । मुलाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । जाडोमा मुला खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र धेरै रोगमा पनि फाइदा हुन्छ । मुलामा पाइने पौष्टिक तत्व स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ तर यसको गलत सेवन पनि उत्तिकै हानिकारक हुन्छ । मुला र दही सँगै खानेलाई मानिसहरुले भिन्न भिन्न धारणा व्यक्त गर्छन् ।  वास्तवमा, दही र मुला दुवैमा शीतल प्रभाव हुन्छ, त्यसैले धेरै मानिसहरू यो सँगै सेवन गर्नबाट जोगिन्छन् । दही स्वास्थ्यका लागि पनि फाइदाजनक छ र धेरै पोषक तत्वहरूले भरिपूर्ण छ । मुला र दही सँगै खान सकिन्छ र भनेर मानिसले प्रश्नसमेत सोध्न सक्छन् । यसबारे जानकारी लिऔँ ।

मुला र दही सँगै खाँदा के हुन्छ ?

मुला र दही सँगै खाँदा स्वास्थ्यमा कुनै हानी हुँदैन । तर यसलाई सही तरिकाले सेवन गर्नुपर्छ । मुलामा प्रोटिन, भिटामिन, क्याल्सियम, आइरन, भिटामिन पाइन्छ । यसमा म्याग्नेसियम र क्लोरिन आदि पर्याप्त मात्रामा पाइन्छ । यस्तै दही क्याल्सियम, प्रोटिन, भिटामिन बी सिक्स र भिटामिन बी १२ जस्ता पोषक तत्वको भण्डार हो । दही र मुला एकै साथ खाँदा धेरै नै फाइदा हुन्छ । यसको सेवन पाचन प्रणालीका लागि निकै फाइदाजनक मानिन्छ । मानिसहरू दही र मुलाको राइता पनि खान्छन् । यसको सेवनले पेटसम्बन्धी समस्या निको हुन्छ ।

मुला र दही सँगै खाँदा हुने फाइदाहरु

१. मुला र दही सँगसँगै सेवन गर्दा रुघाखोकी र फ्लु जस्ता समस्यामा धेरै फाइदा हुन्छ ।

२. मुलामा भिटामिन सी हुन्छ र यसलाई दहीसँग सेवन गर्नाले तपाईंको शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

३. यसको सेवनले मुटुसँग सम्बन्धित रोगको जोखिम कम हुन्छ ।

४. मधुमेह रोगीले मुला र दही खाँदा फाइदा हुन्छ ।

५. मुला र दही एकसाथ सेवन गर्नाले पाचन प्रणाली निकै बलियो हुन्छ ।

दही र मुलालाई मिसाएर राईताको रुपमा पनि खान सकिन्छ । सन्तुलित मात्रामा सेवन गर्दा यसले धेरै नै फाइदा दिन्छ । धेरै दही र मुला खाँदा पनि स्वास्थ्यमा हानी हुनसक्छ ।

सम्बन्धित समाचार

तनाव कम गर्न के गर्ने ? जान्नुहाेस् यी उपाय

- / शुक्रबार, माघ १३, २०७९

काठमाडौँ । ‘कस्तो तनाव छ यार कामै गर्न सकिएन, यो तनावले पनि कहिले नछाड्ने भो, आज दिमागले कामै गर्न सकेको छैन, साह्रै तनाव पो भयो..’ प्राय धेरैको मुखमा झुण्डिरहने शब्द हुन् यी। 

चिया पसलदेखि पाँचतारे होटेलसम्म, घरदेखि अफिससम्म, सडकदेखि संसद्सम्म तनावै तनाव देखिन्छ। तनाव हुने कारण धेरै छन्। त्यसमध्ये एक हो महत्त्वाकाङ्क्षा ।

आजको डिजिटल युगले

काठमाडौँ । ‘कस्तो तनाव छ यार कामै गर्न सकिएन, यो तनावले पनि कहिले नछाड्ने भो, आज दिमागले कामै गर्न सकेको छैन, साह्रै तनाव पो भयो..’ प्राय धेरैको मुखमा झुण्डिरहने शब्द हुन् यी। 

चिया पसलदेखि पाँचतारे होटेलसम्म, घरदेखि अफिससम्म, सडकदेखि संसद्सम्म तनावै तनाव देखिन्छ। तनाव हुने कारण धेरै छन्। त्यसमध्ये एक हो महत्त्वाकाङ्क्षा ।

आजको डिजिटल युगले हाम्रो समाजलाई परिवर्तनशील बनाएको छ। पुरुष मात्र होइन महिलाहरूसमेत घरबाहिरको विभिन्न जिम्मेवारीमा आएका छन्। परिवर्तित जिम्मेवारी तथा भूमिकाले मानिसहरूलाई खुसी, स्वतन्त्र, आत्मनिर्भर तथा सफल पनि बनाएको छ । यद्यपि तनाव पनि सँगसँगै छ। तनावबाट मुक्त हुनका लागि आत्मविश्वास कायम राखिरहनु, खुसी हुनु, दैनिक बाधा अवरोधलाई सामान गर्नका लागि उपाय अपनाउनुलाई सामान्यतया स्वस्थ मानसिकता अथवा मानसिक स्वास्थ्य राम्रो भएको मानिन्छ। शारीरिक स्वास्थ्य जत्तिकै तपाईँले आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिनु पनि उत्तिकै जरुरी हुन्छ।

१. व्यक्तिगत सम्बन्ध 
तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरूसँग राम्रो र स्वस्थ सम्बन्ध राख्नुस्। मानसिक स्वास्थ्यमा व्यक्तिगत सम्बन्धको धेरै ठुलो भूमिका हुन्छ।

२. मनोरञ्जनलाई समय दिनुस् 
आफ्नो दैनिक कार्यमा तपाईँले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप गर्नुहोस्। नाचगान खेल आदिको लागि समय निकाल्नु पनि अत्यन्त जरुरी हुन्छ।

३. समूहमा सहभागी
आफ्नो जस्तै रुचि भएका साथीको समूहमा सहभागी हुने र रुचिका विषयमा बिचार र भावना आदानप्रदान गर्दा तपाईँलाई मानसिक रूपमा स्वस्थ रहन मद्दत गर्छ।

४. सामुदायिक क्रियाकलाप 
सामुदायिक क्रियाकलापमा सहभागी हुने गर्नाले आफूले समुदायलाई केही दिन सकेको खुसी मिल्छ। समुदायको विकास निर्माण, जनचेतना, सामुदायिक हितका कार्यक्रममा स्वयंसेवक बनी आफ्नो श्रम, ज्ञान र अनुभव बाँड्नुहोस्।

५. आफ्नो हेरचाह 
आफ्नो खानपान, सरसफाइ, स्वास्थ्य आदिमा ध्यान दिनु आवश्यक छ। यसले तपाईँको मानसिक स्वास्थ्यमा टेवा पुर्‍याउँछ।

६. तनावको सामना 
तपाईँलाई कस्तो अवस्था र व्यवहारले तनावमा ल्याउँछ र तनावको बेला तपाई कसरी प्रतिवाद गर्नुहुन्छ? यो आफैँले बुझ्न जरुरी हुन्छ। निरन्तर अभ्यास गरेर तनावको प्रभाव आफूमा कम गर्न सक्नुहुन्छ।

७. पुनर्ताजकी 
मानसिक रूपमा स्वस्थ रहन निन्द्राको ठुलो भूमिका हुन्छ। नियमित रूपमा सही समयमा सुत्ने र उठ्ने गर्दा तपाईँ स्वस्थ रहनुहुन्छ। यसैगरी दिनभरिको कामको बीचबीचमा केही छोटो समय निकालेर कामको तनावबाट पर रहने, टिभी हेर्ने, साथीभाइसँग कुराकानी गर्ने गर्नाले पुनः ताजा भई प्रभावकारी रूपमा काम सम्पन्न गर्न सकिन्छ।

८. डिजिटल उपकरण नचलाउने दिन बनाउनुहोस्
हामीलाई काममा रचनात्मक हुन र नयाँ विचारहरू ल्याउन नदिने सबैभन्दा ठुलो अवरोध तनाव रहेको अध्ययनकर्ताहरूको निष्कर्ष छ। मोबाइल फोन बोकेका हामीहरू पहिलेभन्दा धेरै तनाव महसुस गरिरहेका छौँ। त्यसैले यो तनाव कम गर्ने एउटा आरामदायी सप्ताहान्तजस्तो फुर्सदको समय निकाल्नु राम्रो उपाय हो। यसका लागि तपाईँले मोबाइल फोन, ट्याब्लेट वा कम्प्युटरजस्ता डिजिटल सामग्री प्रयोग गर्नबाट रोक्नुपर्छ। फेरि ताजा हुन सप्ताहान्तमा यस्ता उपकरणबाट आफूलाई मुक्त राख्नुपर्छ।

९. कुरा गर्नुहोस् 
कम्पनी/कार्यालयमा कसरी नवीन वातावरण बनाउन सकिन्छ भनेर तीन जना मानिस छलफलमा हुने कार्यालय रचनात्मक हुन सक्छ। म्यासचुसिट्स इन्स्टिट्युट अफ टेक्नोलजीले गरेको रोचक अनुसन्धानले कार्यालयमा सिर्जनशीलता र रचनात्मकता बढाउने सबैभन्दा उत्तम उपाय त्यहाँ हुने कुराको मात्रा भएको देखाएको छ। अनुसन्धानकर्ता बेन वाबर भन्छन्, ‘तपाईँको कार्यालयमा सिर्जनात्मक वातावरण बढाउन त्यहाँको कफी बनाउने मेसिनको स्थान सार्नु एउटा उत्तम उपाय हो।’

Read More

नियमित अदुवा सेवनले के हुन्छ ? यस्ता छन् फाइदा 

- / आइतबार, माघ १, २०७९

काठमाडाै‌ । अदुवा नेपाली भान्सामा नियमित मसला हो। यद्यपि कतिपयले यसको प्रयोग गरेको पाइँदैन। यसको नियमित सेवनले स्वास्थ्यमा धेरै फाइदा पुर्‍याउने विज्ञहरू बताउँछन्।

अदुवामा भिटामिन तथा मिनरल्स लगायत विभिन्न तत्व प्रशस्त मात्रामा पाइने हुनाले यसको औषधीय विशेषता रहेको छ। आयुर्वेदमा यसको प्रयोगको इतिहास लामो रहेको छ।

अदुवाको नियमित सेवनले वाकवाकी तथा बा

काठमाडाै‌ । अदुवा नेपाली भान्सामा नियमित मसला हो। यद्यपि कतिपयले यसको प्रयोग गरेको पाइँदैन। यसको नियमित सेवनले स्वास्थ्यमा धेरै फाइदा पुर्‍याउने विज्ञहरू बताउँछन्।

अदुवामा भिटामिन तथा मिनरल्स लगायत विभिन्न तत्व प्रशस्त मात्रामा पाइने हुनाले यसको औषधीय विशेषता रहेको छ। आयुर्वेदमा यसको प्रयोगको इतिहास लामो रहेको छ।

अदुवाको नियमित सेवनले वाकवाकी तथा बान्ता हुने समस्याबाट बचाउँछ। यसले जोर्नीहरू सुन्निने समस्यालाई पनि कम गर्छ। यति मात्र नभएर यसको क्यान्सर तथा मुटुरोगविरुद्ध पनि औषधीय गुण रहेको छ साथै मस्तिष्कको कार्यमा पनि यसले बुस्टरको काम गर्छ।

अदुवाको सेवनले शरीर सुन्निएमा चाँडो सुकाउने, अपच हुने समस्या हटाउँछ, बिहान लाग्ने वाकवाकी हटाउँछ, मांशपेसीको दुखाई कम हुन्छ, महिनावारीको दुखाई कम गर्छ, कोलेस्टेरोललाई सन्तुलन गर्न मद्दत गर्छ, प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ।

Read More