थप समाचार मेनु

गजलकार वसन्त ओली वसन्तीको गजलसङ्ग्रह 'बोई-२' आउँदै

- फरक दृष्टि / आइतबार, जेठ ७, २०८० २१:३१

युवा पुस्तामा लोकप्रिय गजलकार वसन्त ओली वसन्तीको गजलसङ्ग्रह 'बोई' परिमार्जितसहित दोस्रो संस्करण प्रकाशन हुने भएको छ ।

जेठ तीन गते आफ्नो जन्मदिन मनाएका वसन्तले जन्मदिनको अवसरमा दोस्रोसंस्करणमा समावेश बोई कथाको एक अंश भिडियो सामाग्री  फेसबुकमा अपलोड गर्दै जानकारी गराएका हुन् ।  १०१ गजलभित्र थप २५ नयाँ गजलहरू, १०१ फर्दहरू थप र खुब मन पराइएको 'बोई'को कथा थपसहित १४ पेजमा अटाएर दोस्रो संस्करण तयार हुन लागेको गजलकारले जानकारी दिएकाछ्न् ।

गोधूलि साहित्य कृति पुरस्कार २०७८ प्राप्त बुलबुल पब्लिकेसनले पहिलो संस्करण प्रकाशन गरेको 'बोई' दोस्रो संस्करण भीम ओलीले जिम्मेवारी लिएका छन् । पहिलो संस्करणभन्दा उत्कृष्ट रहने गजलसङ्ग्रह बोई २ को मूल्य रू. २५० रहने र जेठभित्र प्रकाशनमा आउँनेछ ।

सम्बन्धित तस्बिरहरू

गजलकार वसन्त ओली वसन्तीको गजलसङ्ग्रह 'बोई-२' आउँदै
सम्बन्धित समाचार

डा खनालको कविताकृति ‘सन्देश’ सार्वजनिक

- / शनिबार, जेठ २०, २०८०

काठमाडाैं । डा दामोदर खनालको कविता कृति ‘सन्देश’ सार्वजनिक भएको छ । 

‘सन्देश’ कविता सङ्ग्रहमा कवि डा खनालले, राष्ट्रिय जीवन, समाज, राष्ट्रिय  विभूति र राजनीतिलगायतका विषयमा लेखेका छन् । कृतिको पहिलो खण्डमा धर्म, संस्कृति र चाडपर्वलगायत विषयमा लेखिएका १३ वटा कविता समावेश छन् । कविता सङ्ग्रहको दोस्रो खण्डमा अध्यात्म र विज्ञानका १९ वटा क

काठमाडाैं । डा दामोदर खनालको कविता कृति ‘सन्देश’ सार्वजनिक भएको छ । 

‘सन्देश’ कविता सङ्ग्रहमा कवि डा खनालले, राष्ट्रिय जीवन, समाज, राष्ट्रिय  विभूति र राजनीतिलगायतका विषयमा लेखेका छन् । कृतिको पहिलो खण्डमा धर्म, संस्कृति र चाडपर्वलगायत विषयमा लेखिएका १३ वटा कविता समावेश छन् । कविता सङ्ग्रहको दोस्रो खण्डमा अध्यात्म र विज्ञानका १९ वटा कविता रहेका छन् । 

कर्मभूमि बेलायत बनाएका कवि डा खनालका कवितामा भने नेपाल नै नेपाल पाइन्छ । 
युनिभर्सिटी अफ म्यानचेष्टरसहितका विभिन्न शैक्षिक संस्थामा अध्यापन गर्दै आएका डा खनालका दर्जन बढी पुस्तक, जर्नल आर्टिकल र बुक च्याप्टर प्रकाशित छन् ।

Read More

आठ स्रष्टालाई सम्मान र पुरस्कार

- / शनिबार, जेठ १३, २०८०

काठमाडाैं । दायित्व वाङ्मय  प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । दायित्व वाङ्मय विशिष्ट सम्मान शशि पन्थी र रमेश गो

काठमाडाैं । दायित्व वाङ्मय  प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । दायित्व वाङ्मय विशिष्ट सम्मान शशि पन्थी र रमेश गोर्खालीलाई तथा दायित्व वाङ्मय सम्मान विष्णुबहादुर सिंह र चन्द्रकान्त आचार्यलाई प्रदान गरियो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले विद्वच्छिरोमणि हेमराज पुरस्कार चुडामणि गौतमलाई, दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति वसन्त रिजाल, हरिकला–गुणाकर दायित्व रचना पुरस्कार त्रिभुवनचन्द्र वाग्ले र  दायित्व यशोदादेवी पन्त प्रतिभा पुरस्कार जया सत्याललाई प्रदान गरे ।

सो अवसरमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले प्रतिष्ठानले मुलुकका भाषा, साहित्य र व्याकरण क्षेत्रका सोनामधन्य व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान गरी न्याय गर्दै आफ्नो कर्तव्य पूरा गरेको बताए ।

उनले भने, “साहित्यका आ-आफ्ना विधामा विशिष्ट योगदान गर्नुहुने तपाईँहरू सम्मानका लागि लायक र अधिकारिक हुनुहुन्छ । सम्मान गर्नेको सही छनोट भएमा प्रतिष्ठानको आफैँ सम्मान बढछ ।”

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त र महासचिव डा भागवत ढकालले प्रतिष्ठानले नेपाली साहित्य क्षेत्रको विकास र विस्तारका लागि गर्दै आएको योगदानको चर्चा गरे । समारोहमा अध्यक्ष पन्तको निवन्धावली र प्रतिष्ठानको द्विमासिक प्रकाशन दायित्वको वर्ष ३७ पूर्णाङ्क एक सय ४१ को लोकार्पण गरियो ।

Read More
ads-image
ads-image
ads-image
ads-image