थप समाचार मेनु

बेथानचोक गाउँपालिकाद्धारा नेतृत्व विकास तालिम

- / मंगलबार, माघ १०, २०७९ १०:४५

धुलिखेल । बेथानचोक गाउँपालिकाले आफ्ना महिला जनप्रतिनिधिका लागि नेतृत्व विकास एवं उद्घोषणसम्बन्धी तालिम सञ्चालन  गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित एकहप्ते सो तालिममा वडा नं १ देखि ६ सम्मका जनप्रतिनिधिको सहभागिता रहेको थियो । तालिम कार्यक्रम यही माघ ३ गते सञ्चालन भएर ९ गते समापन भएको हो ।

सो अवसरमा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले संवैधानिक प्रावधानअनुसार स्थानीय पालिकामा महिला जनप्रतिनिधिको सार्थक र नेतृत्वदायी भूमिका कमजोर नहोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । सुशासन, इमानदारिता, पारदर्शिता र काम गर्ने उजागर महिला जनप्रतिनिधिको छवि बनेको जनाउँदै उनले यस्ता तालिम तथा कार्यक्रमले यसलाई मजबुत तुल्याउने छ भने ।

उपाध्यक्ष तारा राना तिमल्सिनाले पालिकामा न्यायिक समितिका साथै अनुगमन समिति, राजस्व परामर्श समिति, बजेट तर्जुमा समिति र गैरसरकारी तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँगका समन्वय समितिको जिम्मेवारी महिलाहरूकै काँधमा रहेकाले थप सक्षम हुनुपर्छ भने ।  गाउँपालिकाका प्रशासकीय अधिकृत प्रमुख विश्वनाथ दाहालले सुशासन र समृद्धि सरकारको लक्ष्य भएकाले स्थानीय तहमा महिला नेतृत्वलाई कसरी प्रशिक्षित गर्न सक्छौँ भन्नेबारेमा सोच्न जरुरी भएको बताए । 

  तालिमका सहभागीलाई सार्वजनिक भाषणकला, उद्घोषण कला, क्षमता अभिवृद्धि, नेतृत्व विकासका साथै लैङ्गिक, न्यायिक क्षेत्रका विविध विषयमा तालिम प्रदान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी सुजाता आचार्यले बताए । यस प्रकारका तालिमका लागि माग भई आएकाले तालिम प्रदान गरिएको उनको भनाइ छ । पालिकाले यसअघि महिलालाई मागअनुसारका विभिन्न तालिम दिएको थियो ।

सम्बन्धित समाचार

ब्रान्डसहित सिस्नु उत्पादनमा महिला

- / मंगलबार, माघ १७, २०७९

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्राङ्गारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न  एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेरगइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । 

सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज््याए पनि अहिले यसले व्यावसायिक

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्राङ्गारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न  एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेरगइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । 

सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज््याए पनि अहिले यसले व्यावसायिकरूप लिएपछि अन्य महिला दिदीबहिनी पनि यसतर्फ आकर्षित भएको स्थानीयवासी निर्मला सुनारले बताइन् । “अब सिस्नुको धुलो प्याकेटमा बिक्री गर्छौ चाहिएमा हरियो सिस्नु पनि उपलब्ध गराउँछौँ,” उनले भनिन् । अहिले नवलपुर बजारमा रहेका पसलबाट सिस्नुको धुलो बिक्री भइरहेको छ ।

माग आएअनुसार मेलम्ची र चौतारा बजारसम्म यहाँको उत्पादन पुग्ने गरेको छ । सहकारीमा छलफल भएपछि महिलाले यसको खेती सुरु गरेका हुन् । सिस्नुलाई पाउडर, हरियो सिस्नुका साथै अनेक परिकार बनाउने  गरिएको जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष रति थापामगरले बताइन् ।

“यसलाई एउटा नाम दिएर राजधानीलगायत अन्य स्थानमा पु¥यााउने लक्ष्य लिएका छौँ,” उनले भनिन्,“यसका लागि गाउँपालिकामा कुरा गरेका छाँै ” । सुरुमा दश जनाको महिला समूहले कृषि उत्पादनमा सिस्नुलाई नै रोजेका हुन् । अहिले गाउँका अन्य महिलालेसमेत सिस्नु खेती गरेका छन् । 

“सुस्नु उत्पादन गर्न थालेयता हाम्रो छुट्टै पहिचान बनेको छ।” अध्यक्ष थामामगरले भनिन्। सिस्नुबाट महिला समूहले अहिलेसम्म मासिक रु १५ हजारसम्म आम्दानी गर्दै आएका छन्  । “उत्पादन धेरै ठूलो परिणाममा हुने थालेपछि बजारको खोजीमा छौँ” व्यावसायिक सिस्नु खेतीमा रमाएकी सुन्तली नेपालीले भनिन्,“त्यत्तिकै खेर गइरहेको सिस्नुबाट घरखर्च चल्ने रहेछ ।” यताउति यत्तिकै उम्रिरहेका सिस्नुलाई पनि त्यत्तिकै खेर जान दिनुभन्दा बजारीकरणमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

अक्सफाम र महिला आत्मनिर्भरता केन्द्रले सिस्नुलाई धुलो पार्ने उपकरण उपलब्ध गराएपछि महिलाले यो खेतीलाई व्यावासयिक बनाएका हुन् । पच्चिस सदस्यमध्ये दश जनालाई विभिन्न संस्थाले  तालिम दिनाका  साथै उपकरण उपलब्ध गराएका थिए  । सिस्नुको उत्पादन देखेपछि गाउँमा यसको लहर नै चलेको छ । गाउँलेले खेतबारीमा पनि सिस्नुको उत्पादन बढाउन थालेपछि महिलाको समूहमा झनै उत्साह बढेको छ । ठूलो परिणाममा उत्पादन हुन थालेपछि बजारका लागि गाउँपालिकामा  सहकारीले अनुरोध गरेको अध्यक्षले थापामगरेले  बताइन् । 

Read More

कमलामाई नगरपालिमा रहेको कलात्मक बुलबुले कटेज

- / मंगलबार, माघ १७, २०७९

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ मल्लगाउँमा हालैमात्र सञ्चालनमा आएको बुलबुले कटेज । स्थानीय स्रोतसाधन (बाँस र फुस) को प्रयोग गरी बनाइएका कलात्मक संरचना र यहाँको रमणीय वातावरणले सबैलाई मोहित बनाउँछ । 

तस्बिर: राधिका बुढाथोकी/रासस

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ मल्लगाउँमा हालैमात्र सञ्चालनमा आएको बुलबुले कटेज । स्थानीय स्रोतसाधन (बाँस र फुस) को प्रयोग गरी बनाइएका कलात्मक संरचना र यहाँको रमणीय वातावरणले सबैलाई मोहित बनाउँछ । 

तस्बिर: राधिका बुढाथोकी/रासस

Read More