थप समाचार मेनु

को हुन् संसद भवन अगाडि आत्मदाहको प्रयास गर्ने युवा?

- फरक दृष्टि / मंगलबार, माघ १०, २०७९ १6:१९

नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको सडकमा इलामका एक युवकले आत्मदाह प्रयास गरेका छन् ।

मंगलबार दिउँसो इलाम पञ्चकन्याका ३६ बर्षीय प्रेम आचार्यले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

उनको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको प्रवक्ता मैनालीले बताए । ‘के कारणले आत्मदाह गरेको हो । हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।

सम्बन्धित समाचार

कर्णाली राजमार्गमा हाईस दुर्घटना, सात जना घाइते

- फरक दृष्टि / मंगलबार, माघ १७, २०७९

कर्णाली राजमार्ग अन्तर्गत पश्चिम दैलेखको पालेतडामा हाईस दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तिमा ७ जना घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार क्षतिको थप विवरण आउन बाँकी रहेको छ । रामाघाट र पालेतडा बजारको बीच भागमा कर्णाली प्रदेश ०२०००१ ख ०१६६ नम्बरको गाडी दुर्घटना भएको हो । गाडी सडकबाट ८० मिटर तल खसेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले जानकारी दिए ।

उनका अन

उनका अनुसार गाडीमा चालकसहित १५ जना सवार थिए । दुर्घटनामा घाइतेहरुको उद्धार कार्य भइरहेको र पालेतडास्थित शाही मेडेकल हलमा उपचार भइरहेको उनले बताए । गाडी सुर्खेतबाट कालिकोटतर्फ जाँदै थियो ।

Read More

नाबालिकामाथि यौन शोषण आरोपमा अनाथालयका प्रमुख पक्राउ

- फरक दृष्टि / मंगलबार, माघ १७, २०७९

नाबालिकामाथि यौन शोषण गरेको आरोपमा महेन्द्रनगरस्थित अञ्चल बाल अनाथालयका प्रमुख शङ्करबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मंगलबार भीमदत्त नगरपालिका–४ स्थित अञ्चल बाल अनाथालयको कार्यालयबाटै प्रमुख चन्दलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्रबहादुर शाहले अनाथालयमा आश्रय लिएका नाबालिकासँग अनैतिक सम्बन्ध रहेको सू

नाबालिकामाथि यौन शोषण गरेको आरोपमा महेन्द्रनगरस्थित अञ्चल बाल अनाथालयका प्रमुख शङ्करबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मंगलबार भीमदत्त नगरपालिका–४ स्थित अञ्चल बाल अनाथालयको कार्यालयबाटै प्रमुख चन्दलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्रबहादुर शाहले अनाथालयमा आश्रय लिएका नाबालिकासँग अनैतिक सम्बन्ध रहेको सूचना आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको बताए । ‘कार्यालय प्रमुखबाट नाबालिकामाथि यौनजन्य दुर्व्यवहार भएको सूचना पाएपछि नियन्त्रणमा लिएका हौँ ।’ उनले भने, ‘मौखिक सूचना आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ ।’

अनाथालयमै आश्रय लिएका एक नाबालिकको गर्भ तुहाएपछि घटना बाहिरिएको हो । अभिभावकविहीन बालबालिकाको आश्रयस्थलमै नाबालिक असुरक्षित भएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

Read More