थप समाचार मेनु

देशैभर लेखक दिवसको रौनक(फोटोफिचर)

- फरक दृष्टि / शनिबार, बैशाख १६, २०८० २१:२२

अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने नेपाली लेखक सङ्घले आज वैशाख १६ गते देशैभर विभिन्न रचनात्मक कार्यक्रमहरुको आयोजना गरी लेखक दिवस मनाएको छ ।  सम्पूर्ण लेखकहरूले गौरव गर्ने लाइब्रेरी पर्वूका दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णय नेपाली लेखक सङ्घको केन्द्रीय सचिवालयको बैठकले गरेको थियो । हरेक वर्ष बैशाख९ १६ लाई लेखक दिवसका रूपमा मनाउने कार्यको थालनी आजबाट भएको हो । 

वि.सं. १९८७ मा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत् पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि तथा लेखक एवम् बुद्धिजीवीहरूले हस्ताक्षर गरी श्री ३ भीम शमशेरसमक्ष निवेदन पेस गर्दा श्री ३ महाराजले निवेदनमा हस्ताक्षर गर्ने सबै युवाहरूलाई दरबारमा बोलाउन लगाई दण्डित गरेको दिन वैशाख (१६)लाई राष्ट्रिय लेखक दिवस मनाउन लागिएको जनाएको छ । यस दिनलाई नेपालको इतिहासमा पुस्तकालय पर्वका रूपमा पनि चिनिन्छ । यसै दिनलाई राष्ट्रिय लेखक दिवस मनाउँदा उपयुक्त हुने नेपाली लेखक सङ्घको ठहर अनुसार यो कार्यक्रम गरिएको हो । 

देशैभर मनाइएका कार्यक्रम मध्ये नेपाली लेखक सङ्घको केन्द्रीय कार्य समितिले काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा १ लाख रूपैँया राशिको राष्ट्रिय लेखक पुरस्कारसमेत प्रदान गरेको छ । प्रत्येक दुईदुई वर्षमा प्रदान गरिने यो पुरस्कार पहिलो पटक वरिष्ठ कवि एवम् संस्कृतिविद् बैरागी काइँला (तिलबिक्रम नेम्बाङ)लाई अर्पण गरिएको हो । 

पुरस्कार प्राप्त गरेपछि मन्तव्य दिँदै कवि काइँलाले आफूले लेखकीय सत्ताको उन्नयनका लागि खासै योगदान दिन नसक्दा पनि नेपाली लेखक सङ्घ पुरस्कार दिँदा आफूमाथि गम्भीर जिम्मेवारी आइपरेको विचार व्यक्त गरे । नेपाल सरकारका उपप्रधानमन्त्री माननीय पूर्ण बहादुर खड्का प्रमुख अतिथि रहेका सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किराँती विशिष्ट अतिथिका रुपमा उपस्थित थियो । पुरस्कृत श्रष्टामाथि सल्लाहकार ज्ञानु पाण्डेले मन्तव्य राखेका थिए । संस्थाका महासचिव सोझो गाउँलेबाट सञ्चालित कार्यक्रमलाई अध्यक्ष तीर्थ श्रेष्ठले धन्यवाद मन्तव्यसहित विसर्जन गरेका थिए ।

सम्बन्धित तस्बिरहरू

देशैभर लेखक दिवसको रौनक(फोटोफिचर)
देशैभर लेखक दिवसको रौनक(फोटोफिचर)
देशैभर लेखक दिवसको रौनक(फोटोफिचर)
देशैभर लेखक दिवसको रौनक(फोटोफिचर)
सम्बन्धित समाचार

डा खनालको कविताकृति ‘सन्देश’ सार्वजनिक

- / शनिबार, जेठ २०, २०८०

काठमाडाैं । डा दामोदर खनालको कविता कृति ‘सन्देश’ सार्वजनिक भएको छ । 

‘सन्देश’ कविता सङ्ग्रहमा कवि डा खनालले, राष्ट्रिय जीवन, समाज, राष्ट्रिय  विभूति र राजनीतिलगायतका विषयमा लेखेका छन् । कृतिको पहिलो खण्डमा धर्म, संस्कृति र चाडपर्वलगायत विषयमा लेखिएका १३ वटा कविता समावेश छन् । कविता सङ्ग्रहको दोस्रो खण्डमा अध्यात्म र विज्ञानका १९ वटा क

काठमाडाैं । डा दामोदर खनालको कविता कृति ‘सन्देश’ सार्वजनिक भएको छ । 

‘सन्देश’ कविता सङ्ग्रहमा कवि डा खनालले, राष्ट्रिय जीवन, समाज, राष्ट्रिय  विभूति र राजनीतिलगायतका विषयमा लेखेका छन् । कृतिको पहिलो खण्डमा धर्म, संस्कृति र चाडपर्वलगायत विषयमा लेखिएका १३ वटा कविता समावेश छन् । कविता सङ्ग्रहको दोस्रो खण्डमा अध्यात्म र विज्ञानका १९ वटा कविता रहेका छन् । 

कर्मभूमि बेलायत बनाएका कवि डा खनालका कवितामा भने नेपाल नै नेपाल पाइन्छ । 
युनिभर्सिटी अफ म्यानचेष्टरसहितका विभिन्न शैक्षिक संस्थामा अध्यापन गर्दै आएका डा खनालका दर्जन बढी पुस्तक, जर्नल आर्टिकल र बुक च्याप्टर प्रकाशित छन् ।

Read More

आठ स्रष्टालाई सम्मान र पुरस्कार

- / शनिबार, जेठ १३, २०८०

काठमाडाैं । दायित्व वाङ्मय  प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । दायित्व वाङ्मय विशिष्ट सम्मान शशि पन्थी र रमेश गो

काठमाडाैं । दायित्व वाङ्मय  प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । दायित्व वाङ्मय विशिष्ट सम्मान शशि पन्थी र रमेश गोर्खालीलाई तथा दायित्व वाङ्मय सम्मान विष्णुबहादुर सिंह र चन्द्रकान्त आचार्यलाई प्रदान गरियो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले विद्वच्छिरोमणि हेमराज पुरस्कार चुडामणि गौतमलाई, दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति वसन्त रिजाल, हरिकला–गुणाकर दायित्व रचना पुरस्कार त्रिभुवनचन्द्र वाग्ले र  दायित्व यशोदादेवी पन्त प्रतिभा पुरस्कार जया सत्याललाई प्रदान गरे ।

सो अवसरमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले प्रतिष्ठानले मुलुकका भाषा, साहित्य र व्याकरण क्षेत्रका सोनामधन्य व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान गरी न्याय गर्दै आफ्नो कर्तव्य पूरा गरेको बताए ।

उनले भने, “साहित्यका आ-आफ्ना विधामा विशिष्ट योगदान गर्नुहुने तपाईँहरू सम्मानका लागि लायक र अधिकारिक हुनुहुन्छ । सम्मान गर्नेको सही छनोट भएमा प्रतिष्ठानको आफैँ सम्मान बढछ ।”

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त र महासचिव डा भागवत ढकालले प्रतिष्ठानले नेपाली साहित्य क्षेत्रको विकास र विस्तारका लागि गर्दै आएको योगदानको चर्चा गरे । समारोहमा अध्यक्ष पन्तको निवन्धावली र प्रतिष्ठानको द्विमासिक प्रकाशन दायित्वको वर्ष ३७ पूर्णाङ्क एक सय ४१ को लोकार्पण गरियो ।

Read More
ads-image
ads-image
ads-image
ads-image