यस्तो छ आज सुनचाँदीको मूल्य
- / बुधबार, चैत १, २०७९ १२:०३
- / बुधबार, चैत १, २०७९ १२:०३
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूलय कायम गरिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार २ सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य एक हजार तीन सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।