थप समाचार मेनु

काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगहीन

- / सोमबार, माघ ९, २०७९ ०९:०6

काठमाडौं । सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगहीन भएको छ । नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ स्थित सो विमानस्थल करिब सात वर्षदेखि उपयोगमा आउन सकेको छैन ।


राज्यको करोडौँ लगानीमा २०५२ सालमा निर्माण गरिएको विमानस्थलमा २०७२ सालपछि उडान तथा अवतरण ठप्प बनेको हो । लामो समय प्रयोगविहीन भएसँगै सो विमानस्थल अहिले गौचरणमा परिणत भएको छ । करिब आधा दशकपछि २०७७ मङ्सिर ३० गते परीक्षण उडान हुँदा हौसिएका स्थानीयसमेत उडान परीक्षणमै सीमित हुँदा अहिले निराश बनेका छन् ।

प्राविधिक हिसाबले विमानस्थल निर्माण नै त्रुटिपूर्ण रहेकाले मर्मत नगरी सञ्चालन गर्नसक्ने अवस्था नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । टावर तथा घेराबारसमेत जीर्ण बन्दै गएको सो विमानस्थल सञ्चालनमा आउने स्थानीयले आशा मारिसकेका छन् ।

विमानस्थल सञ्चालनमा ल्याउन सक्दो कोसिस गरेको भए पनि सफल नभएको थुलुङ दूधकोसी गाउँपालिकाले जनाएको छ । विसं २०५२ मा निर्माण सुरु भएको विमानस्थलमा २०६२ – ६३ देखि उडान सेवा सुरु भएको थियो । विसं २०७२ सम्म नेपाल एयरलाइन्स र तारा एयरले उडान भर्दै आएको विमानस्थलमा त्यसपछि उडान बन्द भएको थियो ।

सम्बन्धित समाचार

चुलाचुली गुफाको संरक्षण थालियो

- / मंगलबार, माघ १७, २०७९

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको आश्चर्य लाग्दो चुलाचुली गुफाको संरक्षण गर्न थालिएको छ । गाउँपालिकाले आर्थिक स्रोतको रुपमा जोड्न गुफाको संरक्षण गर्न लागेको हो । 

यो ठाउँको प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ । यहाँका ढुङ्गामा रहेका देवी देवताको आकृतिसँगै ढुङ्गाको बनावट सबैका लागि अनौठो

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको आश्चर्य लाग्दो चुलाचुली गुफाको संरक्षण गर्न थालिएको छ । गाउँपालिकाले आर्थिक स्रोतको रुपमा जोड्न गुफाको संरक्षण गर्न लागेको हो । 

यो ठाउँको प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ । यहाँका ढुङ्गामा रहेका देवी देवताको आकृतिसँगै ढुङ्गाको बनावट सबैका लागि अनौठो लाग्छ ।  डाँडामा रहेको यो स्थानको करिब दुई रोपनी क्षेत्रका  ढुङ्गालाई  खोलाका बगर झै कँुदिएको छ ।


 दलगाउँको दिपेनीमा रहेको यो गुफाभित्र महादेवसँगै विभिन्न देवीदेवताको मूर्ति रहेको स्थानीयवासी हरिबहादुर राईले बताउनुभयो । ‘‘यस ठाउँका ढुङ्गा अनौठो रुपमा देख्न सकिन्छ’’ उनले भने,‘‘ यो स्थललाई हेर्दा सबै आश्चर्य मान्छन् । यसको आफ्नै धार्मिक महत्व छ ।’’

अनौठो प्रकारको स्थान भए पनि दुर्गम तथा प्रचारप्रसार नभएका कारण यो स्थान ओझेलमा परेको उनको भनाइ थियो । ‘‘यस्तो प्रकारका अनौठो धार्मिकस्थल कतै नहोलान्’’ स्थानीयवासी राईले भने,‘‘हेर्न आउनेहरु यहाँको ढुङ्गाको बनावट देखेपछि अचम्म पर्छन् ।यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न सके धेरै धार्मिक पर्यटक भित्र्याउन सकिन्छ ।’’ 

गुफाभित्र शिवको मूर्तिसँगै हात्तीको दन्त पनि रहेको स्थानीयवासीले बताए। यहाँका ढुङ्गामा मादलसमेत बजाउन सकिने अर्का स्थानीयवासी शान्तकुमार राईले उल्लेख गरे । अहिले दैनिक हेर्न आउने मानिसको भीड लाग्ने गरेको उनको भनाइ थियो । ‘‘यो ठाउँ निकै सुन्दर र अनौठो प्रकारको छ’’ राईले भने, “अहिले आन्तरिक पर्यटक आएर दर्शन गर्ने गरेका छन् । हामी स्थानीयवासीले दैनिक पूजाआजा गर्दै आएका छौँ ।’’

गाउँपालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले बताए । चुलाचुली गुफालाई पनि गाउँपालिकाको आर्थिक स्रोतको रुपमा विकास गर्ने योजना रहेको उनको भनाइ थियो। ‘‘हामी गाउँपालिकाको पर्यटकीय क्षेत्रको योजनाबद्ध विकासमा जुटेका छौँ’’ अध्यक्ष राईले भने,‘‘ चुलाचुली गुफाको संरक्षण गरिरहेका छौँ । यसलाई हाम्रो गाउँपालिकाको आर्थिक स्रोतको रुपमा जोड्ने योजना छ । यो ठाउँ आश्चर्यजनक स्थल देखिन्छ  ।’’

संरक्षण तथा सुरक्षाका लागि सो स्थान रहेको ठाउँमा पर्खाल लगाएर घेरबार तथा केही संचरना बनाउने काम भएको गाउँपालिकाले जनाएको छ । 

Read More

चौतीस वर्षपछि जग्गा धनी प्रमाण पुर्जा पाउँदा दङ्ग छन् मिक्लाजुङ वासी

- / मंगलबार, माघ १७, २०७९

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–७ मा बसोबास गर्ने रोहितकुमार राइर्ले  वयोवृद्ध  भएपछि जग्गा धनी पुर्जा पाउनुभएको छ ।

    मिक्लाजुङमै छ दशकभन्दा बढी समय बिताउनु भएका उहाँ २०४५ सालमा जग्गा प्राप्तिका लागि ‘वसन्त भट्टराई आयोग’ मा फारम भरेर बुझाउनुभएकामा  दुई कट्ठा जमिनको पुर्जा ३४ वर्षपछि पाउँदा पनि हर्ष लागेको बताउनुहुन

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–७ मा बसोबास गर्ने रोहितकुमार राइर्ले  वयोवृद्ध  भएपछि जग्गा धनी पुर्जा पाउनुभएको छ ।

    मिक्लाजुङमै छ दशकभन्दा बढी समय बिताउनु भएका उहाँ २०४५ सालमा जग्गा प्राप्तिका लागि ‘वसन्त भट्टराई आयोग’ मा फारम भरेर बुझाउनुभएकामा  दुई कट्ठा जमिनको पुर्जा ३४ वर्षपछि पाउँदा पनि हर्ष लागेको बताउनुहुन्छ ।

    राई भन्नुहुन्छ, “२०२८ सालमा तत्कालीन मधुमल्ला गाविसमा नापी आयोगले जग्गा नाप्यो, २०४५ सालमा ‘वसन्त भट्टराई आयोग’ ले विभिन्न ठाउँमा पुर्जा वितरण ग¥यो तर हामीले पाउन सकेनौँ अब पुर्जा पाइएलाजस्तो लागेको थिएन ३४ वर्षपछि रु चार लाख ४० हजार राजस्व तिरेर भए पनि पुर्जा पाउँदा हर्षित छु ।”

    राई मात्रै हैन ३४ वर्षपछि आफू बसोबास गरेको जमिनको पुर्जा पाउँदा स्थानीय विद्या आर्चाय पनि खुसी हुँदै भन्नुहुन्छ, “मेरा ससुराबाले २०३० सालभन्दा अगाडि झोडा फाडेर यहाँ बसेको सुनाउनु हुन्थ्यो, हाम्रो परिवारको तीन पुस्ता पनि यहीँ बसेका छौँ बल्ल बसेको माटो आफ्नो भयो आजदेखि आफ्नै माटो माथिको बास भयो दङ्ग प¥या छु ।”

    पूर्वी मोरङको उक्त गाउँपालिकाले आफ्नो पालिकामा बसोबास गर्ने सबै नागरिकलाई जमिनको मालिक बनाउने उद्देश्यले भूमिहीन सुकुम्वासी तथा दलितलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्न थालेपछि उक्त गाउँपालिका–७ का नैनबहादुर खत्री, चन्द्रमणि दाहाल, रोहितकुमार राई, चन्द्रकिरण दर्जी, यामबहादुर भट्टराई, छविलाल पोख्रेल, बद्रीलाल आचार्य, खड्गबहादुर राई, लक्ष्मीमाया पोख्रेल, खेमप्रसाद थापा, ठाकुराप्रसाद दाहाल, डिल्लीप्रसाद खतिवडा, टीकामाया लिम्बू, इन्द्रमणि भण्डारी, सीतादेवी घिमिरे, खोमनाथ खतिवडा, पुष्पकला राई, इन्द्रप्रसाद पोख्रेल, वल्लभ काफ्ले, नारनप्रसाद गौतम, सुरेन्द्रकुमार दाहाल र भिमा खड्का सोडारीसहित २३ घरपरिवारले जग्गा धनी प्रमाण पुर्जा प्राप्त गर्दा वडावासीमा खुसियाली छाएको हो ।

    राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितिमा उक्त गाउँपालिकाले पुर्जा वितरण गरेको थियो । ‘‘भूमिसम्बन्धी समस्या जटिल भए पनि आयोगले यस गाउँपालिकालाई प्राथमिकतामा राखेर काम गरेका कारण छोटो समयमै पुर्जा वितरण गर्न सफल भइएको छ,’’ अध्यक्ष निरौला भन्नुहुन्छ, “तपाइँहरुले अहिले पाउनुभएको पुर्जामा उजुरबाजुर लाग्दैन, विगतका आयोगहरुले दिएजस्तो झमेलायुक्त पुर्जा हैन यो, कहीँ कतै राजनैतिक प्रभाव प¥यो कि भन्ने शङ्का लाग्ला तर यस्तो शङ्का गर्नुपर्ने अवस्था पनि छैन । तपाइँहरुले मालपोत कार्यालय बेलकारीमा गएर जग्गाको स्रेस्ता कायम गरेपछि किनबेच गर्न पाउनुहुन्छ ।”

    ‘‘स्थानीय सरकार गठन भएपछि पहिलो पटक मिक्लाजुङमा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका हुन्” गाउँपालिकाका अध्यक्ष बबीकुमार राई भन्नुहुन्छ, “जग्गा धनी प्रमाण पुर्जा प्राप्तिका लागि अनुसूची–२ र अनुसूची–४ गरी पालिकामा परेका निवेदनमध्ये पाँच हजार दुई सय ४१ निस्सा वितरणको अन्तिम तयारीमा छौँ, तत्काल वितरणका लागि तयार पारिएका ४५ पुर्जा भए पनि केही पुर्जामा प्राविधिक समस्या उत्पन्न भएका कारण वितरण गर्न सकेनौँ, समस्या उत्पन्न भएका पुर्जालाई थाती राख्दै आगमी हप्तादेखि वडा नं ३, ५, ९ र ७  वडामा बाँकी रहेको गरी अन्य चार सय ५० वटा धनी पुर्जा वितरण गर्छौं ।”

    यस्तै पुर्जा वितरण कार्यक्रममा उपस्थित हुनु भएकी भूमि आयोग मोरङशाखा  अध्यक्ष सुशीला घिमिरे जिल्लाका १७ स्थानीय तहमध्ये हालसम्म आयोगले हालसम्म मिक्लाजुङ गाउँपालिकासहित उर्लाबारी नगरपालिका, रतुवामाई नगरपालिका, सुन्दरहरैचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र बूढीगङ्गा गाउँपालिका गरी आठवटा पालिकामा काम गरिहेको  बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आठ स्थानीय तहमा हालसम्म एक सयभन्दा बढी पुर्जा वितरण गरिएको र अरू थप एक सयकै हाराहारीमा पुर्जा वितरणको  तयारीमा  आयोग रहेको छ  ।” –रासस

Read More