थप समाचार मेनु

वैदेशिक रोजगारीको बयासी लाख डलर राज्यकोषमा

- / मंगलबार, माघ १०, २०७९ १२:२४

एजेन्सी । श्रीलङ्काको वैदेशिक रोजगार विभागले ८२ लाख अमेरिकी डलर राज्यकोषमा योगदान गरेको छ । सन् २०२२ मा विभागले आर्जन गरेको उक्त रकम राज्यकोषमा दाखिला गरिएको हो । 

श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले वैदेशिक रोजगार ब्यूरोले गत वर्ष कमाएको रु तीन अर्ब राज्यकोषलाई  सोमबार हस्तान्तरण गरिएको बताए । रोजगारीका निम्ति विदेश जाने देशका नागरिकबाट दर्ता शुल्कबापत उक्त रकम सङ्कलन भएको हो । 

राज्यकोषमा दाखिला गरिएको उक्त रकम इन्धन, चिकित्सा र अन्य कल्याणकारी कार्यमा खर्च गरिने तथा रु १० करोड क्यान्सर अस्पताललाई उपलब्ध गराइने मन्त्री नानायक्काराले  बताउनुभयो । गत वर्ष आप्रवासी कामदारहरूबाट देशलाई तीन अर्ब ८० करोड अमेरिकी डलर विप्रेषण प्राप्त भएको केन्द्रीय ब्याङ्कले जनाएको छ । 

सम्बन्धित समाचार

मन्दिर तोडफोड र भारतविरोधी भित्तेचित्र बनाइएकामा आपत्ति

- / मंगलबार, माघ १७, २०७९

एजेन्सी । क्यानााडको ब्राम्पटनस्थित गौरीशङ्कर मन्दिरमा भारतविरोधी भित्तेचित्र बनाइएकामा भारतले आपत्ति जनाएको छ । यहाँस्थित भारतीय महावाणिज्य दूतावासले उक्त कार्यको निन्दा गर्दै त्यसबाट क्यानाडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पुगेको बताएको छ । सोमबार उक्त मन्दिरमा तोडफोडसमेत भएको थियो । 

    भारत विरोधी विकृत चित्र र  तोडफोडको निन्दा

एजेन्सी । क्यानााडको ब्राम्पटनस्थित गौरीशङ्कर मन्दिरमा भारतविरोधी भित्तेचित्र बनाइएकामा भारतले आपत्ति जनाएको छ । यहाँस्थित भारतीय महावाणिज्य दूतावासले उक्त कार्यको निन्दा गर्दै त्यसबाट क्यानाडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पुगेको बताएको छ । सोमबार उक्त मन्दिरमा तोडफोडसमेत भएको थियो । 

    भारत विरोधी विकृत चित्र र  तोडफोडको निन्दा गर्दै महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्यानाडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पु¥याएको छ, हामी यसको घोर भत्र्ससना गर्दछौँ । हामीले क्यानाडाका अधिकारीहरूसँग यस विषयमा हाम्रो चिन्ता र चासो व्यक्त गरेका छौँ।” 

    ब्राम्पटनका मेयर प्याट्रिक ब्राउनले तोडफोडको निन्दा गरेका गर्नुभएको छ भने क्यानाडाका अधिकारीहरूले उक्त घटनाको अनुसन्धान गरिरहेका छन् । “तोडफोडको यो घृणित कार्यको हाम्रो शहर वा देशमा कुनै स्थान छैन, सबैले आ–आफ्नो धार्मिक आस्थाको स्थानको पूजामा सुरक्षित महसुस गर्न पाउनुपर्छ,” ब्राम्प्टनका मेयरले ट्वीटरमा भनेका छन् । 

    क्यानाडामा मन्दिरमा तोडफोड भएको यो पहिलो घटना भने होइन । यसअघि गत सेप्टेम्बरमा पनि क्यानडाको बिएपीएस स्वामीनारायण मन्दिरलाई क्यानाडाली अतिवादीले भारत विरोधी भित्तेचित्रले विकृत पारेका थिए । 

Read More

हाइटीका बालबालिकाको जीवन रक्षाको खाँचो

- / मंगलबार, माघ १७, २०७९

एजेन्सी । हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यसवर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले जनाएअनुसार हाइटीका २६ लाख  बालबालिकालाई जीवन रक्षाका लागि सहयोग आवश्यक रहेको देखिएको छ । यो सन् २०२१ को तुलनामा यो बढेको सङ्ख्या हो ।सन् २०२१ सम्ममा यहाँका पचास ल

एजेन्सी । हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यसवर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले जनाएअनुसार हाइटीका २६ लाख  बालबालिकालाई जीवन रक्षाका लागि सहयोग आवश्यक रहेको देखिएको छ । यो सन् २०२१ को तुलनामा यो बढेको सङ्ख्या हो ।सन् २०२१ सम्ममा यहाँका पचास लाख बालबालिकालाई जीवन रक्षाका लागि सहयोग आवश्यक रहेकामा यस वर्ष थप २६ लाख थपिएका हुन् ।

संयुक्त राष्ट्रसङ्घले हाइटीका यी बालबालिकाले पाउनुपर्ने पोषण तथा आधारभूत स्वास्थ्य सुविधा पनि प्राप्त गर्न नसकेका कारण उनीहरुलाई तत्कालै सहायताको खाँचो परेको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिएका हुन् । 

उहाँले हाइटीमा विद्यमान हिंसा, हैजाको प्रकोप, खाद्य असुरक्षा एवं आर्थिक मन्दी आदि कारणले गर्दा यहाँको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएकाले यहाँका लाखौँ बालबालिकालाई खाद्यान्नकै अभाव हुन पुगेको पनि बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफले यहाँका बालबालिकाका लागि सहयोग जारी राखेको भन्दै तर यो सहयोग पनि आवश्यकता अनुरुप हुन नसकेकाले यस वर्षका लागि आवश्यक अन्य मानवीयता सहायताका लागि सहयोगको अपिल गरिएको हो । 

Read More