क्रिकेटर सन्दीपलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन
- / मंगलबार, माघ १७, २०७९ १७:५२
- / मंगलबार, माघ १७, २०७९ १७:५२
काठमाडौं । नाबालिका बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर बलात्कार मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
मंगलबार महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएको हो ।
महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई पुर्पक्षका लागि धरौटीमा छाड्ने उच्च अदालतको आदेश बदर हुनुपर्ने र थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएको हो ।
जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत पाटनले भने उनलाई २० लाख धरौटीमा रिहा गर्न सर्तसहितको आदेश दिएको थियो ।